काठमाडौं,२७ श्रावण २०७७
सरकारले कोरोना संक्रमण बढेको भन्दै भदौ एक गतेदेखि खुल्ने भनिएको लामो दुरीका सवारीसाधन तथा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि साउन ५ गतेको मन्त्रिपरिषद्को बैठकले हवाई उडान र लामो दूरीको यातायात भदौ १ गतेबाट खोल्ने निर्णय गरेको थियो । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ