डा. उस्पल बहादुर बज्राचार्य
कन्सल्टेन्ट यूरोलोजिष्ट,
मनमोहन मेमोरियल टिचिङ हस्पिटल स्वयम्भू
कुनैपनि मानिसमा बिहानको पिसाब पहेंलो हुने धेरै कारणले हुन सक्छ। पिसाब धेरै समय रोकेर राख्नाले पिसाब पहेँलो हुन्छ। कसै -कसैलाई पानी पिएर सुत्ने बानी हुन्छ, कसैले पिउदैन तिनीहरुको पनि पहेँलो रङको पिसाब नै हुन्छ।
मानिसमा हुनुपर्ने खास सेतो रङको पिसाब हो। मानिसको शरीरमा पानीको मात्रा कस्तो छ भन्ने कुरामा भर पर्छ।मानिसले धेरै पानी समय समयमा पिउछ भने सेतो रंगको पिसाब हुन्छ। बिहान पिसाब जादा पहेँलो मात्रै भइहन्छ भने त्यो संक्रमणको कारणले हुन सक्छ।कुनैमा जण्डिसको कारणले पनि पहेँलो रङको पिसाब हुन्छ।
तर जन्डिस रोग लाग्दा बिहानको समयमा मात्रै पहेँलो पिसाब हुँदैन अरु बेला नि हुन्छ। मानिसलाई जनचेतना हुनु आवश्यक छ। मानिसले समय समयमा पानी खानुपर्छ। पिसाबलाई रोक्ने प्रबृत्ति हटाउनुपर्छ।पिसाब लाग्न साथ पिसाब गरिहाल्नुपर्छ। पिसाब पहेँलो हुँदैमा आतिहाल्नु पर्ने अवस्था हुँदैन । पिसाब सङ्गै कुनै मानिसलाई अरु समस्याको लक्षणहरु हुन सक्छन् ।
जस्तो पिसाब पोल्ने , पिसाबमा रगत देखापर्ने , पिसाब फेर्न गाह्रो हुने , पिसाब फेरेपछी पोलेको अनुभव हुने, पिसाब छिटोछिटो जानुपर्ने यस्ता समस्या आउछन् भने त्यो प्रोस्टेटको कारणले हो।
प्रोस्टेट महिलाहरुमा हुदैन केवल पुरुषमा मात्रै हुन्छ। यो अवस्थामा पनि आतिनु पर्ने नि बाध्यता हुन्छ। पुरुषहरुमा प्रोस्टेटको कारणले यस्ता लक्षणहरु देखापर्छ्न। त्यसकारण कुनै औषधि वा खानेकुराले पिसाब पहेँलो हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था छैन।

डा. उस्पल बहादुर बज्राचार्य











