आज मिति : २०८२ जेष्ठ १६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

एशिया प्यसिफिक अफ्थाल्मोलोजी सम्मेलनमा डा. बनर्जी र डा. केसी सम्मानित

Nam Raj Bhatta by Nam Raj Bhatta
April 16, 2025
in News
A A
0
एशिया प्यसिफिक अफ्थाल्मोलोजी सम्मेलनमा डा. बनर्जी र डा. केसी सम्मानित
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३ बैशाख २०८२

भारतको नयाँ दिल्लीमा सम्पन्न ४० औं एशिया प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी तथा ८३औं अल इन्डिया अफ्थाल्मोलोजिकल सोसाइटीको वार्षिक सम्मेलनमा नेपाली नेत्र विशेषज्ञहरू डा. चन्दन बनर्जी र डा. सल्मा केसी सम्मानित भएका छन्।

नेपाल अफ्थाल्मिक सोसाइटीको सिफारिसमा डा. बनर्जीलाई एपिएपिओ विशिष्ट सेवा सम्मान  र डा. केसीलाई एपिएपिओ अन्धोपन रोकथाममा विशिष्ट सेवा पुर्याएकोले सम्मान प्रदान गरिएको हो।

एपिएपिओ विशिष्ट सेवा सम्मान हरेक वर्ष आफ्ना देश तथा एशिया प्यासिफिक क्षेत्रको नेत्र उपचार सेवामा विशिष्ट योगदान पुर्‍याउने नेत्र विशेषज्ञहरूलाई प्रदान गरिन्छ । यो सम्मान यस अघि डा. सन्दुक रुइत, डा. रीता गुरुङ, डा. अनु मानन्धर, डा. मीनु चौधरी, डा. लीलाराज पुरी, डा. सगुन नारायण जोशी, डा. सुरेशराज पन्त, डा. चेतराज पन्त, डा. रोहित साईजु, डा. सुमन थापा र डा. मोहन बज्राचार्यजस्ता विशिष्ट चिकित्सकहरूले प्राप्त गरिसकेका छन् ।

त्यसैगरी, एपिएपिओ अन्धोपन रोकथाममा विशिष्ट सेवा सम्मान एशिया प्यासिफिक क्षेत्रमा अन्धोपन रोकथाममा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थाहरुलाई प्रदान गरिन्छ । यसअघि नेपाल आँखा अस्पताल, बिपी कोइराला लायन्स केन्द्र जस्ता संस्थाहरूले यो सम्मान प्राप्त गरिसकेका छन् भने व्यक्तिगत रूपमा हुकुम प्रसाद पोखरेल, अनिल गोर्खाली, डा. शैलेश कुमार मिश्र, बिमल कुमार पौडेल र युद्धधोज सापकोटाले पनि यो पुरस्कार पाइसकेका छन् । ती  पुरस्कारहरूका लागि पनि नेपाल अफ्थाल्मिक सोसाइटीको सिफारिस गरेकाे थियाे ।

डा. चन्दन बनर्जी विगत २७ वर्षदेखि  नेत्र विशेषज्ञको रूपमा कार्यरत छन् । हाल उनी वीरगञ्जस्थित आँखा तथा दाँत अस्पतालका मेडिकल डाइरेक्टर छन् भने नेशनल मेडिकल कलेज, वीरगञ्जमा एसोसिएट प्रोफेसरको रूपमा पनि कार्यरत छन् ।

प्रोफेसर डा. सल्मा केसी विगत २५ वर्षदेखि नेत्र सेवामा सक्रिय रहँदै आएकी छिन् । २०१२ मा लुम्बिनी आई इन्स्टिच्युटमा मेडिकल डाइरेक्टरको रूपमा कार्यभार सम्हालिसकेकी डा। केसी हाल श्रीकृष्ण नेत्रालयकी मेडिकल डाइरेक्टर हुन् ।

सम्मेलनमा १५ हजारभन्दा बढी सहभागी रहेको र एक हजार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरूको सहभागिता रहेको थियो।

नेपाल अफ्थाल्मिक सोसाइटीका महासचिव डा. तेजसु सिंह मल्लका अनुसार सम्मेलनमा तिलगङ्गा आँखा अस्पतालकी डा. पूर्णिमा राजकर्णिकर स्थापितले उपलब्धी सम्मान  प्राप्त गरेकी थिइन् । सोही अस्पतालका डा. होम बहादुर गुरुङले प्रोफेसर यासुओ टानो यात्रा अनुदान सम्मान  र डा. दीक्षा बिष्टले युवा नेत्र चिकित्सक यात्रा अनुदान सम्मान प्राप्त गर्न सफल भएकाे समेत उनले बताए।

नेत्र उपचार सेवाका नवीनतम प्रविधि, उदाउँदो प्रवृत्तिहरू, नविनतम अनुसन्धान तथा सहकार्यका अवसरहरूबारे सम्मेलनमा व्यापक छलफल भएको थियो । सहभागीहरू कार्यशाला, नेटवर्किङ, तथा नवीनतम अनुसन्धानमा प्रत्यक्ष पहुँचबाट विशेष रूपमा लाभान्वित भएका थिए।

Tags: asia pasific opthamology societyDr. Chandan bawarji
Nisarga hospital Dhangadhi
Previous Post

दन्त सामग्री बितरक संघले काठमाडौंमा तेस्रो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

Next Post

देशभरका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत उत्तीर्ण

48 minutes ago
776
Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

23 hours ago
790
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

आर्थिक वर्ष २०८२/०८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

23 hours ago
789
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने
News

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने

2 days ago
886
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ

2 days ago
804
कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै
News

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै

3 days ago
844
Next Post
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साताबाट शुरु हुने

देशभरका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,045)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.