अछाम, २६ जेठ
अछामको अस्पतालमा जागिरबाट निकालेको भन्दै आगो लगाएका युवाको मृत्यु भएको छ ।
शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला साँफेबगरमा रहेको बयल पाटा अस्पतालमा शौचालय सफा गर्ने काम गदै आएका उनलाई अस्पतालले केहिदिन अघि निकालेको थियो ।
सङ्कटको समयमा जागिरबाट निकाल्ने अस्पतालको निर्णयबाट विक्षिप्त बनेका उनी अस्पताल परिसरमा आफैमाथि आगो लगाएका थिए ।
आगोले जलेर गम्भीर घाइते बनेका साँफेबगर नगरपालिका बासिन्दा सिद्धार्थ आउजीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकार पुण्य विक्रम पौडेलले पुष्टि गरेका छन् ।