काठमाडौं, १२ वैशाख २०७८
नेपाल औषधि व्यवस्था विभागका कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पसल दर्ता नविकरण बाहेकका सबै र निरीक्षण सम्बन्धि सम्पूर्ण सेवा बन्द गरिएको छ ।
विभागका केही कर्मचारी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य कर्मचारी पनि आइसोलेसनमा बस्नुपर्ने हुँदा विभागमा जनशक्ति नहुने भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको विभागले जनाएको छ ।