विश्व मधुमेह दिवस नोभेम्बर १४, २०२२ को अवसरमा, यस वर्षको “मधुमेह शिक्षामा पहुँच” भन्ने मुल नाराका साथ एसियन कलेज फर एडभान्स स्टडिज, सातदोबाटो ललितपुरमा अध्यनरत बिद्यार्थीको “एसियन युथ रेडक्रस सर्कल” ले, मधुमेह सम्बन्धि जनचेतना फैलाउने हेतुले प्लेकार्ड सहितको शान्ति पुर्ण र्यालिको आयोजना गरेको छ ।
“मधुमेह शिक्षामा पहुँच” भन्ने मुल नारा लेखिएको ब्यानर सहित, करिब २०० जना विद्यार्थीहरु सरिक शान्तिपूर्ण र्याली, बिहान ९ बजे कलेज प्रांगण बाट निस्किएको थियो । र्यालिमा नेपाल प्रहरी, सातदोबाटो साखाको स्कर्टिङ थियो भने, कलेजका विभिन्न संकायका शिक्षक, शिक्षिकाको पनि सहभागिता थियो । विभिन्न मधुमेह सम्बन्धि जनचेतनामूलक नारा लेखीएका प्लेकार्ड सहित र्याली माहालक्ष्मीस्थान चोक, लगनखेल बसपार्क हुँदै पुनः कलेज प्रांगणमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभाकी संचालिका तथा एसियन युथ रेडक्रस सर्कल कि उपाध्यक्ष सिमा चौधरीले, “मधुमेह शिक्षा, आजको आवश्यकता” भन्ने नारा भन्दै, मधुमेह सम्बन्धि जानकारी मुलक प्रस्तुतिकरणको लागि एसियन युथ रेडक्रस सर्कल सदस्य, स्मृति अधिकारी लाई अनुरोध गर्नुभएको थियो । अधिकारिले मधुमेहको बारे जानकारी सहित नेपाल र बिश्वको अबस्था बारे प्रस्तुतीकरण राख्नु भएको थियो ।
कोण सभालाई सम्बोधन गर्ने क्रममा एसियन कलेज फर एडभान्स स्टडिजकि प्रीन्सिपल तारा रम्तेल ज्यु ले, ” मधुमेह बारे सचेतना जरुरी भएको र हेल्थ साईन्सको विद्यार्थीले यस्ता जनचेतनामुलक कार्यक्रम गर्दै जानू पर्ने” बताउनु भएको थियो ।
कोण सभालाई समापन गर्ने क्रममा एसियन युथ रेडक्रस सर्कलका अध्यक्ष जीवन शाही ज्यु ले, ” मधुमेह बाट बच्नको लागि सर्वप्रथम त्यसबारे जानकारिको आवश्यकता रहेको र सम्पूर्ण युवाहरु अहिले देखि नै यस बारे सचेत भए, भविष्यमा मधुमेह बाट बच्न सकिने र युवाहरुले यस सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै जानू पर्ने” भन्दै सम्पुर्ण सहभागी, कलेज प्रशासन र नेपाल प्रहरीलाई धन्यवाद दिदै कोण सभा समापन गर्नु भएको थियो ।
बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल...






