Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालको कार्डियाक एम.आर.आई. मा सानदार शतकीय पारी!!

Nam Raj Bhatta by Nam Raj Bhatta
March 21, 2022
in Articles, News
Reading Time: 2 mins read
A A
0
नेपालको कार्डियाक एम.आर.आई. मा सानदार शतकीय पारी!!
669
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

शालीनता उहाँको बोलीमा भन्दा पनि व्यवहारमा बढी झल्किन्छ। सर्ट-पाइन्ट, कोट र सिरमा ढाकाटोपी लगाएका उनि बिरामीलाई एम.आर.आई गर्न आउँदा ध्यान दिनुपर्ने कुराका बारेमा बुझाउदै थिए मैले भेट्दा । छोटो समयमा नेपालमा गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्डियाक एमआरआई शुरु भई सय भन्दा बढी कार्डियाक एमआरआई भएको छ। यसै सन्दर्भमा गंगालाल राष्ट्रिय हृदय केन्द्रका रेडियोलोजी विभाग प्रमुख डा. निर्मल प्रसाद न्यौपाने सँग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीको सराशं :

एउटा साधारण मानिसले बुझ्दा कार्डियाक एमआरआईलाई कसरी बुझ्न सकिन्छ?

सामान्य भाषामा भन्नुपर्दा चिरफार नगरी मुटुको सम्पूर्ण कार्य क्षमता, मुुटुको चाल, भल्भको कार्यक्षमता र मुटु तथा फोक्सोमा आउने तथा जाने रगतको सम्पूर्ण विश्लेषण नै कार्डियाक एमआरआई हो । यसले मुटुमा आउने रगत र जाने रगतको परिमाण, सिस्टममा जाने रगत र फोक्सोमा जाने रगत बराबर भए/नभएको, मुटुले राम्रोसँग काम गरे/नगरेको, मुटुको कुन च्याम्बरले कति काम गरेको छ, भल्भ साँधुरो भए/नभएको लगायत मुटुको सम्पूर्ण कार्य र समस्याबारे विश्लेषण सहितको जानकारी प्रदान गर्छ ।

कार्डियाक एमआरआईबाट के कस्ता जटिल समस्या पहिचान गर्न सकिन्छ ?

मुटुको नसा बन्द भएका बिरामीहरुमा नसा खोल्दा मुटुको मांशपेशीले काम गर्ने /नगर्ने पत्ता लगाउन सकिन्छ। हाइपरट्रफिक कार्डियोमायोपेथि भएका विरामीहरुको मुटुमा कति प्रतिशत स्कारीङ भएको छ (खत बसेको छ), मुटुबाट रगत बाहिर आउने ठाउँ साँगुरो भएको छ कि छैन पत्ता लाग्छ। मायोकार्डाइटिस भएका बिरामीहरुमा मुटु सुन्नेको भाग कति छ, मुटुको कार्य कस्तो छ र भविष्यमा मुटुको कार्यक्षमता राम्रो हुने सम्भावना कतिको छ भनेर पत्ता लगाउन सकिन्छ। त्यस्तै कार्डियाक एमआरआईको मद्दतले भल्बको समस्या, वंशानुगत मुटुरोगको समस्या पनि सजिलै मुल्यांकन गर्न सकिन्छ ।

Coronary artery disease 1

कार्डियाक एमआरआई गर्दा बिरामीले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

कार्डियाक एमआरआई गर्ने अघिल्लो दिन मुटुको चालमा फरक पार्नसक्ने चिज जस्तै कफी, कोला ड्रिंक, क्याडवरी चक्लेट खान हुँदैन । कसैकसैलाई एमआरआईमा प्रयोग हुने नर्मल कन्ट्रासले पनि एलर्जी हुनसक्छ । त्यसैले एमआरआई गर्नुपूर्व कन्ट्रासको एलर्जीबारे जाँच गर्नुपर्छ । त्यस्तै गर्भवती महिलाको एमआरआई गर्दा आवश्यकताअनुसार योजना बनाउनुपर्छ । एमआर ॐआई गर्दा प्रयोग गरिने औषधि मिर्गौलाले फिल्टर गर्न सक्ने वा नसक्ने सम्बन्धि जाँच पनि गर्नुपर्छ ।

कार्डियाक एमआरआई गर्न कतिको सजिलो या अफ्ठ्यारो छ?

मस्तिष्क, जोर्नी आदिको एमआर आईमा स्थिर अवस्थामा इमेजिङ लिएर बिरामीको समस्या सजिलै पहिचान गर्न सकिन्छ । तर कार्डियाकमा त्यस्तो हुँदैन । मुटुको धड्कन भइरहने र यसरी धड्कन भइरहेको मुटुको एमआरआई गरेर तस्विर निकाल्न अरु स्थिर अवस्थाको जस्तो सहज हुँदैन । कार्डियाक एम आरआईमा विभिन्न कोणबाट मुटुको अवलोकन गर्नुपर्छ ।

कुनै पनि कुरा सुरुवात गर्दा अप्ठ्यारो हुन्छ भन्छन्, कार्डियाक एमआरआई लाई नेपालमा संस्थागत गर्न तपाइँलाई कतिको अप्ठ्यारो पर्यो?

आज सम्म आइपुग्दा हामीले शहीद गंगालाल हिर्दय केन्द्रमा सय भन्दा बढी कार्डियाक एमआरआई गर्न सफल भएका छौं। शुरुवाती दिनहरुमा धेरै अप्ठ्यारो /चनौतिहरू आएका थिए। धेरैजस्तो डाक्टरहरुलाई कार्डियाक एमआरआई बारे पनि थाहा थिएन, कार्डियाक बिरामीलाई कहाँ पठाउने, कसरी पठाउने, यस्तो उपचार हाम्रो देशमा सम्भव होला कि नहोला भन्ने कुरामै अलमल थियो । ती अन्यौलताहरुलाई हामीले चिरेर अहिले जो सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भित्र र बाहिरको सम्पुर्ण हृदय रोग भएका बिरामीलाई कार्डियाक एमआरआई आवश्यकता परेको खण्डमा राम्रोसँग गरेर पठाउन सक्ने गरी हामी सफल भएका छौं।

यति धेरै एमआरआई गरिसक्दा हाम्रो समुदायमा कस्ता कस्ता मुटु सम्बन्धी रोगहरु व्यापक रहेछन त डाक्टर साब ?

कार्डियाक एमआरआई गर्न आएका बिरामी मध्ये मुटुको नसा ब्लक भएर हुने समस्या सबभन्दा कमन हामीले देखेका छौं । नशा ब्लक भइसकेपछि सिटिस्क्यान एन्जिओ बाट ब्लक भएको नसा पत्ता लगाइन्छ। ब्लक भएपछि मुटुको मांशपेसीले काम गरेको छ कि छैन भनेर चाहिँ कार्डियाक एमआरआई बाट हेरिन्छ । ब्लक भएको नसा खोल्दा फाइदा हुन्छ या हुँदैन, ब्लक भएको नसा लाई स्टेन्ट गर्नेकि बाइपास गर्ने सबैकुरा कार्डियाक एमआरआईको रिजल्टमा डिपेन्ड गर्छ। अर्को हामीले कमनली देखेको भनेको hypertrophic cardiomyopathy हो । मुटुको वाल मोटो भई मुटुको रगत पम्प गर्ने क्षमतामा कमी आउनु र मुटुमा स्कारीङ/खत बस्दै जानुलाई कार्डियोमायोपेथी भनिन्छ। कार्डियाक एमआरआईले cardiomyopathy diagnose मात्र गर्दैन, आउँदा दिनहरुमा बिरामीको अवस्था कस्तो हुन्छ, के-के समस्याहरु हुन सक्छन त्यो नि पहिचान गर्न मद्दत गर्छ। अहिले कोभिड महामारीको बेलामा हामीले धेरै जनाको मुटु सुन्निने अवस्था (myocarditis) भएको नि देख्यौ। मुटुको भल्भको समस्या, वंशानुगत मुटु रोगहरु नि हामीले कार्डियाक एमआरआई बाट मुल्यांकन गरेर हेर्ने मैका पायौं यो छोटो अवधिमा।

Hypertrophic cardiomyopathy 2Myocarditis3

कार्डियाक एमआरआई गरेको कति समय पछि रिपोर्ट आउँछ ?

कार्डियाक एमआरआईको रिपोर्ट वा नतिजा २४ घण्टाभित्र उपलब्ध गराइन्छ । बिरामीको सम्पूर्ण कागजात नपुगेको र सम्बन्धित चिकित्सकसँग अन्य जानकारी लिनुपर्ने अवस्थामा भने केही बढी समय लाग्नसक्छ ।

यसमा खर्च कति लाग्छ ?

बिरामीको रोगको प्रकार र गर्नुपर्ने जाँच अनुसार यसमा लाग्ने खर्च फरक हुन्छ । औषधि दिनुपर्ने/ नपर्ने अवस्था हेरेर पनि खर्च फरक पर्छ । समग्रमा भन्नुपर्दा एउटा कार्डियाक एमआरआई गरेको खर्च १२ देखि १८ हजारसम्म लाग्नसक्छ।

कार्डियाक एमआरआईको लामो र अफ्ठ्यारो यात्रा तय गर्दा तपाईंले धेरै मेहनत त अवश्य गर्नुभयो होला, हजुरको मेहेनत बाहेक अरु कसैलाई सम्झन या धन्यवाद दिन चाहनुहुन्छ?

यो यात्रा अवश्य पनि अप्ठ्यारो र चुनौतीपुर्ण थियो तर, असम्भब थिएन। यो एकजनाले गर्न सक्ने काम थिएन, यसमा धेरैजनाको मेहनत र मार्गदर्शन लागेको छ। सर्वप्रथम म गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी लाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । त्यस्तै हाम्रो गंगालाल राष्ट्रिय हृदय केन्द्रका सिनियर एमआरआई टेक्निसियन इन्देश ठाकुर, जसले कार्डियाक एमआरआईका सुरुवाती दिनमा असाध्यै मेहनत गर्नुभयो, वहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। मलाई मार्गदर्शन गर्ने र सँधै अगाडी बढ्न प्रेरित गर्ने प्रा.डा. राम कुमार घिमिरे र प्रा. डा. सुनिल प्रधान लाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सबैको सहयोग र सदभावनाले नै हामीले नेपालमा कार्डियाक एमआरआईलाई संस्थागत गर्न सफल भएका हौं।‌ अगामी दिनहरू झन चुनौतिपुर्ण छन, जुन बिश्वास लिएर बिरामीहरु हाम्रोमा आउछन् त्यो विश्वास र गुणस्तर कहिल्यै नटुटोस् भन्ने हाम्रो प्रयत्न सँधै रहनेछ।

Tags: Cardiac MRI In NepalDr. Nirmal Prasad NeupaneGangalal memorial hospitalRadiologyShahid Gangalal National Heart Center
SummarizeShare317ScanTweet147

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.