धनगढी २०, बैशाख
सुदूरपश्चिम प्रदेशमा २० दिनयता कोरोना संक्रमित नभेटिएपछि जनजीवन समान्यतर्फ गैइरहेको छ । चैत महिनामा एकपछि अर्को गरी ५ जनामा संक्रमण देखिदा त्रसित यहाँको जनजीवन अहिले लामो समयसम्म नयाँ बिरामी नभेटिएपछि जनजीवन समान्यतर्फ गएको हो ।
पछिल्लो पटक बैशाख १ गते कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६१ वर्षीय महिलामा कोरोनाको संक्रमण देखिएको थियोभने त्यसयता कसैमा पनि संक्रमण देखिएको छैन् । उनीजस्तै यसअघि संक्रमित अन्य चार जना निको भएर घर फर्किसकेका छन् । मुलुकमै सबैभन्दा वढी सुदूरपश्चिम प्रदेशमा करिव साढे सत्र हजार जनाको कोरोना परीक्षण पनि गरिएको छ । तर कोरोना परीक्षण गरिएकोमा पाँच जनामा मात्रै पोजेटिभ देखिएको थियो ।
पीसीआर विधीबाट दुई हजार ८ सय जनाको परीक्षण र १३ हजार पाँच सय ८४ जनाको ¥यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ । यस्तै प्रदेशभरीका विभिन्न अस्पतालबाट अहिलेसम्म एक सय १४ जना डिस्चार्ज भएका छन् । कोरोना नभएको पुष्टी भएपछि चारजना कोरोना संक्रमित र बाँकी एक सय १० जना शंकास्पद बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
धनगढीकी कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । २८ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले चिकित्सकहरुको सल्लाह अनुसार उहाँको थ्रोट स्वाब फेरी संकलन गरी परीक्षण गरिने बताए ।
यसअघि उनीसंगै भर्ना भएका दुई जना, केही अगाडि भर्ना भएका एक जना र उनको भन्दा पछाडी भर्ना भएका एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट डिस्चार्ज भैइसकेका छन् ।