काठमाडौं, २७ माघ २०८१
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायद्धारा लिखित ‘मान्छेको मुटु’ लोकापर्ण भएको छ ।
आईतबार एक कार्यक्रमबीच नेपाल कार्डियाक सोसाइटीका अध्यक्ष प्राडा. रत्नमणि गजुरेल र नेपाल ह्दयरोग निवारण संस्थाका अध्यक्ष सत्यनारायण सुवालले उक्त पुस्तकको लोकापर्ण गर्नु भएको हो ।
कार्यक्रममा नेपाल हृदयरोग निवारण संस्थाका अध्यक्ष सत्यनारायण सुवालले पुस्तकमा स्वास्थ्यका अनुसन्धानको तथ्यका बारेमा समेत प्रष्ट्याइएको बताउनुभयो । सुवालले स्वास्थ्य निति, पैरवी, स्वास्थ्यका जल्दाबल्दा समस्या समेत पुस्तकमा समेटिएको बताउनुब्जयो ।उहाँले पुस्तक मेडिकल र ननमेडिकल व्यक्तिलाई समेत उपयोग हुने बताउनुभयो । पुस्तकमा अस्पतालले उपचारमा नाममा हुने गलत प्रवृत्ति समेत समेटिएको छ ।
कार्यक्रममा प्राडा. रत्नमणि गजुरेलले पुस्तक अध्ययन गरेपछि डाक्टर भएर बिरामीको उपचार गर्नुमात्रै ठुलो होइन रहेछ भन्ने बुझिएको बताए।
डा. गजुरेलले बिरामीको उपचारभन्दा बाहेक साहित्य, कलामा धेरै विषय समेटिएको बताउनुभयो । पुस्तकको नाम सुन्दा स्वास्थ्यका विषय मात्रै लागेपनि वास्तवमा समग्र स्वास्थ्य तथा साहित्यमा केन्द्रीत रहेको बताउनुभयो । म एउटा मुटुको डाक्टर, हजारौंको मुटु खोलेको छु तर मन र मुटु कहाँ हुन्छ भन्ने कतै भेटेको छैन, डा. गजुरेलले भन्नुभयो,“ पुस्तक बाट मन मुटु कहाँ हुन्छ भन्ने स्पष्ट देखाइएको छ ।”
नेपाल एनसिडी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले मान्छेको मुटुले सबैको मनको कुरा गरेको जानकारी दिनुभयो । पुस्तक अध्ययन गर्न लायक रहेको जानकारी दिदै उनले पुस्तकमा स्वास्थ्यका विषय पनि समेटिएको बताउनुभयो ।
पुस्तकका लेखक डा. अवनिभूषण उपाध्यायले अस्पतालले उपचारमा नाममा हुने गलत प्रवृत्ति समेटिएको बताए । डा. उपाध्यायले बिरामीले औसधि किनेर नखाए पछि ह्यदयघात भएर मृत्यु भएको विषयलाई पनि पुस्तकमा उल्लेख गरेको बताउनुभयो । उहाँले पुस्तकमा भावनात्मक , अध्यात्मिक कुरापनी उल्लेख गरिएको जानकारी दिदै मन र मन बीचमा सम्बन्ध हुने विषय पनि पुस्तकमा उल्लेख गरिएको बताए।