राज्यको बिनियोजित रकम सहि सदुपयोग गरिएन भने आन्दोलनमा जाने अध्यक्ष : देवकोटाको चेतावनी

काठमाडौं : चैत्र ४ ,२०७६

यदि अझैपनि राज्यबाट बिनियोजित रकम सहि सदुपयोग गरिएन भने एसोसियसनले आन्दोलन गर्न बाध्य हुने नेपाल डेन्टल साइन्स हाइजिनिष्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताए   ।

नेपाल सरकारले मुख स्वास्थ्यमा उचित ध्यान नदिई नीतिमा प्रष्ट नगरेको र एसोसियसन अनुसार, मुख स्वास्थ्य नीति र नियम बनाउने जिम्मेवारी पाएको स्वास्थ्य विभाग अन्तर्गतको नाक, कान ,घाटिँ, दाँत र मुख विभागले एकलौटी रुपमा एक समुहको मात्र नीति कार्यन्वयन तर्फ उन्मुख भएको छ र साथै विभागबाट बिनियोजित दाँत र मुख सम्बन्धि रोगहरुको रोकथामको बजेट सहि तरिकाले उपयोग भएको छैन।

जनताको पक्षमा सहि नीति निमार्ण तथा सम्पुर्णको सहभागितामा आधारित नागरिकले उपयोग गर्न सक्ने नीति र सरकारी अस्पतालमा डेण्टलको उपचारलाई व्यवस्थित र बृहत बनाउनुपर्ने एसोसियसनको माग छ ।

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका २ हजार ८ सय दन्त चिकित्सक र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएका डेण्टल साइन्स हाइजेनिस्ट, डेण्टल हाइजेनिस्ट, डेन्टल असिस्टेण्ट करीब २ हजार ५ सय छन् ।

यो जनशक्तिलाई सहि तरीकाले परिचालन गर्दा नेपालको प्रतिशत ४० प्रतिशत मात्र उपचार सेवा सम्भव हुन्छ । समयमा नै यस जनशक्तिको व्यवस्थापन र जनतालाई सर्वसुलभ उपचार गराउँन एसोसिएसनले सरकार समक्ष माग राखेको छ ।

गिजा स्वस्थ्य भएमा दाँत स्वस्थ्य हुने र विभिन्न रोगहरु मुख स्वस्थ नहुँदा लाग्ने रोगहरुसँग लड्ने क्षमतामा समेत मुख स्वास्थ्य महत्वपुर्ण भुमिका रहेको एसोसिएसनका कोषाध्यक्ष अमित शाखले प्रस्तुतीकरण गर्नु भएको थियो।।

मुख र दाँत सम्बन्धि रोगहरुको समयमा नै उपचार नपाउँदा मुखको क्यान्सर, अल्सर, ट्युमर जस्ता समस्याहरु लाग्न सक्ने भएकाले दीर्घकालीन समाधानको लागी दिनमा दुई पटक दाँत माझ्ने बानी बसाल्नुपर्छ । साथै खानेकुरा, नियमित मुख स्वास्थ्य परीक्षण गराउनुपर्छ।

Next Post
ADVERTISEMENT