बाँके, ६ माघ २०८१
नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रा.लि.को प्रमुख कार्यकारी अधिकृतमा डा. नितेश कुमार कनौडिया नियुक्त भएका छन् ।
डा. कनौडियाले सन् २०१४ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र भारतको Tata Institute of Social Sciences, Mumbai बाट Masters in Healthcare Administration(MHA) गरेका छन् । डा. कनौडियाले सोही कलेजको सहायक निर्देशक भएर समेत काम गरिसकेका छन् ।
डा. कनौडियाका अनुसार मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा अस्पताल व्यवस्थापन चुनौतीपूर्ण विषय हो र मैले यो जिम्मेवारीलाई मानव सेवाका रुपमा लिएर अघि बढ्ने प्रतिबद्धता राखेको छु। उनले भने, पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरेर चाडैं पारामेडिक नर्सिङ कलेज खोल्नेछौँ ।