भरतपुर केन्द्रीय अस्पतालको अध्यक्षमा डा.अधिकारी

चितवन चैत १८

भरतपुर  केन्द्रीय अस्पताल बनेपछिको पहिलो अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन् । भरतपुर केन्द्रीय अस्पतालको मातहतमा गएपछि पहिलोपटक अध्यक्ष नियुक्ती गरिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) मन्त्रीस्तरीय निर्णय गर्दै डा.अधिकारीलाई अध्यक्षमा नियुक्त गरेको छ।

उहाँ  स्वास्थ्य क्षेत्रबाट पहिलोपटक नेतृत्वदायी भूमिकामा पुग्न सफल भएका छ्न। अध्यक्षको कार्यकाल तीन वर्षको रहने छ । डा.अधिकारी सोही अस्पतालमा वरिष्ठ फिजिसियनको रुपमा कार्यरत छन् ।

Dr Bhojraj Adhikari
Dr Bhojraj Adhikari

उनी युवापुस्ताका चर्चित चिकित्सकको रुपमा छवि बनाएका छन् । सबैसंग घुलमिल हुन सक्ने क्षमता भएका डा.अधिकारीले भरतपुर अस्पताललाई नमुनाको रुमा अगाडि बढाउनेमा अडिग रहेका छन् ।

डा.अधिकारी हाल विश्वभर कोरोना भाइरस (कोभिड–१९)को माहामारी फैलिरहेको बेला चितवनमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको प्रवक्ताको जिम्मेवारी सम्हाली रहेको छन् ।

यस्तै अस्पताल विकास समितिको सदस्यहरुमा शिक्षाविद रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् ।

Next Post
ADVERTISEMENT