Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति

Nam Raj Bhatta by Nam Raj Bhatta
August 10, 2025
in News
Reading Time: 1 min read
A A
0
पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २५ साउन २०८२

गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको संक्रमण २९ जिल्लामा फैलिदा हाल सम्म १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको पशु सेवा विभागले जानकारी दिएको छ ।

विभागले उपलब्ध गराएको तथ्यांकअनुसार यो रोग हाल ६ प्रदेशका २९ जिल्लामा फैलिएको छ । २७ हजार ४२५ पशुचौपाया यसबाट संक्रमित भएका छन् ।

वि.स. २०७९ चैतमा पनि नेपालमा लम्पी स्किन रोग महामारीका रूपमा फैलिएको थियो । त्यसपछि यस वर्ष पनि कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा यो रोग तीव्र गतिमा फैलिएको नेपाल पशु चिकित्सा परिषद्का रजिस्ट्रार डा. मनोज कुमार शाहीले जानकारी दिनुभयो।

डा. शाहीका अनुसार परिषद्ले गरेको अध्ययनअनुसार एउटा पशुचौपायाको संक्रमण बराबर औसतमा ४९ हजार १३५ रुपैयाँ बराबर क्षति भएको देखिएको छ । त्यसकारण अहिले मृत्यु भएका पशुको संख्याअनुसार हालसम्म १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको डा. शाहीले बताए ।

लम्पी स्किन रोगबाट सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार गत असार ६ गतेदेखि साउन २० गतेसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार १२२ पशुचौपाया बिरामी र ६३७ को मृत्यु भएको छ । विभागको विवरणअनुसार लम्पी स्किन संक्रमण मधेशका ८, गण्डकी र कर्णालीका १/१, बागमतीका ५ र लुम्बिनीका ३ जिल्लामा फैलिएको छ । सुदूरपश्चिममा हालसम्म रोग पुष्टि भएको छैन ।

विवरणअनुसार मधेशमा १७९ पशुको मृत्यु भएको छ । ४ हजार ४९२ पशु संक्रमित भएका छन् । बागमतीमा यो रोगबाट ३० पशु मरेका छन् भने ७९३ संक्रमित छन् । लुम्बिनीमा १६ र गण्डकीमा ७ पशु यसबाट संक्रमित भएको विभागको विवरणमा उल्लेख छ ।

सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा ५ लाख ६१ हजार ७५१ पशुचौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको विभागले बताएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा. तपेन्द्र बोहराले लम्पी स्किन रोगबाट पशुको मृत्यु हुँदा संघीय सरकारले किसानलाई क्षतिपूर्ति दिने नगरेको बताए। स्थानीय तहहरूले भने एक पशु बराबर १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने गरेको उनले बताए । साथै, गाईभैंसीको बीमा गराएका किसानलाई भने बीमाले क्षतिपूर्ति बेहोर्ने गरेको पनि डा. बोहराले जानकारी दिए ।

चिकित्सा परिषद्का अनुसार यसअघि २०७९ चैतमा पनि गाईभैंसीमा महामारीका रूपमा देखिएको लम्पी स्किन रोगका कारण नेपालमा करीब १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए ।

७१ जिल्लामा फैलिएको रोगका कारण करीब साढे ६५ हजार पशुको मृत्यु भएको थियो । यसबाट ७९ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । परिषद्का अनुसार ८ लाख ६७ हजार पशु उपचारपश्चात् निको भएका थिए । त्यसबेला सरकारले करीब साढे ३ लाख गाईभैंसीलाई लम्पी स्किनविरुद्ध खोप लगाएको थियो ।

यो रोग लामखुट्टे, टोक्ने झिँगा, किर्नाजस्ता कीराको टोकाइबाट सर्ने र गाईभैंसीलाई लाग्ने एकदमै संक्रामक रोग हो । संक्रमित पशुको ओसारपसार, साझा चरणक्षेत्र, एउटै सुइको प्रयोग वा कृत्रिम गर्भाधान र उपचारका क्रममा यो रोग सर्न सक्ने विज्ञहरूको भनाइ छ ।

गर्मीयाममा कीरा र लामखुट्टे सक्रिय हुने भएकाले रोगको प्रकोप बढ्छ । यो रोगले गाईभैंसीको दूध उत्पादनमा गिरावट ल्याउने, उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकहीँ मृत्युसमेत गराउन सक्छ । विशेष गरी ज्वरो नियन्त्रण गर्न नसकेमा मृत्यु हुने सम्भावना बढ्छ ।

लम्पी स्किन लागेर निको भएका पशुको हकमा दूध उत्पादन ७० प्रतिशतसम्म घट्ने र त्यस्ता पशुको छालासमेत विक्री नहुने परिषद्का रजिस्ट्रार डा. शाही बताउँछन् । संक्रमित पशुको छालामा १–५ सेन्टिमीटरको गाँठा देखिन्छ, थुतुनो, मुख र नाकमा घाउ आउँछ र आँखाबाट अत्यधिक तरल पदार्थ निस्कन्छ।

Tags: Dr. Manoj kumar shahiDr. Tapendra Prasad BoharaNepal veterinary association
SummarizeShare235ScanTweet147

Related articles

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

by Nam Raj Bhatta
June 16, 2026
0

चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार

by Nam Raj Bhatta
June 16, 2026
0

सरकारले विपन्न वर्गको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि त्यसमार्फत उपचार लिनेको सङ्ख्या एक हजार २०० नाघेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले निःशुल्क स्वास्थ्य...

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

by Nam Raj Bhatta
June 16, 2026
0

धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्र...

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

by Nam Raj Bhatta
June 13, 2026
0

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    814 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न
  • कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.