10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय

HNN Staff by HNN Staff
August 29, 2023
in Health
Reading Time: 3 mins read
A A
0
Cervical Cancer Awareness (पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय)

Cervical Cancer Awareness (पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय)

586
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
Dr Binod Aryal, gynaecologist
✍️ डा. बिनोद अर्याल
कन्सल्ट्यान्ट, गाईने अन्कोलोजिष्ट

महिलाहरूलाई हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ । दोस्रोमा स्तन क्यान्सररहेको छ । पहिले क्यान्सर नो एन्सर भन्ने गरिन्थ्यो । हुन पनि क्यान्सर लागे पनि ढिलो गरी उपचारमा जाने प्रचलन थियो । अहिले पनि क्यान्सरको सुरू अवस्थामै उपचारमा आउनेहरुको संख्या कम छ । धेरै बिरामी ढिलो गरी उपचारमा आउँदा क्यान्सरकै कारण ज्यान जाने गरेको छ । सुरुकै अवस्थामा उपचार गर्न सकिए क्यान्सर निको हुन्छ ।

यसै सन्दर्भमा महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबारे स्त्री तथा प्रसूति क्यान्सर रोग विशेषज्ञ डा. बिनोद अर्यालसँग नमराज भट्टले गरेको कुराकानीका आधारमा ।
पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ ?
पाठेघरको तल्लो भागलाई पाठेघरको मुख भनिन्छ । जसलाई अंग्रेजीमा सर्भिक्स भनिन्छ। यसको क्यान्सर भयो भने पाठेघरको मुखको क्यान्सर भनिन्छ ।
शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित रुपमा वृद्धि भयो भने त्यसलाई क्यान्सर भनिन्छ । पाठेघरको मुखको कोषिकाहरुको अनियन्त्रित वृद्धि भयो भने पाठेघरको मुखको क्यान्सर हुन्छ । जसलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ ।
पाठेघरको मुखको क्यान्सर कस्तो रोग हो ?
यो एक किसिमको यौन सम्पर्कबाट सर्ने सरुवा रोग हो । यस रोगको मूल कारक तत्वको रूपमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) लाई लिइन्छ । यो भाइरसको संक्रमण यौन सम्पर्क गरेपछि पुरुषबाट महिलामा सर्छ। यस भाइरसको पाठेघरको मुखमा संक्रमण भइसकेपछि त्यसले पाठेघरको मुखको कोषिकाहरुभित्र गएर परिवर्तन ल्याउँछ । यो भाइरस संक्रमण हुँदैमा क्यान्सर हुन्छ भन्ने होइन। यदी महिलाको शरिरको रोग सँग लड्न सक्ने क्षमता राम्रो छ भने यसले संक्रमणलाई रोक्छ र कोषिकाहरूको अनियन्त्रित बृद्धि हुन पाउँदैन। जसले क्यान्सर हुने सम्भावना कम हुन्छ। एचपीभीको बारम्बार संक्रमण भएको लामो समयपछि मात्र पाठेघरको मुखको क्यान्सर देखिन्छ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न के गर्ने ?
रोगबाट बच्न किशोरकिशोरीलाई यौन शिक्षा दिनुपर्छ । किशोरीलाई सुरक्षित यौन सम्पर्कको विधिहरु सिकाउनुपर्छ । किशोरकिशोरीलाई एचपीभीविरुद्ध भ्याक्सिन पनि सहज रूपमा उपलब्ध गराउनु पर्दछ । यौन सम्बन्ध राखिसकेका महिलाहरुले कुनै समस्या नदेखिए पनि नियमित रुपमा सर्भाइकल क्यान्सरको स्क्रीनिङ गर्ने जाँचहरु जस्तै : प्याप स्मेयर, एलबीसी तथा एचपीभी, डीएनए टेस्ट गर्नुपर्छ । यी जाँचहरुले पाठेघरको मुखमा रहेका क्यान्सर हुनुभन्दा अगाडिका परिवर्तहरु (प्रि-क्यान्सरस लिजन्स) लाई पत्ता लगाएर तुरुन्त उपचार गर्न मद्दत पुऱ्याउँछ । यो रोग लागेको पुष्टि गर्न पाठेघरको मुखका कोशिकाहरुको जाँच (सर्भाइकल बायोप्सी) गर्नुपर्दछ ।
* कस्ता महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुनेसम्भावना बढी हुन्छ ?
कलिलो उमेरमा यौन सम्पर्क गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चाहरु पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
धेरै जनासँग यौन सम्पर्क गर्ने वा यौन व्यवसायमा लागेका महिलाहरुमा पनि यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । महिलाले एउटै पार्टनरसँग यौन सम्बन्ध राखे पनि त्यही पार्टनरले अरु धेरै महिलासँग यौन सम्बन्ध राख्ब्य भने त्यस्तो मान्छेबाट एचपीभीको संक्रमण हुने सम्भावना बढी हुन्छ ।
धूमपान गर्ने, यौन सम्पर्कबाट सर्ने अरु रोगहरु लागेका र रोगसँग लड्ने क्षमता कम भएका महिलाहरुमा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
पाठेघरको मुखको क्यान्सर भएको कसरी थाहा पाउने ?
यस रोगको सुरुमा केही पनि लक्षणहरु नदेखिनसक्छ । धेरै जसोमा यो रोगका संकेतहरु देखिँदा रोग फैलिसकेको हुन्छ। त्यस्ता महिलाहरुमा यौनांगसम्बन्धी विभिन्न समस्याहरु देखिन सक्छन् ।
जस्तैः महिनावारी नभएको बेला पनि रक्तश्राव हुनु, यौन सम्पर्क गरिसकेपछि यौनांगबाट रगत बग्ने (पोस्ट कोइटल ब्लिडिङ), यौनांगबाट गन्हाउने पानी बग्ने, यौनांगबाट रगत मिसिएको पानी बग्ने, महिनावारी सुकिसकेका महिलाहरुमा फेरि रक्तश्राव हुने हुन्छ ।
यस्ता लक्षण देखिदैमा पाठेघरको मुखको क्यान्सर भएको भएको छ भन्ने होइन। तर, यी लक्षणहरु देखापरेमा तुरुन्त डाक्टरको सम्पर्कमा गएर जाँच गराउनु पर्दछ। यो रोग फैलदै जाँदा पिसाबको थैली वा दिसा गर्ने भागलाई पनि हुन सक्छ जसले गर्दा दिसा पिसाबसम्बन्धी समस्याहरु पनि देखिन सक्छ । जस्तै पिसाबमा रगत देखिने, यौनांगबाट दिसापिसाब चुहिने, दिसा गर्न गाह्रो हुने र दिसा गर्दा रगत बग्ने हुन्छ । यो रोग जटिल बन्दै गएपछि तौल घट्दै जाने तथा खानामा रुचि कम हुने जस्ता लक्षणहरु पनि देखिन्छन।
* पाठेघरको मुखको क्यान्सरको उपचार के हो ?
पाठेघरको मुखको क्यान्सर ४ वटा चरणहरू हुन्छन।  पहिलो चरणमा यो रोग पाठेघरको मुखमै सीमित हुन्छ । यो रोग नजिकैका अरु अंगहरुतिर क्रमशः फैलिदै जान्छ र सोही रुपमा यस रोगको चरण पनि बढ्दै जान्छ । यो रोगको धेरैजसो चरणहरूमा रेडियो थेरापीले काम गर्दछ । यस रोगको पहिलो र दोस्रो चरणको पनि
सुरुमा पाठेघरको क्यान्सरसम्बन्धी शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर फैलिसकेको अबस्थामा शल्यक्रिया गरेर मात्र पुग्दैन र यसको उपचारको लागि किमोरेडियोथेरापी पनि चाहिन्छ ।
[डा. अर्याल हाल हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल र ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टरमा‌ कार्यरत हुनुहुन्छ।]
Tags: Caevical cancerCancerDr Binod AryalWomen's Health
SummarizeShare235ScanTweet146

Related articles

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

by Nam Raj Bhatta
November 27, 2024
0

काठमाडौं, १२ मंसिर २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने कारणले आउँदो पौष ११ र...

2. TB Communicable Disease

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

by HNN Staff
June 12, 2024
0

TB is an infectious disease caused by the bacillus Mycobacterium tuberculosis. It particularly affects the lungs (pulmonary TB) but can affect other sites as well (extra pulmonary TB)....

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    625 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    608 shares
    Share 243 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    596 shares
    Share 238 Tweet 149

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
  • धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.