काठमाडौं, १७ फागुन २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ ।
गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति हुनु भएको हो ।
डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत हुनुहुन्छ ।
सोमबार साँझ प्रधानमन्त्रीको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको डा. शर्माले बताउनुभयो ।
डा. शर्मा नेपालमा दुई विषयमा एमडी गरी विदेशबाट फेलोसिप समेत गरिसक्नु भएको छ । नेपालका अब्बल चिकित्सकहरु मध्ये डा. शर्मा पनि एक मानिन्छन।