काठमाडौं , २० साउन २०७७
पछिल्लो२४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयद्धारा नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ४८ ललितपुर १ र भक्तपुरमा १३ गरी थप ६२ जनामा कोरोना संक्रमण देखिएको बताए ।
डा. का अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भत्तपुरका ११ र काठमाडौँका ३८ जनामा संक्रमण देखिएको छ । यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका ५ जनामा कोरोना संक्रमण देखिएको बताए।
यस्तै नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भक्तपुरका १ जना, स्टार अस्पतालमा काठमाडौँका २ र ललितपुरका १ जना र विध प्रयोगशाला ललिपतुरमा काठमाडौँका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ जनामा संक्रमण देखिएको छ ।
डा गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्यावमा परीक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । त्यसमध्ये १५ हजार २६ जना निको भएर घर फर्केका छन् ।
अहिले एक्टीभ केशको संख्या ५ हजार ९२४ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५८ पुगेको छ ।