काठमाडौं, १६ माघ २०८०
गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एक वर्षमा १७ सय १० जनाको मुटुको शल्यकृया गरिएको छ।
सोमबार शहीद गंगालाल राष्ट्रिय केन्द्रको २८ औं वार्षिकोत्सबमा केन्द्रका कार्यकारी निर्देशक डा. रवी मल्लले वाषिर्क प्रतिबेदनबाट जानकारी दिएका हुन् ।
डा. मल्लले पढ्नका लागि तलब सहित १५० प्रतिशत भत्ता दिने निर्णय गरिएपनि कोहि अध्ययनका लागि नआएको पनि बताउनु भयो।
डा. मल्लले सन् २०२३ मा केन्द्रबाट एक लाख ९२ हजार ९९१ जनाले ओपीडी सेवा लिएको बताए । अस्पतालबाट १४ हजार ९८८ जनाले अन्तरंग सेवा लिएका छन् । केन्द्रमा विरामीको चाँप वढ्दै गएको भन्दै डा. मल्लले केन्द्रको क्षेमता विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘यस केन्द्रलाई प्रतिष्ठानको रुपमा विकास गर्न सकिए अन्य देशहरुमा जस्तै एमबीबीएसबाट सिधै एमसिएचको पाठ्यक्रम लागु गरि अध्ययन अध्यापन गर्ने हुँदा सो अभाव पूर्ति गर्न सकिने छ । ’
केन्द्रले सर्जन अभावमा बालमुटु शल्य चिकित्सा विभाग गठन हुन नसकेको जानकारी दिए । अस्पतालबाट आर्थिक वर्ष २०७९\०८० मा एक हजार सात सय १० जना विरामीको बिभिन्न खाले मुटुको शल्यकृया गरिएको अस्पतालको वार्षिक विवरणमा उल्लेख छ । यस्तै, दुई हजार पाँच सय ५० जनाको कोरोनरी एन्जीयोग्राफी गरिएको छ।














