संयुक्त अरब इमिरेट्स (यूएई)मा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित नेपालीको संख्या ११ पुगेको छ । यूएईको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ११ जना नेपालीमा कोरोनाको सङ्क्रण भएको पुष्टि गरेको हो
११ जना नेपालीमध्ये दुई जना यसअघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भैसकेका छन । बाँकी ९ जनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।
नेपाल यूएई सरकारसँग नियमित सम्पर्क भैरहेको र दूतावासले नेपालीहरुकोबारेमा जानकारी लिइरहेको पनि बताउनुभयो ।
यूएईमा कोरोनाबाट अहिलेसम्म १७ सय ९९ जना सङ्क्रमित भएका छन् । यसमध्ये १ सय ४४ जना निको भैसकेका छन भने १० जनाको ज्यान गएको छ ।
 
			 
 
    	 
			
 
 









 



 
                