भुवनेश्वरी जोशी
१६ मङ्सिर २०७७, डोटी
नेपाल सरकार ले आर्थिक वर्ष २०७७।०७८ को बजेट नीति तथा कार्यक्रम अनुसार नेपाल भरि ३९६ वटा स्थानीय तहमा ५ शैया , १० शैया , तथा १५ शैया अस्पताल स्थापना गर्ने कार्यक्रम प्रस्तुत गरे बमोजिम सुदूरपश्चिम प्रदेशमा चालु आ बा मा ५४ स्थानीय तह मा अस्पताल बनाउने कार्यक्रम रहेको थियो । जस अनुसार मङ्सिर १५ मा देश भर ३९६ स्थानमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम राखेको थियो । सुदूरपश्चिम प्रदेशका ५४ स्थानीय तह मध्ये ५२ स्थानीय तहमा अस्पताल हरु शिलान्यास भएका छन् ।
गुणस्तरीय र आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज पहुचको लागि स्वास्थ्य क्षेत्रमा ब्यापक सुधार ल्याउने गरि नेपाल सरकारले ल्याएको यस कार्यक्रममा सात वटा प्रदेशमा ५० शैया को सरुवा रोग अस्पताल र ३९६ वटा स्थानीय तहमा ५ देखि १५ शैया सम्मको अस्पताल स्थापना गर्ने कार्यक्रम अनुसार मङ्सिर १५ , २०७७ मा शिलान्यास गर्ने कार्यक्रम नेपाल सरकारले राखेको थियो र सोहि अनुसार शिलान्यास पनि भएका छन् ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका अन्तर्गत तोली स्वास्थ्य चौकी लाइ स्तरोन्नति गर्ने कार्यक्रम भए पनि स्थान बिबाद कारण तोली स्वास्थ्य चौकीको स्तरोन्नति काम हुन सकेन भने कैलाली जिल्ला को मोहन्याल गाउपालिका अन्तर्गत शिलान्यास हुनु पर्ने अस्पताल गाउपालिका प्रमुख कोभिड १९ को संक्रमणमा पर्नु भएकोले हुन् सकेको छैन । त्यस बाहेक अन्यत्र सबै जिल्ला अन्तर्गत अस्पताल हरु शिलान्यास भएको कुरा स्वास्थ्य कार्यालय हरु बात जानकारी प्राप्त भएको छ । मोहन्याल गाउपालिकामा केहि दिनमै शिलान्यास हुने कार्यक्रम तय भएको कुरा स्वास्थ्य कार्यालय कैलालीका प्रमुख श्री लाल बाहादुर धामी ले जानकारी दिनु भएको छ ।
प्रदेश स्तरको ५० शैया को सरुवा रोग अस्पताल भने सुदूरपश्चिम प्रदेशका माननीय मुख्य मन्त्रि श्री त्रिलोचन भट्टले दिपायल सिलगढी नगर पालिका वाड न. ०५ गोल्सैनमा शिलान्यास गर्नु भएको छ ।
Comments 3