धनगढी, ४ फागुन २०८०
सुदुरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको प्रमुखमा बरिष्ठ कन्सल्टेन्ट बाल रोग बिषेशज्ञ डा. राम कामेश्वर ठाकुरले नेतृत्व पाएका छन् ।
नेपाल सरकारको १० औँ तह उप सचिव स्तरको बरिष्ठ कन्सल्टेन्ट डाक्टरले आयुर्वेद चिकित्सालयको नेतृत्व सम्हालेका हुन् ।
लामो समय सम्म अन्य बिभागमा निर्देशकको जिम्मेवारी सम्हालेर काम गरेर सेवा दिएका डा. ठाकुरले बुधबारदेखी आयुर्वेद चिकित्सालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
चिकित्सालयको नेतृत्व सम्हाले संगै डा. ठाकुरले प्रशासनिक र स्वास्थ्य क्षेत्रको बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । चिकित्सालयमा भइरहेका सेवाहरुलाई चुस्त दुरुस्त बनाउने र आवश्यक्ता अनुसारका सेवा थप्नका लागी पहल गर्ने कुरामा मेरो जोड रहने डा. ठाकुरले भने “विशेषगरी चिकित्सालयको प्रशासनिक सुधार, सुशासन लगायत चौबिसै घण्टा बिषेशज्ञ सेवा लगायत सेवामा मेरो जोड रहन्छ, यहाँको जती सहयोग हुन्छ त्यतीनै यहाँका नागरिकले सेवा पाउने गरी काम गर्नेछु ।”
यस अघि आठौँ तहका आयुर्वेद चिकित्सक डा. खगेन्द्र बमललाई १ बर्ष अगाडी बझाङ आयुर्वेद अस्पतालमा उनलाई सरुवा गरिएको थियो । डा. बमले उक्त आयुर्वेद चिकित्सालयमा बिरामीहरुको लागि ओपिडी सेवा लगायत थुप्रै कामहरु शुरु गरेको थियो। त्यसपछि आठौँ तहकै आयुर्वेद चिकित्सक डा. सुर्य उपाध्यायले निमित्त प्रमुखको रुपमा चिकित्सालयको जिम्मेवारी सम्हाल्दै आएका थिए । डा. उपाध्यायले उक्त चिकित्सालय निशुल्क योगाहरु सम्बन्धि तालिम लगायत ल्याबहरु सन्चालन ल्याएका थिए।
दशौँ तहको दरबन्दी रहेको चिकित्सालयमा सोही तहको प्रमुख आएपछि अब सेवामा सहज नागरिकहरुले अपेक्षा लिएका छन । चिकित्सालयमा खाली रहेको प्रशासन प्रमुख लगायत आवश्यक प्रशासनिक कर्मचारीको परिपुर्ती समेत चाँडै हुने डा. ठाकुरले बताएका छ्न।
चिकित्सालय ब्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टले सम्हाल्दै आएका छन् ।