• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

नेपालको कार्डियाक एम.आर.आई. मा सानदार शतकीय पारी!!

Nam Raj Bhatta by Nam Raj Bhatta
March 21, 2022
in Articles, News
A A
0
नेपालको कार्डियाक एम. आर. आई. मा सानदार शतकीय पारी!!
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

शालीनता उहाँको बोलीमा भन्दा पनि व्यवहारमा बढी झल्किन्छ। सर्ट-पाइन्ट, कोट र सिरमा ढाकाटोपी लगाएका उनि बिरामीलाई एम.आर.आई गर्न आउँदा ध्यान दिनुपर्ने कुराका बारेमा बुझाउदै थिए मैले भेट्दा । छोटो समयमा नेपालमा गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्डियाक एमआरआई शुरु भई सय भन्दा बढी कार्डियाक एमआरआई भएको छ। यसै सन्दर्भमा गंगालाल राष्ट्रिय हृदय केन्द्रका रेडियोलोजी विभाग प्रमुख डा. निर्मल प्रसाद न्यौपाने सँग स्वास्थ्य पत्रकार नमराज भट्टले गरेको कुराकानीको सराशं :

एउटा साधारण मानिसले बुझ्दा कार्डियाक एमआरआईलाई कसरी बुझ्न सकिन्छ?

सामान्य भाषामा भन्नुपर्दा चिरफार नगरी मुटुको सम्पूर्ण कार्य क्षमता, मुुटुको चाल, भल्भको कार्यक्षमता र मुटु तथा फोक्सोमा आउने तथा जाने रगतको सम्पूर्ण विश्लेषण नै कार्डियाक एमआरआई हो । यसले मुटुमा आउने रगत र जाने रगतको परिमाण, सिस्टममा जाने रगत र फोक्सोमा जाने रगत बराबर भए/नभएको, मुटुले राम्रोसँग काम गरे/नगरेको, मुटुको कुन च्याम्बरले कति काम गरेको छ, भल्भ साँधुरो भए/नभएको लगायत मुटुको सम्पूर्ण कार्य र समस्याबारे विश्लेषण सहितको जानकारी प्रदान गर्छ ।

कार्डियाक एमआरआईबाट के कस्ता जटिल समस्या पहिचान गर्न सकिन्छ ?

मुटुको नसा बन्द भएका बिरामीहरुमा नसा खोल्दा मुटुको मांशपेशीले काम गर्ने /नगर्ने पत्ता लगाउन सकिन्छ। हाइपरट्रफिक कार्डियोमायोपेथि भएका विरामीहरुको मुटुमा कति प्रतिशत स्कारीङ भएको छ (खत बसेको छ), मुटुबाट रगत बाहिर आउने ठाउँ साँगुरो भएको छ कि छैन पत्ता लाग्छ। मायोकार्डाइटिस भएका बिरामीहरुमा मुटु सुन्नेको भाग कति छ, मुटुको कार्य कस्तो छ र भविष्यमा मुटुको कार्यक्षमता राम्रो हुने सम्भावना कतिको छ भनेर पत्ता लगाउन सकिन्छ। त्यस्तै कार्डियाक एमआरआईको मद्दतले भल्बको समस्या, वंशानुगत मुटुरोगको समस्या पनि सजिलै मुल्यांकन गर्न सकिन्छ ।

Coronary artery disease 1

कार्डियाक एमआरआई गर्दा बिरामीले के कस्ता कुरामा ध्यान दिनुपर्छ ?

कार्डियाक एमआरआई गर्ने अघिल्लो दिन मुटुको चालमा फरक पार्नसक्ने चिज जस्तै कफी, कोला ड्रिंक, क्याडवरी चक्लेट खान हुँदैन । कसैकसैलाई एमआरआईमा प्रयोग हुने नर्मल कन्ट्रासले पनि एलर्जी हुनसक्छ । त्यसैले एमआरआई गर्नुपूर्व कन्ट्रासको एलर्जीबारे जाँच गर्नुपर्छ । त्यस्तै गर्भवती महिलाको एमआरआई गर्दा आवश्यकताअनुसार योजना बनाउनुपर्छ । एमआर ॐआई गर्दा प्रयोग गरिने औषधि मिर्गौलाले फिल्टर गर्न सक्ने वा नसक्ने सम्बन्धि जाँच पनि गर्नुपर्छ ।

कार्डियाक एमआरआई गर्न कतिको सजिलो या अफ्ठ्यारो छ?

मस्तिष्क, जोर्नी आदिको एमआर आईमा स्थिर अवस्थामा इमेजिङ लिएर बिरामीको समस्या सजिलै पहिचान गर्न सकिन्छ । तर कार्डियाकमा त्यस्तो हुँदैन । मुटुको धड्कन भइरहने र यसरी धड्कन भइरहेको मुटुको एमआरआई गरेर तस्विर निकाल्न अरु स्थिर अवस्थाको जस्तो सहज हुँदैन । कार्डियाक एम आरआईमा विभिन्न कोणबाट मुटुको अवलोकन गर्नुपर्छ ।

कुनै पनि कुरा सुरुवात गर्दा अप्ठ्यारो हुन्छ भन्छन्, कार्डियाक एमआरआई लाई नेपालमा संस्थागत गर्न तपाइँलाई कतिको अप्ठ्यारो पर्यो?

आज सम्म आइपुग्दा हामीले शहीद गंगालाल हिर्दय केन्द्रमा सय भन्दा बढी कार्डियाक एमआरआई गर्न सफल भएका छौं। शुरुवाती दिनहरुमा धेरै अप्ठ्यारो /चनौतिहरू आएका थिए। धेरैजस्तो डाक्टरहरुलाई कार्डियाक एमआरआई बारे पनि थाहा थिएन, कार्डियाक बिरामीलाई कहाँ पठाउने, कसरी पठाउने, यस्तो उपचार हाम्रो देशमा सम्भव होला कि नहोला भन्ने कुरामै अलमल थियो । ती अन्यौलताहरुलाई हामीले चिरेर अहिले जो सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भित्र र बाहिरको सम्पुर्ण हृदय रोग भएका बिरामीलाई कार्डियाक एमआरआई आवश्यकता परेको खण्डमा राम्रोसँग गरेर पठाउन सक्ने गरी हामी सफल भएका छौं।

यति धेरै एमआरआई गरिसक्दा हाम्रो समुदायमा कस्ता कस्ता मुटु सम्बन्धी रोगहरु व्यापक रहेछन त डाक्टर साब ?

कार्डियाक एमआरआई गर्न आएका बिरामी मध्ये मुटुको नसा ब्लक भएर हुने समस्या सबभन्दा कमन हामीले देखेका छौं । नशा ब्लक भइसकेपछि सिटिस्क्यान एन्जिओ बाट ब्लक भएको नसा पत्ता लगाइन्छ। ब्लक भएपछि मुटुको मांशपेसीले काम गरेको छ कि छैन भनेर चाहिँ कार्डियाक एमआरआई बाट हेरिन्छ । ब्लक भएको नसा खोल्दा फाइदा हुन्छ या हुँदैन, ब्लक भएको नसा लाई स्टेन्ट गर्नेकि बाइपास गर्ने सबैकुरा कार्डियाक एमआरआईको रिजल्टमा डिपेन्ड गर्छ। अर्को हामीले कमनली देखेको भनेको hypertrophic cardiomyopathy हो । मुटुको वाल मोटो भई मुटुको रगत पम्प गर्ने क्षमतामा कमी आउनु र मुटुमा स्कारीङ/खत बस्दै जानुलाई कार्डियोमायोपेथी भनिन्छ। कार्डियाक एमआरआईले cardiomyopathy diagnose मात्र गर्दैन, आउँदा दिनहरुमा बिरामीको अवस्था कस्तो हुन्छ, के-के समस्याहरु हुन सक्छन त्यो नि पहिचान गर्न मद्दत गर्छ। अहिले कोभिड महामारीको बेलामा हामीले धेरै जनाको मुटु सुन्निने अवस्था (myocarditis) भएको नि देख्यौ। मुटुको भल्भको समस्या, वंशानुगत मुटु रोगहरु नि हामीले कार्डियाक एमआरआई बाट मुल्यांकन गरेर हेर्ने मैका पायौं यो छोटो अवधिमा।

Hypertrophic cardiomyopathy 2Myocarditis3

कार्डियाक एमआरआई गरेको कति समय पछि रिपोर्ट आउँछ ?

कार्डियाक एमआरआईको रिपोर्ट वा नतिजा २४ घण्टाभित्र उपलब्ध गराइन्छ । बिरामीको सम्पूर्ण कागजात नपुगेको र सम्बन्धित चिकित्सकसँग अन्य जानकारी लिनुपर्ने अवस्थामा भने केही बढी समय लाग्नसक्छ ।

यसमा खर्च कति लाग्छ ?

बिरामीको रोगको प्रकार र गर्नुपर्ने जाँच अनुसार यसमा लाग्ने खर्च फरक हुन्छ । औषधि दिनुपर्ने/ नपर्ने अवस्था हेरेर पनि खर्च फरक पर्छ । समग्रमा भन्नुपर्दा एउटा कार्डियाक एमआरआई गरेको खर्च १२ देखि १८ हजारसम्म लाग्नसक्छ।

कार्डियाक एमआरआईको लामो र अफ्ठ्यारो यात्रा तय गर्दा तपाईंले धेरै मेहनत त अवश्य गर्नुभयो होला, हजुरको मेहेनत बाहेक अरु कसैलाई सम्झन या धन्यवाद दिन चाहनुहुन्छ?

यो यात्रा अवश्य पनि अप्ठ्यारो र चुनौतीपुर्ण थियो तर, असम्भब थिएन। यो एकजनाले गर्न सक्ने काम थिएन, यसमा धेरैजनाको मेहनत र मार्गदर्शन लागेको छ। सर्वप्रथम म गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी लाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । त्यस्तै हाम्रो गंगालाल राष्ट्रिय हृदय केन्द्रका सिनियर एमआरआई टेक्निसियन इन्देश ठाकुर, जसले कार्डियाक एमआरआईका सुरुवाती दिनमा असाध्यै मेहनत गर्नुभयो, वहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। मलाई मार्गदर्शन गर्ने र सँधै अगाडी बढ्न प्रेरित गर्ने प्रा.डा. राम कुमार घिमिरे र प्रा. डा. सुनिल प्रधान लाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सबैको सहयोग र सदभावनाले नै हामीले नेपालमा कार्डियाक एमआरआईलाई संस्थागत गर्न सफल भएका हौं।‌ अगामी दिनहरू झन चुनौतिपुर्ण छन, जुन बिश्वास लिएर बिरामीहरु हाम्रोमा आउछन् त्यो विश्वास र गुणस्तर कहिल्यै नटुटोस् भन्ने हाम्रो प्रयत्न सँधै रहनेछ।

Budanilkantha nagarpalika notice
Tags: Cardiac MRI In NepalDr. Nirmal Prasad NeupaneGangalal memorial hospitalRadiologyShahid Gangalal National Heart Center
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

राष्ट्रिय स्वास्थ्यकर्मी संघकाे १ नं. प्रदेश अधिवेशन सम्पन्न, अध्यक्षमा धमला निर्वाचित

Next Post

कान्ति बाल अस्पतालमा बच्चाहरूको पल्मोनोलोजी सम्बन्धि ओपिडी शुरु

Related articles

स्वास्थ्यका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन
News

स्वास्थ्यका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

1 hour ago
478
वीर अस्पताल र ट्रमा सेन्टरमा‌ आइतबार बिदा दिने निर्णय
News

वीर अस्पताल र ट्रमा सेन्टरमा‌ आइतबार बिदा दिने निर्णय

6 hours ago
539
Teku hospital
News

टेकु अस्पतालले आइतबार ओपिडी सेवा नियमित रूपमा सञ्चालन गर्ने निर्णय

1 day ago
500
चौधरी फाउण्डेसन द्वारा स्तरोन्नति गरिएको कान्तिबाल अस्पतालमा २५ शैयाको इमर्जेन्सी
News

चौधरी फाउण्डेसन द्वारा स्तरोन्नति गरिएको कान्तिबाल अस्पतालमा २५ शैयाको इमर्जेन्सी

2 days ago
518
जनस्वास्थ्य तथा पोषणविद् महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित
News

जनस्वास्थ्य तथा पोषणविद् महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित

2 days ago
517
सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त
News

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

3 days ago
864
Next Post
कान्ति बाल अस्पतालमा बच्चाहरूको पल्मोनोलोजी सम्बन्धि ओपिडी शुरु

कान्ति बाल अस्पतालमा बच्चाहरूको पल्मोनोलोजी सम्बन्धि ओपिडी शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Health office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देशHealth office Kathmandu message स्वास्थ्य कार्यालय काठमाण्डौ जनहितमा जारी सन्देश
Covid Okhaldhunga health office messageCovid Okhaldhunga health office message
Sahakari vacancy KalankiSahakari vacancy Kalanki
Covid Awareness Message Bajura Health OfficeCovid Awareness Message Bajura Health Office
Health Office Myagdi Covid anurodhHealth Office Myagdi Covid anurodh
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message

HNN Podcast

Recommended

Corona awareness

कोरोनाका नयाँ लक्षणहरू थाहा पाइराखौ डा. पाण्डे

1 year ago
471
Bisheshwor prasad ojha (bipin), mayor, amargadhi municipality

काेराेना भाईरसका कारण थलिएकाे अर्थतन्त्र र आगामि कार्यभार

2 years ago
471
नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा डा. ऋषिकुमार काफ्ले निर्वाचित

नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा डा. ऋषिकुमार काफ्ले निर्वाचित

2 months ago
471

Don't Miss

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

सामाजिक बिकास मन्त्रीज्युको स्वास्थ्य सल्लाहकारमा डा. मिश्र नियुक्त

May 18, 2022
864
आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

May 18, 2022
529
जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

जनस्वास्थ्यकर्मी जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्रबाट बिजयी

May 17, 2022
535
न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

May 16, 2022
556
चितवनमा चिकित्सकहरुको बृहत भेला हुँदै

प्रजातान्त्रिक चिकित्सक संघले गर्यो सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत

May 14, 2022
511
Health ministry

स्वास्थ्य मन्त्रालयले सन् २०३० सम्मकाे लागि रणनीति ल्याउदै

May 13, 2022
551
डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

डा. भोला रिजाललाई ‘नइ भावी पुरस्कार’

May 13, 2022
490
International nurses day

आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस र नेपालमा नर्सिङको उचित सम्मान छैन #NursesDay

May 12, 2022
495
डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

डा. श्रेष्ठको नेतृत्वमा नोबेल मेडिकल कलेजमा तेस्रो पटक मृगौलाको सफल प्रत्यारोपण

May 11, 2022
586
निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

निर्वाचनको दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सवारी पास लिनु नपर्ने

May 10, 2022
524
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (74)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (163)
  • Lifestyle (52)
  • News (1,399)
  • Nutrition (33)
  • Research & Study (47)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...