✍️ डा. बिष्णु मुर्ति भट्टराई
गित :
‘शान्ति छाओस समृद्धि होस् मेरो गाउँ मेरो सहर
देश को लागि केहि होइन मेरो नाउ मेरो रहर
यो देश को लागि म परे रगत बगाउला
यो देश को लागि म परे रगत बगाउला’
एउटा देसभक्ति भावनाले ओतप्रोत गीत अतिनै कर्ण प्रिय स्वरमा बजारमा आएको छ। पेसाले चिकित्सक ड़ा . बिष्णु मुर्ति भट्टराईको राष्ट्रिय भाव भरिएका शब्दमा अति नै मेहनती संगीतकार पेसाले नेपाल प्रहरी दिपकराज बिस्वकर्माको लय भरिएको छ भने शब्द र लय लाई भरपुर्ण बनाएको छ । सुमधुर स्वरका धनि गायक राज सिग्देलको आवाजले ।
स्वीट मिउजीक किरियसनको अफ़िसियल युथट्यूव च्यानलबाट रिलिज गरिएको यस गीतले श्रोता दर्सकको मन जित्ने र देश प्रति को कर्तब्य बोध गराउनु को साथै युवा वर्गमा देशभक्तिको लागि उत्प्रेरणा थप्ने बिस्वास लिइएको छ।
आजको युवामा देश प्रतिको माया र देशको लागि के सम्म गर्न सक्छौ भन्ने कुराको कल्पना गरिएको यस गीतले युवामा उर्जा थप्ने र देशको लागि निस्वार्थ भै काम गर्ने र परि आएको खण्डमा देशको लागि ज्यान कै बाजी राख्न सक्ने सम्मको कुरा गरिएको छ। देशप्रतिको माया, आस्था र बिस्वासलाइ मिठो गीतमा बर्णन गरिएको छ।
यस गीतका श्रष्ठाहरु संग सम्पर्क गर्दा रचनाकार डा .भट्टराई , संगीतकार बिश्वकर्मा अनि गायक सिग्देल जिउ निकै नै उत्साहित र आशाबादी भएको पाइयो।
यो गीतको सफलताको लागि सुभकामना साथै आगामी दिनमा पनि यस्तै देसभक्ति भावानाले भरिएका सन्देशमुलक गीतहरु सुन्न पाईयोस।
अति राम्रो मन छुने गित !!!
यस्तै यस्तै राम्रा गितहरु बनाउनुस हजुरको जयहोस !!!
🇳🇵 जय नेपाल 🇳🇵