आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सुदूरपश्चिम प्रदेशमा किटजन्य तथा उपेक्षित रोगहरुको वार्षिक समिक्षा हुँदै #AnnualReview

डा. गुण राज अवस्थीले सुदूरपश्चिम प्रदेशमा किटजन्य रोगको भार धेरै भएको हुनाले किटहरुको अध्ययन गर्न प्रदेश सरकारको पहलमा कंचनपुरमा इन्टोमोलोजी ल्याब स्थापना गरेको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 25, 2020
in News, Research & Study
A A
1
सुदूरपश्चिम प्रदेशमा किटजन्य तथा उपेक्षित रोगहरुको वार्षिक समिक्षा हुँदै #AnnualReview
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

धनगढी, १० पौष २०७७

सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा धनगढी कैलालीमा उपेक्षित तथा किटजन्य.  रोगको वार्षिक समिक्षा शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तरगतका नौ वटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख , कार्यक्रम हेर्ने फोकल व्यक्ति र तथ्यांक हेर्ने कर्मचारीहरुको सहभागिता रहेको दुई दिने समिक्षा कार्यक्रममा प्रदेश भित्र बिगत तिन आ. ब. मा देखा परेको औँलो , कालाजार , हात्तीपाईले , डेंगु , चिकनगुनिया , जापानिज इन्सेफलाईटिस, स्क्रब टाईफस , लगायतका रोगहरुको अवस्था सम्बन्धि समिक्षा गरिने , कार्यक्रम संचालन गर्दा देखिएका समस्या पहिचान गरिने , समस्या समाधानका उपाय बारे छलफल गर्ने तथा आगामी वर्षको लागि योजना तर्जुमा गरिने गरि कार्यक्रम तर्जुमा गरिएको छ ।

जनस्वास्थ्य अधिकृत श्री ओम प्रकाश जोशी ज्यूको सम्बोधन
जनस्वास्थ्य अधिकृत श्री ओम प्रकाश जोशी ज्यूको सम्बोधन

कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी , सामाजिक बिकास मन्त्रालयका नीति ,कानून, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की , सामाजिक बिकास मन्त्रालयका चिकित्सा महाशाखाका डा. चेत राज जोशी , सामाजिक बिकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत श्री रमेश कुँवर लगायत नौ वटा स्वास्थ्य कार्यालय प्रमुख सहितको सहभागिता रहेको छ ।

दुई दिने समिक्षा कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर् डोटीका जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशीले कार्यक्रम सहभागी सबैलाई स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको छ । उँहाले कार्यक्रम संचालन अवधि भर सुदूरपश्चिम प्रदेशमा बिगत तिन आ. ब. मा देखा परेका किटजन्य रोगको तथ्यांक प्रमाणीकरण सम्बन्धि छलफल हुने , कार्यक्रम संचालन गर्दा देखा परेका समस्याबारे छलफल हुने र समाधानका उपायहरु समेत पहिल्याउने कुरा बताउनु भएको छ ।

जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की सम्बोधन गर्नु हुँदै
जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्की सम्बोधन गर्नु हुँदै

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका नीति, कानून ,मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख श्री नरेन्द्र सिंह कार्कीले सुदूरपश्चिम प्रदेश किटजन्य रोगको प्रभाव अन्य प्रदेशको तुलनामा धेरै नै रहेको हुनाले आर्थिक बर्ष २०७७/०७८ का निर्धारित क्रियाकलाप समयमै सम्पदान गरि रोगको भार घटाउन मद्दत पुग्ने र कार्यक्रम लक्षित क्रियाकलाप गर्नुपर्ने र हाल प्राप्त कार्यक्रमले नपुग भएमा र नगरी नहुने कार्यक्रम भएमा थप नयाँ कार्यक्रम तय गरि सामाजिक बिकास मन्त्रालयमा माग गर्न समेत स्वास्थ्य कार्यालयलाई‌ भन्नु भएको छ ।

काय्रक्रम उद्घाटन सत्रको अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थी ज्युले समिक्षा कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य निर्देशनालयको तर्फ बाट धन्यबाद दिदै पन्ध्रौ पन्च बर्षीय योजना , सहश्राब्दी बिकास लक्ष्य , नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना लगायत अन्यले बिभिन्न योजनाले बिभिन्न लक्ष्य प्राप्ति गर्नका स्वास्थ्यका सूचकांक निर्धारण नेपाल सरकारले गरेको छ ।नेपाल सरकार , प्रदेश सरकार , स्थानीय तहले निर्धारण गरेको लक्ष्य , उद्देश्य , प्राप्तिका लागि सबैले समयमै काम सम्पन्न गरि सक्नु पर्ने बताउनु भएको छ ।

सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन
सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी ज्यूको सम्बोधन

डा. अवस्थीले सुदूरपश्चिम प्रदेशमा किटजन्य रोगको भार धेरै भएको हुनाले किट हरुको अध्ययन गर्न प्रदेश सरकारको पहलमा कंचनपुरमा इन्टोमोलोजी.  ल्याब स्थापना गरेको , किटनाशक झुलको प्रभावकारी प्रयोग र वितरणको लागि स्वास्थ्य कार्यालयको तर्फ बाट बहस , पैरवी गर्नुपर्ने , ज्वरो आएका बिरामीहरुको औँलोको जाँच गर्न छुटाउन नहुने , डी एच आइ एस २ मा समयमै प्रतिबेदन इन्ट्री गर्नु पर्ने ,eLMIS, EWARS, Covid 19 को IMU Application आदि प्रतिबेदन गर्ने रिपोर्टिंग प्रणाली बिकास भएको हुनाले यी रिपोर्टिंग प्रणालीमा समयमै प्रतिबेदन प्रबिष्टि गर्नको लागि सम्पूर्ण स्वास्थ्य प्रणालीले जोड दिनु पर्ने बताए । सुदूरपश्चिम प्रदेशको मेगा प्रोजेक्टको रुपमा शुरुवात भएको ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमले हाल सम्म १५ हजार गर्भवती महिला हरुको स्वास्थ्य जांच भएको र त्यसमध्ये ५ सय जति गर्भवती महिलाहरुको जोखिममा रहेको गर्भ पहिचान भएको र ती महिला बाट जन्मिने बच्चाको ज्यान जोगाउन सकिएको समेत कार्यक्रममा स्वास्थ्य निर्देशक डा. अवस्थीले बताउनु भएको छ ।

वार्षिक समिक्षा कार्यक्रम मा ASCEND कार्यक्रम को आर्थिक तथा प्राबिधिक सहयोग समेत रहेको छ ।

Tags: #government of Nepal#Health and population ministryAnnual reviewCorona Virus #Covid19DhangadhiDr.Chet Raj JoshiDr.gun Raj awsthiNarendra Singh karkiOm Prakash joshiRajput Doti
Nisarga hospital Dhangadhi
Previous Post

स्वास्थ्य पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न #Rehabilitation

Next Post

स्वास्थ्यमन्त्रीमा हृदयेस त्रिपाठीको जिम्मेवारी अरु मन्त्रीहरुको पनि हेरफेर #Healthministry

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

2 hours ago
843
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

1 day ago
789
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

1 day ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

2 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

2 days ago
799
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

2 days ago
795
Next Post
स्वास्थ्यमन्त्रीमा हृदयेस त्रिपाठीको जिम्मेवारी अरु मन्त्रीहरुको पनि हेरफेर #Healthministry

स्वास्थ्यमन्त्रीमा हृदयेस त्रिपाठीको जिम्मेवारी अरु मन्त्रीहरुको पनि हेरफेर #Healthministry

Comments 1

  1. Pingback: प्रयोगशालाकर्मिहरुको लागि औलोको एक महिने तालिम #Laboratory • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...