काठमाडौं, २५ चैत्र २०८०
क्लिनिकल प्याथोलोजी संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार होटल र्याडिसनमा भएको एक कार्यक्रमबाट चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत डा. अभिमन्यु झाको नेतृत्वमा उक्त नयाँ कार्यसमिति गठन गरिएको हो।
संघको उपाध्यक्षमा नेपाल मेडिकल कलेजका डा. राकेश पाठक, महासचिवमा ओम अस्पतालका डा. रोजन घिमिरे, सहसचिवमा चिकित्सा शास्त्र अध्ययन संस्थानकै डा. एलिना कर्ण र कोषाध्यक्षमा बी एण्ड बी अस्पतालका डा. नीता काफ्ले निर्वाचित भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा कटारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साह, कान्ति बाल अस्पतालकी डा. मोनी सुवेदी, धुलिखेल अस्पतालका डा. विनोद ढकाल र भक्तपुर क्यान्सर अस्पतालकी डा. दिक्षा कार्की चयन भएका छन्।