दाङ, १४ कात्तिक २०८०
राष्ट्रिय चिकित्सक संघ नेपाल दाङको अध्यक्षमा रेडियोलोजिष्ट डा. पुस्प राज रिजाल चयन भएका छ्न।
कार्यसमितिको प्रथम अधिवेशन तथा भेला राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश तथा राष्ट्रिय चिकित्सक संघ लुम्विनीको आयोजनामा एमाले केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आथित्यमा डा. रिजाल चयन भएका हुन।
अध्यक्ष डा. पुस्प राज रिजालको नेतृत्वमा पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। जसमा उपाध्यक्ष डा. सुदेश जंग थापा, सचिव डा. शिशिर पोख्रेल, कोषाध्यक्ष डा. चुडामनी न्यौपाने, सहसचिव डा.प्रकाश साहु, सहकोषाध्यक्ष डा. सन्दिप न्यौपाने चयन भएका छन् ।
यस्तैगरी सदस्यहरुमा डा. रीम खड्का, डा. हेमन्त खड्का, डा. जनक गुरुङ, डा. विकास न्यौपाने, डा. श्रीधर खनाल, डा. वसन्त चौधरी, डा. निराजन गौतम, डा. कमल खड्का र डा.एलिजा कार्कीलाई चयन गरेको छ।
यस्तै सल्लाहकार समिति संयोजकमा डा. वसन्त रेग्मी, सदस्यहरूमा डा. उमाकान्त तिवारी, डा. हेमराज शर्मा, डा. मदन वि सी र डा. देव राज के.सी.लाई सर्बसम्मत रूपमा चयन गरीएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल निर्वाचन आयोगका अध्यक्ष मदन कुमार ओलीले शुभकामना मन्तब्य राख्नु भएको थियो।
डा. पुस्प राज रिजालले रिजालले आफ्नो कार्यकालमा चिकित्सकको हक हित र स्वास्थ्य सम्बन्धि जनसरोकारका विषयमा अगाडि बढने प्रतिवद्द्ता व्यक्त गर्नु भयो।