ललितपुर ,१४ जेठ
ललितपुरमा कोरोना संक्रणबाट एक जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको बुधबार कोरोनाको कारण मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरेका हुन् ।
पाटन अस्पतालमा उपचार नभएपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल भर्ना गरिएका ती व्यक्तिको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।
उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ ।
यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।