Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

डेङ्गी नियन्त्रणमा काठमाडौं महानगरपालिकाको बहुसाझेदार कार्यक्रम प्रभावकारी

Nam Raj Bhatta by Nam Raj Bhatta
October 10, 2025
in News
Reading Time: 1 min read
A A
0
डेङ्गी नियन्त्रणमा काठमाडौं महानगरपालिकाको बहुसाझेदार कार्यक्रम प्रभावकारी
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २४ असोज २०८२

काठमाडौं महानगरपालिकाले बर्षा याममा महामारीका रुपमा फैलिने डेङ्गी महामारी नियन्त्रणका लागि अघि सारेको बहुसाझेदार कार्यक्रमले सकारात्मक नतिजा देखाएको छ ।

महानगरपालिका क्षेत्रभित्रको तथ्याङ्क हेर्दा अहिले डेङ्गी संक्रमणको दर घटेको देखिएको छ । २०८० सालको असारदेखि २०८१ सालको साउन मसान्तसम्म महानगरपालिकाभित्र ३ हजार ५८६ जनामा डेङ्गी संक्रमण भएको थियो । यो संख्या गएको बर्ष (२०८१ साउनदेखि २०८२ असारसम्म) बढेर ५ हजार ६३७ पुगेको थियो । यस वर्ष गएको साउनदेखि अहिलेसम्म ३४९ जनामा यो संक्रमण देखिएको छ । मध्य बर्खाको समयमा ३५० जनाभित्र संक्रमण भएका व्यक्तिको संख्या सीमित हुनु नियमित कार्यक्रमको नतिजा हो ।

यसका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयमसेवक, टोल विकास संस्था, स्थानीय तथा सामाजिक संघसंस्था, क्लव र नागरिक स्तर प्रतिनिधिहरु महानगरपालिकाको डेङ्गी नियन्त्रण अभियानमा सँगै हुनुहुन्छ । उहाँहरु लामखुट्टेको बासस्थान नष्ट गर्नु अभियानमा सदैब क्रियाशील हुनुहुन्छ । यो अभियान निरन्तर चलिरहेको छ । यसअन्तर्गत महानगरपालिकाको केन्द्रीय कार्यालयसँगै सार्वजनिक सेवा प्रदायक कार्यालय, वडा र समुदाय स्तरमा लार्भा तथा लार्भा उत्पादन हुन सक्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानको मुख्य भूमिका छ । अभियानको अर्को पक्ष र्‍यापिड रेस्पोन्स टीम (आरआरटी) गठन पनि हो । यो टीमले विरामीको उपचारमा सहजीकरण गर्ने, समस्या समाधानका लागि परामर्श दिने, रोग पहिचान गर्ने लगायत काम गरिरहेको छ ।Dengue11

माइकिङ् गर्ने, विद्यालयका विद्यार्थीलाई जोखिमका बारेमा थाहा दिने, टोल, समुदाय र घर दैलो कार्यक्रममार्फत हरेक नागरिक समक्ष पुग्ने र उहाँहरुलाई डेङ्गी नियन्त्रण अभियानमा सहभागी हुन प्रोत्साहित गरिरहेका छौँ ।

वातावरण व्यवस्थापन विभागले सरसफाइ र स्वच्छताका कार्यक्रमलाई थप प्रभावकारी बनाउने, स्वास्थ्य विभागले स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत निदानात्मक र उपचारात्मक सेवामा र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) सेवा दिने, जीवन जल, सिटामोल जस्ता औषधि उपलब्ध गराउने, चौबिसै घण्टा टेलिफोनबाट परामर्श दिने, नगर प्रहरी बलले लार्भिसाइड छर्किने काम गरिरहेका छन् । यस्तै बिरामीहरूलाई आवश्यक पर्ने रगत र रक्त तत्वका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेर निःशुल्क उपलब्ध गराउने गरिएको छ । यससँगै अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।

मेयर बालेन्द्र साहले फेसबुक सञ्जालमा लेख्दै हामी चनाखो छौँ । नागरिक स्वास्थ्य सुरक्षाको उत्तरदायित्वप्रति जिम्मेवार छौँ । र, नियमित काम गरिरहेका छौँ । यति हुँदाहुँदै पनि महामारी नियन्त्रण हाम्रो मात्र प्रयासले सम्भव छैन । यसका लागि हरेक व्यक्तिले आफ्नो बासस्थान र परिसरमा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्न आवश्यक छ । विरामीको सहज उपचार सेवाका लागि प्रदेश र संघ सरकारको सहकार्य आवश्यक छ । यसका लागि हामी प्रयासरत छौँ । र, सहकार्यमा काम गरिरहेका छौँ ।

यसर्थ, अहिलेसम्म नियन्त्रणमा रहेको डेङ्गीको जोखिम बढ्न नदिन हरेक व्यक्ति र समुदायसँग सहकार्यका लागि अनुरोध गर्दछौँ ।

सबै मिलेर महामारी नियन्त्रण गरौँ ।

Tags: #government of NepalKathmandu Metropolitan cityडेंगी #Dengue
SummarizeShare234ScanTweet147

Related articles

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

by Nam Raj Bhatta
August 14, 2026
0

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त भएका छन् केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा. बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको...

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

by Nam Raj Bhatta
August 13, 2026
0

नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन (NMSRA) काठमाडौँले आफ्नो ५७औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। NMSRA काठमाडौँका अध्यक्ष कोषराज अवस्थीले स्थापना दिवसको अवसरमा “रक्तदान,...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.