काठमाडौं, ५ फागुन २०८१
वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतमले जिम्मेवारी पाएका छन् । निर्देशक डा. सन्तोष पौडेलको दुई वर्ष कार्यकाल पुरा भएसँगै डा. गौतमले जिम्मेवारी प्राप्त गरेका हुन् ।
डा. पौडेल २०७९ फागुन ५ गते वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । डा. पौडेललाई तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले वीर अस्पतालको कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले डा. गौतमलाई निमित्त निर्देशकको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी दिइएको बताए ।
डा. बस्नेतका अनुसार न्याम्सको ऐनमा उपकुलपति गर्ने काम कर्तव्य र अधिकारको आधारमा जिम्मेवारी दिइएको हो । स्वास्थ्य मन्त्रालयबाट अर्को व्यवस्था नहुँदासम्मको डा. गौतमलाई निमित्त निर्देशक तोकिएको छ।
यस अघि पनि डा. गौतमले वीरको सहायक निर्देशकको रुपमा काम गरेका थिए ।