काठमाण्डौ, २ फागुन २०७७
नेपाल वाक तथा श्रवण संघको आईतबार सम्पन्न साधारण सभाले सुस्मिता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा धर्मपाल डङ्गोल, सचिवमा रजत गौतम, सह–सचिवमा अनिल कुमार अधिकारी, कोषाध्यक्षमा प्रभा दवाडी र सह–कोषाध्यक्ष रामविनय यादव चयन भएका छन् ।
त्यस्तैगरी समितिको सदस्यमा आकाश प्रधान, निलम लामा, रश्मी रञ्जन, शान्ता ढकाल र विद्वान भुषाल रहेका छन् ।
महासचिव रजत गौतमले बिभिन्न पेसागत स्वास्थ्य व्यवसायी संघ हातेमालो गरी बिगतमा भएका कमीकमजोरीहरु सुधार गरी भबिष्यमा अझ प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो।