नमराज भट्ट
भाद्र , ८ काठमाडौं
धेरै लामो समय पछी देशले स्थायी बरिष्ठ कलेजो रोग बिशेषज्ञ पाएको छ । देशभरि नै कलेजो रोग सम्बन्धि समस्या बढी रहेको बेला नेपाल सरकारले पहिलो पटक स्थायी बरिष्ठ कलेजो रोग बिशेषज्ञको व्यवस्था गरेको हो ।
देश कै पुरानो वीर अस्पतालमा ३० बर्ष जती अगाडि कलेजो रोगको उपचार गर्ने उदेश्यले कलेजो युनिट खुलेता पनि नेपाल सरकारले स्थायी बरिष्ठ कलेजो रोग बिशेषज्ञको दरबन्दी पुरा गर्न सकेको थिएन । लोकसेवा आयोगको सिफारिस र स्वास्थ मन्त्रालयको यही २०७७/ ०४/ १६ को निर्णय अनुसार डा. बिकास जैशी नेपाल सरकारको पहिलो स्थायी बरिस्ठ कलेजो रोग बिशेषग्यमा ( कन्सलटेन्ट हेपाटोलोजिस्ट ) बढुवा भएका छन ।
डा. जैशी एम. डि मेडिसिन पछी ३ बर्से कलेजो रोग बिषयमा डि . एम गर्ने पहिलो डाक्टर पनि हुन । ३ बर्से कलेजो रोग बिषयमा डि . एम हेपाटोलोजि कार्यक्रम नेपालको चि. बि . रा . प्र (बिर अस्पताल ) मा मात्रै हुने गरेको छ । कलेजो रोग बिषयमा डि . एम हेपाटोलोजि अधयनलाई अहिले सम्मकै उच्चतम डिग्री मानिन्छ । नेपालमा मात्र नभएर संसार भरि नै कलेजो रोग बिशेषज्ञ एकदमै कम रहेको पाईन्छ । विगत लामो समयदेखि कलेजो रोगको उपचारमा संलग्न, अनुशासित र सरल स्वभावका डा. जैशिको पदस्थापना वीर अस्पातलमा काम गर्दै आउनु भएको थियो।
नेपालमा कलेजो रोगको मात्रै उपचार हुने युनिट वीर अस्पतालमा मात्रै हुने गर्दछ। वीर अस्पातलको लिवर युनिटले दैनिक १०० ओ पि डि र २० – ४० सम्म भर्ना भएर बस्नु पर्ने बिरामीको सेवा दिदै आएको छ । देश भरी बाटै कलोजोका बिरामी रिफर भएर वीर अस्पातल आउने गरेका छन ।
कन्सलटेन्ट हेपटोलोजिस्टको रुपमा बढुवा भएपछीका योजनाका बारेमा डा. जैशी सँग जिज्ञासा राख्दा वीर अस्पतालमा कलेजोका बेड बढाउने , वीर अस्पतालमा कलेजो प्रत्यारोपण ( Liver Transplantation ) कार्य अगाडि बढाउने र नेपालका बिभिन्न भागमा कलेजो रोग सम्बन्धि अध्ययन अध्यापन र जनचेतना फैलाउने कार्यलाई व्यवस्थित गर्ने बताउनु भयो ।
हाल वीर अस्पातलमा कार्यरत डा. जैशी नेपालकै कुसल कलेजो रोग बिशेषज्ञ रुपमा चिनिनुका साथै केही समय अगाडि सोही अस्पातलबाट उत्कृष्ट चिकित्सक पुरस्कार पनि प्राप्त गरेका थिए ।
Myriads of Congratulations.