भुवनेश्वरी जोशी
कन्चनपुर २८ मङ्सिर २०७७
स्वास्थ्य सेवा बिभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौंको आयोजनामा र सेभ द चिल्ड्रेन ,ग्लोबल फन्ड, औलो कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोगमा औलो रोग निवारणका लागि औलो इन्टोमोलोजी सम्बन्धि पुनर्ताजगी तालिम शुरु भएको छ ।
२८ मङ्सिर देखि पौष ४ गते सम्म स्वास्थ्य कार्यालय महेन्द्रनगर तालिम हलमा लुम्बिनी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका औँलो रोग निवारणका लागि काम गर्ने १५ जना स्वास्थ्यकर्मी हरुको सहभागिता रहने गरि औलो इन्टोमोलोजी सम्बन्धि पुनर्ताजगी तालिम को शुभारम्भ भएको छ ।
औँलो इन्टोमोलोजी सम्बन्धि पुनर्ताजगी तालिमको शुभारम्भ सत्रमा स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमान्डौको किट जन्य रोग तथा उपेक्षित रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश प्रसाद शाहको प्रमुख आतिथ्यता, स्वास्थ्य सेवा बिभाग , ब्यबस्थापन महाशाखा, पूर्वाधार बिकास शाखा प्रमुख बरिष्ठ जन स्वास्थ्य प्रशासक श्री कृष्ण चन्द , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, औलो कार्यक्रम ब्यबस्थापन एकाइका बरिष्ठ इन्टोमोलोजिस्ट श्री शम्भु नाथ झा , स्वास्थ्य कार्यालय कंचनपुरका प्रमुख शिव राज सुनार , प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशी , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, औलो कार्यक्रम ब्यबस्थापन एकाइका इन्टोमोलोजिस्ट श्री अरुण चौधरी सहितको उपस्थिति रहेको स्वास्थ्य कार्यालय कंचनपुरका मलेरिया निरीक्षक अधिकृत श्री सिद्धराज भट्टले जानकारी दिनु भएको छ ।
नेपाल सरकारले सन् २०२५ सम्ममा नेपाल बाट औलो निवारण गरि सक्ने लक्ष्य लिएको छ । सन् २०२५ सम्ममा औलो निवारण गर्नको लागि सन् २०२२ सम्ममा नेपालबाट स्थानीय औँलो रोग को अवस्था शुन्यमा आउनु पर्छ । स्थानीय औँलो लाइ शुन्यमा झार्नको गर्नको लागि औलो बिरामीको समयमै पहिचान गरि प्रभावकारी उपचार गर्नुपर्छ भने रोग सार्ने एनोफिलिज लामखुट्टेको पनि अध्ययन , अनुसन्धान आनी बानि थाहा पाउनु अनिवार्य नै हुन्छ । त्यसकारण नेपालमा इन्टोमोलोजीका लागि काम गर्ने छुट्टै जनशक्तिको अभावमा प्रदेश स्तरमा र पालिका स्तरमा काम गर्ने स्वास्थ्यकर्मी हरुको नै क्षमता अभिवृद्धि गरि देश भरि औँलो इन्टोमोलोजी सम्बन्धिको काम अगाडी बढाउने कुरा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौंको किटजन्य रोग तथा उपेक्षित रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश प्रसाद शाहले बताउनु भएको छ ।
त्यसैगरी सात दिन सम्म शैधान्तिक र प्रयोगात्मक सेसनहरु तयार गरि सहभागी हरु सबैको औँलो इन्टोमोलोजिमा क्षमता बढाउने गरि तालिम तालिका बनेको र सहभागीहरु सबैले यो तालिम पश्चात आफ्नो कार्यक्षेत्रमा फर्केर औलो रोग निवारणका लागि इन्टोमोलोजिमा काम गर्न सक्ने कुरा बरिष्ठ इन्टोमोलोजिस्ट श्री शम्भु नाथ झाले जानकारी दिनु भएको छ ।
Comments 3