काठमाडौं, २६ फागुन २०७७
बानेश्वरस्थित निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेललाई नियुक्त भएका छन । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा . पौडेललाई निर्देशकमा नियुक्त गरेको हो।
कार्यकारी निर्देशकका लागि नाम सिफारिस समितिले मन्त्रिपरिषदमा सिफारिस गरेका तीन जनामध्येबाट डा. पौडेललाई नियुक्त गरिएको हो। सिफारिस समितिले डा. पौडेलसहित डा. दिनेश कुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरेको थियो।
कार्यकारी निर्देशकका लागि ८ जनाको आवेदन परेको थियो। समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो।
यस अघि निजामती कर्मचारी अस्पतालको निर्देशकमा डा. दिर्घराज आरसी थिए।
डा. पौडेल वीर अस्पतालमा कार्यरत छन।
Comments 1