काठमाडौं, १७ कार्तिक २०७९
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका उमेदवार डा. अर्चन शम्शेर राणाले जनसमर्थन बटुल्न घरदैलोमा व्यस्त बन्नुभएको छ । स्वास्थ्य शिक्षा, युवाको रक्षा भन्ने मुल नारा राख्दै स्वतन्त्र उम्मेदवारबाट लौरो चुनाव चिन्ह लिएर वरिष्ठ नेफ्रोलोजी डा. राणा चुनाबी मैदानमा उत्रिएका हुन्।
डा. राणाको मुख्य एजेण्डा व्यापक स्वास्थ्य बीमा योजना लागू गर्ने, संघीय शिक्षा ऐन जारी गरी शिक्षामा व्यापक सुधार गर्ने, युवा र स्वरोजगारको व्यवस्थापन गर्ने र संघीयता खारेज गर्ने रहेका छन्। काठमाडौं क्षेत्र नं ४ मा पर्ने नक्साल, रातोपुल, कालोपुल लगायतका ठाउँहरुमा जनतासँग भेटघाट गर्नुभएको छ ।
डा. राणाले आफ्नो क्षमता र दक्षताको स्वास्थ सेवालाई उच्च प्राथमिकतामा राख्नुभएको छ । जनताको घरआँगनमा अस्पताल कार्यक्रमसँगै स्वास्थ्य क्लिनिक, विशिष्टिकृत अस्पताल स्थापना, शिक्षा र युवा निर्माणका लागि विशेष पहल गर्ने उहाँको स्वास्थ सम्बन्धि प्रतिबद्धता छ । यसै क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेबाट डा. राजन भट्टराई लगायत विभिन्न पार्टीबाट प्रतिष्पर्धामा उत्रिएका छन्।
आफ्नो ठाउँमा आफैं चिनाऔं।
आफ्नो देश आफैं बनाऔँ ।।