अछाम ,२५ जेठ
जिल्ला आयुर्वेद स्वास्थ केन्द्र अछामले कोरोना बिशेष कार्यक्रम अन्तर्गत योग तथा तनाब व्यवस्थापनका साथसाथै रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक गुडुचि चुर्ण,अश्नगन्धा चुर्ण,अमलाकिचुर्ण , शिलाजित क्याप्सुल ,बितरण गरेको छ।
यस कार्यक्रम शुभारम्भ जेठ १५ गते जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी,प्रहरी नायब उपरीक्षक भवानी बक्स गणका प्रमुख सेनानी , समन्वय समितिका पदाधिकारी, मङ्गलसेन नगरपालिकाका पदाधिकारीका साथै कोरोना नियन्त्रण अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ३ दिने योग शिविर संचालन साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु बितरण गरी कार्यक्रमको शुभारम्भ गरेको थियो।
अछाम जिल्ला बाहिर तथा बिदेश बाट आएर क्वारेन्टाइनमा रहेकालाई लक्षित गरेर कार्यक्रमको संचालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका कार्यालय प्रमुख श्री गजेन्द्र प्रसाद कुशवाहाले बताउनु भयो।
अछामको मङ्गलसेन वडा न. ३ स्थित शिव निवास आधारभुत बिद्यालय, ज्ञान दिन आधारभुत बिधालय र वडा न . ६ समेत मालिका आधारभुत बिधालयमा १५७ जनालाई छुट्टाछुट्टै क्वारेन्टाइनमा ३ दिनका दरले योग तथा तनाव व्यवस्थापनका साथसाथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने औषधि बितरण गरेको र शारीरिक , मानसिक स्वास्थ्यमा सुधार आउने अपेक्षा लिएको र कोरोना नियन्त्रणमा आयुर्वेदिक चिकित्सा पद्धतिको महत्त्वपूर्ण भूमिका रहने अछाम जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका वैद्य श्री खडक बहादुर बमले बताउनु भयो । यो कार्यक्रम नियमित रुपमा अछामको विभिन्न क्वारेन्टाइनमा चलिरहेको छ।