Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सम्मानित

Nam Raj Bhatta by Nam Raj Bhatta
February 4, 2024
in News
Reading Time: 1 min read
A A
0
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सम्मानित
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २१ माघ २०८०

परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा. भगवान कोइरालालाई सम्मान गरेको छ।

प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले डा. कोइरालालाई सम्मान गरेका हुन्।

हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ।

साहित्यकार प्रा डा. रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता–पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा विसं २०६८ मा उक्त प्रतिष्ठान स्थापना गरेका थिए।

प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ। प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्पे्ररणा र हौसल्ला प्रदान गर्दै आएको छ। सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान गर्‍यो।

सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा. कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रूपमा रहेको बताए। ‘प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ। डा कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ,’ उनले भने।

मानिसले मृत्युलाई असल कामबौ जित्न सक्ने भन्दै सभामुख घिमिरेले झापामा बच्चाहरूको मुटुको उपचारका लागि डा कोइरालाकै निष्ठा, योगदान, सक्रियता र अग्रसरतामा ठूलो योजना अघि बढिरहेकाले त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरे।

सुशासनका माध्यमबाट मात्रै राष्ट्र र समाजलाई अघि बढाउन सकिने र त्यसका लागि आफूलाई लागेका र देखेका विषय स्पष्टसँग राख्दै कमी कमजोरी हटाउन दिशानिर्देश गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालको व्यवहार, शैली र अभिव्यक्ति प्रशंसायोग्य रहेको बताए।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय मुद्दामा दलभन्दा माथि उठेर देशलाई समृद्धि तुल्याउने अभियानमा सहभागी हुन सबै तह र तप्कालाई आह्वान गरे।

‘परशुराम–शकुन्तला दाहाल परिवार संस्कार, संस्कृति, सद्भाव र विचारका माध्यमद्वारा मुलुकमा समृद्धि र सुगन्ध छर्न सफल हुनुभएको छ,’ उनले भने।

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मानिसको जीवनदान भगवान्ले मात्रै दिन सक्छन् भन्ने मान्यता रहेको नेपाली समाजमा डा. कोइरालाले भगवान्कै स्वरुपमा कार्यजिम्मेवारी गरिरहेको बताए।

सम्मानित व्यक्तित्व डा. कोइरालाले राज्यले सुम्पिएको कार्यजिम्मेवारीभित्र रही मुटुरोगका क्षेत्रमा कर्तव्य पूरा गर्ने कोसिस गरेकाले त्यसलाई अस्वाभाविक कामका रूपमा नबुझिदिन आग्रह गरे। ‘मुलुकमा असल काम गर्नेको सङ्ख्यामा कमी आएको छ, राम्रो काम गर्नेलाई उत्साहित र प्रोत्साहित गर्न जरुरी छ। समाजमा अध्यक्ष दाहालजस्तो इमान्दार, प्रभावशाली र बेजोड प्रस्तुति भएका व्यक्तित्व पाउन कठिन छ,’ उनले भने।

उद्योगी डा. उपेन्द्र महतोले सम्मानित व्यक्तित्व डा. कोइराला आफ्नो क्षेत्रका मेहनती, इमान्दार र सक्षम चिकित्सक भएको बताउँदै आर्थिक अवस्था कमजोर भए पनि नेपाली संस्कार र संस्कृति विश्वमै अद्वितीय रहेको विचार प्रकट गरे।

प्रतिष्ठानका संरक्षक प्रा डा. दाहालले असल बाटोमा हिँड्न प्रेरित गर्ने पिता र माताले सिरहाको बन्दीपुर क्षेत्रमा पाटी, पौवा, मन्दिर, पोखरी र चौतारोलगायतका सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गरे। रासस

Tags: Dr. Bhagwan koieralaHams hospital
SummarizeShare236ScanTweet147

Related articles

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

by Nam Raj Bhatta
June 2, 2026
0

‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रत्ननगर नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। चितवन रत्ननगर-१, बकुलहरस्थित आयुर्वेद...

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital

by Nam Raj Bhatta
June 2, 2026
0

कञ्चनपुरको महेन्द्रनगरस्थित रहेको मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता भएको छ। सम्झौता पत्रमा जन्मजात अनुहार तथा मुखसम्बन्धी विकृतिका लागि निःशुल्क सामुदायिक पहुँच कार्यक्रम सञ्चालन हुने बताइएको हो। जन्मजात...

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु

by Nam Raj Bhatta
May 30, 2026
0

नेपालमा डिजिटल स्वास्थ्यमा कार्यरत हेल्थ याद आयो र बंगलादेश स्थित सोही क्षेत्रमा कार्यरत क्लिीनिकल लिमिटेड वीच अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवा विस्तारका लागि सहकार्य भएको छ। उक्त सहकार्यसँगै दुवै संस्थाले...

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

by Nam Raj Bhatta
May 29, 2026
0

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    782 shares
    Share 313 Tweet 196
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    680 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    682 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने
  • मन्त्र अस्पताल र जीवा फाउन्डेशनबीच सम्झौता #Mantrahospital
  • अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य हेल्थ याद आयो र क्लिीनीकल बंगलादेश वीच सहकार्य सुरु
  • नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने
  • बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.