आज मिति : २०७९ चैत्र ९
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #ChautaraHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
February 4, 2023
in News
A A
0
डा. त्रिभुवन झाको नेतृत्वमा मुहार फेरिदै चौतारा अस्पताल #chautarahospital
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

सिन्धुपाल्चोक, २१ माघ २०७९

धादिङ अस्पतालबाट सरुवा भएर चौतारा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको नेतृत्व सम्हाल्न पुगेका डा. त्रिभुवन चन्द्र झाको उत्कृष्ट कामबाट अस्पतालको मुहार फेरिदै गएको गएको छ।

डा. झाको नेतृत्वमा धादिङ अस्पतालमा विभिन्न सेवा सुविधाहरु थप्दै आइसियु समेत सञ्चालन गरि १५ बेडबाट ५० बेडको अस्पतालमा परिष्कृत गर्दै उत्कृष्ट उचाईमा पुर्याएर बिगत १० महिना अगाडि उहाँलाई सरुवा गरिएको थियो।

२०७२ को भुकम्प पछि पानी, बिजुली, लगायत सम्झौताका केही बुँदाहरूमा विभिन्न बाधा अवरोधको कारण अस्पतालको निर्माण कार्य अगाडि बढ्न नसक्ने अवस्था थियो। नेपाल चाइना हेवइ प्रोजेक्टलाई सहजीकरण गर्दै भाद्र २०७९ देखि तीन तलाको भवन निर्माण कार्य शुरु गरी द्रुत गतिमा अगाडि बढिरहेको छ। जुन निर्माण कार्य फेब्रुअरी १० मा पहिलो तला ढलान कार्य सम्पन्न हुदैछ भने पूर्ण रुपमा भवन एक वर्ष भित्र निर्माण भइसक्ने मेसु डा. झाले जानकारी दिए।

Degion chautara hospital

निर्माण स्थलमा भएको अक्सिजन प्लान्टलाई सारेर स्थानान्तरण गर्ने कामको साथमा अप्रेसन थ्रिएटर जाने बाटोको निर्माणको साथ विभिन्न विकासका कामहरु अगाडि बढेको छ चौतारा अस्पतालमा ।

सिन्धुपाल्चोक जिल्लाका बिरामीहरुलाई घाम र पानीमा उभिएर टिकट काट्नुपर्ने र बिरामी जचाउँदा लामो समयसम्म उभिनुपर्ने बाध्यता भोग्नुपरेको समस्यालाई बुझेर बिरामीको प्रतिक्षालय निर्माण गरिएको डा. झाले बताए।

हाल अस्पतालमा अस्पताल परिसरमा पस्न बित्तिकै बिरामीको सुविधा र सुरक्षा लाई ध्यानमा राखी सुविधासम्पन्न क्यास काउन्टरको व्यवस्था गरिएको र सुरक्षा गार्डको भवनको निर्माण गरिएको छ।

Emergency chautara hospital

समान्य सोडियम, पोटासियम, PT/ INR, APTT, KOH ग्राम स्टेन जस्ता जाँचहरुको सुविधा नभएको अवस्था थियो भने हाल उक्त जाँचहरु सहज तरिकाले भइरहेको छ।
त्यस्तैगरी ल्याब विभागमा विशेष प्रकारको जाँचहरु जस्तै थाइरोइड फक्सन जाँच, भिटामिन डी, हर्मोन सम्बधित जाँचहरुको पनि शुरुवात भएको छ।

अस्पतालमा पहिलो चोटी एकैपटकमा बाल रोग, स्त्री रोग, इमरजेन्सीमा मेडिसिन र सर्जरी जस्ता विशेषज्ञ सेवाहरु प्रदान गर्न सुरुवात गरिएको छ। हालमा दुईटा अप्रेसन थ्रिएटर सञ्चालनमा ल्याउनको साथै आइसियूको पनि स्थापना गरिएको छ।

प्राकृतिक प्रकोप भएको अवस्थामा अस्पताललाई चुस्तदुरुस्त तयारी अवस्थामा राख्नको लागि हस्पिटल इमरजेन्सी प्रिपेयरडनेस प्लानको तयारी गरी अस्पतालका सम्पुर्ण कर्मचारीहरुलाई अभिमुखीकरण गरी अरेन्ज कोड लागु गरिएको छ भने अस्पतालमा बेसिक लाईफ सपोर्ट, प्राइमरी ट्रमा केयर , कोड ब्लू , इमरजेन्सी स्वास्थ्य सेवाको अभिमुखीकरण गरी क्षमता अभिवृद्धिको कार्यक्रमहरु अगाडि बढाएको छ।
अस्पतालमा disaster स्टोरको व्यवस्था गरिएको छ भने हाउस किपिङ विभाग पनि स्थापना गरिएको छ।

Chautara hospital 2

अस्पतालका डाक्टर, नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीलाई अध्ययन गर्नको लागि पुस्तकालय कक्ष पनि स्थापना गरिएको छ। यसमा थप पुस्तक तथा अन्य सुविधाहरु थपिदिए लाने बताउनुभयो।

त्यस्तैगरी अस्पतालमा भएका बहुमुल्य उपकरणमा केही समस्या आइ समानलाई थन्क्याउनु पर्ने अवस्थाको अन्त्य गर्न‌ लागि बायुमेडिकल टेक्निसियन सहितको बायोमेडिकल विभागको पनि शुरुवात गरिएको छ जुन हरेक अस्पतालमा आवश्यक रहेको पनि उनले बताए ।

अस्पतालको डाटा रेकर्डलाई चुस्त दुरुस्त राख्नको लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई लागु गरि इन्ट्री काउण्टरको स्थापना गरी नेपाल सरकारको एचएमआइस प्रणालीमा दैनिक सत प्रतिशत रिपोर्टङ शुरु भएको छ।

Chautara hospital 1

फार्मेसीबाट बिरामीलाई सहज तरिकाले लागि श-सुल्क र निशुल्क औषधी पाउन छुटाछुटै काउण्टरको व्यवस्था गरिएको छ भने पहिला औषधिमा पाइने ५% छुटलाई बढाएर ८ प्रतिशतसम्म छुटको व्यवस्था सशुल्क औषधिहरूमा गरिएको छ।

सामाजिक सेवा एकाइ सहायता कक्षको स्थापना गरि सामाजिक सेवा तथा जेष्ठ नागरिक कार्यक्रम यो वर्षदेखि अस्पतालमा लागू गरिएको छ । यसबाट अति गरिब, असाहाय, अपाङ्गता भएका व्यक्तिहरुको महिला स्वयंसेविकाहरु लगायत लक्षित समूहले सेवा प्राप्त गर्दैछन्। त्यस्तैगरी जेष्ठ नागरिकहरूले पनि नेपाल सरकारले तोके बमोजिमको छुट सुविधा प्राप्त गर्नेछन्।

अस्पतालजन्य फोहोरमैला व्यवस्थापनको लागि सोलीड तथा लिक्वेड waste व्यवस्थापनको लागि छुट्टा छुट्टै फोहरमैला व्यवस्थापन कक्ष बाट व्यवस्थापन सुरु गरिएको छ।

मासिक रुपमा सम्पुर्ण विभागका कर्मचारीहरु एकै ठाउँमा बसी डाटा भेरिफेक्सन कार्यक्रम सुरवात गरेको छ जसले गर्दा अस्पतालको इन्डिकेटरहरु सुधारको प्रयासमा राम्रो योग्दान पुगेको छ भने अब आउने दिनमा डाटाको क्वालिटीमा अझ राम्रो सुधार हुने विश्वास गर्न सकिन्छ। हाल पहिलोचोटि अस्पतालको आफ्नै निजी क्याटिनको निर्माण अन्तिम चरणमा पुगेको छ।

पोष्टमार्टम भवनलाई अझै परिस्कृत गर्दै changing room, storeroom , freezer room को साथमा थप औजार उपकरण सहित सुविधा सम्पन्न बनाइएको छ। सिन्धुपाल्चोकका बासिन्दाहरूले अब आफ्नै जिल्लामा उपचार सेवा पाउने भएर खुशी व्यक्त गरेका छन्। यो भन्दा पहिले यी सेवाहरूमा पाउन पनि धुलिखेल र काठमाडौं आउनुपर्ने अवस्था थियो।

Tags: #Dr. Trivhuwan Chandra Jha#Health and population ministryChautara Hospital SindhupalchokCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

खरिद प्रक्रियामा अनियमितता नगर्न स्वास्थ्यमन्त्री गिरीको निर्देशन

Next Post

चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #NmaElection2079

Related articles

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

5 hours ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

10 hours ago
471
नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि
News

नेपालमा क्यान्सरको जोखिम धनीभन्दा गरिब परिवारमा बढि

1 day ago
471
स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न
News

स्वास्थ्य जीवनको लागि शिक्षा र पुनर्स्थापना सम्बन्धि तालिम सम्पन्न

2 days ago
471
बजाज र nmsra बीच सम्झौता
News

बजाज र NMSRA बीच सम्झौता

2 days ago
471
मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #worldoralhealthday2023
News

मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौती’ विषायक अन्तर्क्रिया सम्पन्न #WorldOralHealthDay2023

2 days ago
471
Next Post
चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #nmaelection2079

चिकित्सक संघको निर्वाचन : तेस्रो दिन १०६८ मत खस्यो #NmaElection2079

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Godawari Municipality Kailali Health Offering
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...