Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet

कुल १,४३,००० मानिसका लागि १,०२,००० थान किटनाशक झुल यस बर्ष वितरण हुने।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 29, 2021
in News, Research & Study
Reading Time: 1 min read
A A
1
सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet
659
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कञ्चनपुर , १६ माघ २०७७

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट १ लाख २ हजार थान किटनाशक झुल सुदूरपश्चिम प्रदेशका औलो रोगबाट अत्यधिक प्रभावित २१ वटा वार्डमा बसोबास गर्ने घर परिवारलाई वितरण हुँदै छ ।

नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ । औलो रोग निवारणको लागि औलो रोगीको प्रभावकारी निदान र उपयुक्त उपचारको जति आवश्यकता हुन्छ, त्यतिकै आवश्यकता यो रोग सार्ने लामखुट्टेको नियन्त्रण पनि हो । औलो रोग सार्ने एनोफिलिस लामखुट्टेको आयु कम गरेर औलो रोग निवारण गर्न सकिने भएकोले उक्त लामखुट्टे हरुको आयु घटाउनको लागि किटनाशक झुलले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । त्यसै कारण औलो निवारणको बिभिन्न प्रभावकारी टुलहरु मध्ये किटनाशक झुल पनि एक भएको हुनाले सरकारले औलो रोग बढी प्राभावित क्षेत्रमा किटनाशक झुल वितरण गर्दै आइरहेको छ ।

नेपालमा सन् २००५ देखि ग्लोबल फण्ड नामक सहयोगी संस्थाको सहयोगमा किटनाशक झुल वितरण हुदै आएको छ । नेपालमा सन् २००२ मा देश भरि कुल औलो रोगि १२ हजार बढी रहेका थिए भने सो संख्या सन् २०१९ सम्म आइपुग्दा ६१७ मा झरेको छ । औलो रोगको संख्या घट्नुमा किटनाशक झुलको पनि महत्वपुर्ण भूमिका मानिदै आएको छ । त्यस कारण यसलाइ नेपाल सरकारले निरन्तरता दिदै आइरहेको छ ।

सन् २०२१ को प्रारम्भ मै संघिय सरकारको सहयोग , सुदूरपश्चिम प्रदेश सरकारको समन्वय र स्थानीय तहको प्रत्यक्ष संलग्नतामा सुदूरपश्चिम प्रदेशका कुल २१ वटा वार्डमा बसोबास गर्ने सबै मानिसलाइ पुग्ने गरि किटनाशक झुल वितरण हुन गइरहेको स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले पुनर्वास नगरपालिका कंचनपुरमा किटनाशक झुल वितरण उद्घाटन समारोहमा बताउनु भएको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. कृष्ण पौडेल सहितको टिम झुल बितरणमा सहभागी हुँदै ।
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा. कृष्ण पौडेल सहितको टिम झुल बितरणमा सहभागी हुँदै ।

हरेक दुइ जना व्यक्ति बराबर एक थान झुल उपलब्ध हुने तर बयस्क छोरा , छोरी , बिधवा , बिधुर , दीर्घ क्षयरोगी , गर्भवती महिला लाइ भने प्रति व्यक्ति एक थानका दरले झुल उपलब्ध हुने गरि कार्यक्रम तय भएको समेत डा. पौडेलले जानकदिनु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हाल सम्म बर्दगोरिया गा. पा. को एउटा वडामा , गौरिगंगा नगरपालिकाको दुइ वटा वडामा, लम्की चुहा नगरपालिकाको एउटा वडामा र धनगढी उपमहानगर पालिकाको तिन वटा वडामा गरि जम्मा ३७,९०० थान किटनाशक झुल वितरण भैसकेको र बाकि अन्य लक्षित वडाहरुमा आगामी केहि दिन भित्रै किटनाशक झुल वितरण गरि सक्ने गरि काम भईरहेको कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनु भएको छ । कुल १,४३,००० मानिसका लागि १,०२,००० थान किटनाशक झुल यस बर्ष वितरण हुने र औलोको प्रभाव मुल्यांकन गरि आगामी दिनमा अन्य वार्ड हरुमा समेत वितरणको काम हुने कुरा समेत प्रस्ट्याउनु भएको छ । साथै उँहाले अन्य ६ वटा प्रदेशमा जम्मा ४५ प्रतिशत औलो रोगीहरु रहेको र सुदूरपश्चिम प्रदेशमा मात्रै कुल औलो रोगीको ५५ प्रतिशत औलो रोगिहरु रहेको हुनाले सबैको सामुहिक प्रयासबाट मात्र सुदूरपश्चिम प्रदेशले निर्धारित समयमा औलो रोग निवारणको लक्ष्य हाशिल हुन् सक्ने कुरा औल्याउनु भएको छ ।

औलो रोग निवारणका लागि अति आवश्यक ल्याभारू मध्ये इन्टोमोलोजी ल्याब स्थापना भैसकेको सुदूरपश्चिम प्रदेशमा पनि स्थापना भैसकेको , इन्टोमोलोजिमा स्नातकोत्तर पढाइ गरेको बिज्ञ व्यक्ति नियुक्ति भैसकेको , मलेरिया माइक्रोस्कोपी ल्याब पहिले नै स्थापना भैसकेको , औलो ल्याबमा काम गर्ने प्रयोगशालाकर्मीहरुलाई आधारभूत तालिम तिन समुहमा दिने गरि कार्यक्रम भईरहेको , स्वास्थ्य कार्यालयको प्रयोगशालालाई सुदृढीकरण गर्ने कार्यक्रम रहेको र क्रसचेकलाइ नियमित गर्न कार्यक्रम तय भएको , हटस्पट क्षेत्रमा Active Case Detection को काम भैरहेको , बिषादी छिदकावको लागि पम्प खरिद गर्ने योजना रहेको ,औलो रोग निदान र उपचारमा क्षमता बढाउन स्वास्थ्यकर्मी हरुलाई तालिम दिने आदि प्रदेश सरकारको औलो रोग निवारणको लागि प्रमुख कार्यक्रम भएको कुरा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताउनु भएको छ ।

Tags: #government of Nepal#Health and population ministry#Vector surviceCorona Virus #Covid19Dr.gun Raj awsthiDr.krishna paudelEDCDFarwestrn-nepalHem Raj joshiMahendranagarPunarwash
SummarizeShare306ScanTweet147

Related articles

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

कलेजो रोग प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ। म्याक्स...

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजको Staff Development Plan अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धि तथा आपत्कालीन अवस्थामा जीवनरक्षा सम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले Basic Life Support (BLS)...

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

by Nam Raj Bhatta
September 27, 2026
0

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना महिना सेप्टेम्बर २०२६ को अवसरमा “𝐎𝐮𝐫 𝐒𝐭𝐨𝐫𝐢𝐞𝐬. 𝐎𝐮𝐫 𝐌𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭” विषयक 𝐏𝐀𝐍𝐄𝐋 𝐃𝐈𝐒𝐂𝐔𝐒𝐒𝐈𝐎𝐍आयोजना गरिएको छ। कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट प्रा. डा. राजीव कुमार...

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

by Nam Raj Bhatta
September 26, 2026
0

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा...

Please login to join discussion
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    881 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    700 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.