काठमाडौं बैशाख ९ गते
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। आठ जनामा पहिलो परीक्षणमा पोजेटिभ देखिएकाले स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सुचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो