आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

सरकार अध्यादेश त ल्यायौ तर स्वास्थ्यकर्मीको सुरक्षा खोई ??

Nam Raj Bhatta by Nam Raj Bhatta
May 28, 2021
in Health
A A
2
Data Ram Adhikari

Data Ram Adhikari

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

दाता राम अधिकारी

बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमण, नेपालमा पनि तिब्र रुपमा बढ्दै गरेको र विश्वमा नै टेस्ट पोजेटिभ दर तथा मृत्यु दर उच्च भएको परिवेशलाइ मध्यनजर गरि नेपाल सरकारले मिति २०७८/०२/०६ गते “कोभिड-१९ संकट ब्यबस्थापन अध्यादेश २०७८” पारित गर्यो ।

अध्यादेशले अहिलेको महामारी तत्कालै नियन्त्रण गर्न सकिन्छ भन्ने हेतुका साथ स्वास्थ्यकर्मी भन्दा पनि प्रशासनका कर्मचारी, नेपाल आर्मी र प्रहरीलाई बढी जिम्मेवारी र प्राथमिकता दिने गरि कुनै इपिडिमीयोलोजिकल इन्टरर्भेन्सन पद्दति बिना नै सिर्फ उपचारात्मक सेवालाई मात्र प्राथामिकता दिने बिषय समेटी पारित गरेको पाइन्छ भने रोकथामको बिषय भनेकै प्रशासन, आर्मी र प्रहरी लगाई लक डाउन गरि मानिसलाइ कारवाही गर्ने उदेश्य राखिएको छ । सबै स्थानीय निकायका साना-साना बस्ति सम्म कस्ता किसिमका जनस्वास्थ्य कार्यक्रम गरेर रोग रोकथाम र नियन्त्रण गर्न सकिन्छ र मानब संसाधन कसरि ब्यबस्थापन गर्ने भन्ने समेत आंकलन गरिएको छैन ।

उक्त अध्यादेशको परिच्छेद -५ मा कसुर तथा सजाय सम्बन्धि ब्यबस्था गरिएको छ । अध्यादेशको दफा १९ (१) मा कसैले यो अध्यादेश बमोजिमको कुनै काम गर्न बाधा अबरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पांच लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने उल्लेख गरिएको छ भने सोहि दफाको उपदफा २ मा कसैले यो अध्यादेश बमोजिम जारि भएको मापदण्डको पालना नगरेमा छ महिनासम्म कैद वा तीन लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने ब्यबस्था गरिएको छ । यी माथि उल्लेखित कसुर र सजाय केवल स्वास्थ संस्थाले काम नगरेमा वा कर्मचारी उपलब्ध नगराएमा वा स्वास्थ्यकर्मीले भनेबमोजिम काम नगरेमा वा खरिद प्रकरणमा कसैले बाधा ब्यबधान गरेमा तथा कालोबजारी गरेमा मात्र लागु हुने देखिन्छ । अझ वास्तबमा भन्नु पर्दा कसरि हुन्छ स्वास्थ्यकर्मीलाई नै ठेगान लगाउन खोजिएको देखिन्छ । काम गर्नलाई खासै कुनै उत्प्रेरणा र हौसला हुने गरि पेशागत सुरक्षाको कुनै प्रत्याभूति गरिएको देखिदैन ।

अध्यादेशको दफा २१ मा जरिवाना गर्न सक्ने र सोहि दफाको उपदफा १ मा अध्यादेश बमोजिम दिएको आदेश उल्लङ्घन गरेमा प्रमुख जिल्ला अधिकारीले तत्काल कुनै व्यक्तिले उल्लङ्घन गरेमा एक लाख, कुनै सस्थाले गरेमा पांच लाख जरिवाना गर्ने उल्लेख छ । उप दफा २ मा मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय, आवतजावत उल्लङ्घन गरेमा पटकैपिच्छे दुई सय, र सवारी साधन आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति बिना वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधनलाई दुई हजार रुपैया र अन्यलाइ पांच हजार जरिवाना गर्ने ब्यबस्था गरेको छ । जुन लागु भए पच्चात अहिले अनावश्यक सवारी साधन चलेका छैनन् ।

तर, सोहि अध्यादेशको दफा ३१ मा स्वास्थ्यकर्मीको सुरक्षा ब्यबस्था गरीए बमोजिम कसैले कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको काममा कार्यरत स्वास्थ्यकर्मीलाई दुर्ब्यबहार गरेमा, हातपात गरेमा वा स्वास्थ्य संस्था तोडफोड गरेमा त्यस्तो व्यक्तिलाई प्रचलित कानून बमोजिम सजाय हुनेछ भन्ने उल्लेख गरिएको छ तर यो कानून बमोजिम कारबाही गर्ने भन्ने कानुनमै सिमित छ । कोभिड-१९ को पहिलो लहरमा समाचारमै आएका सय जना भन्दा बढी स्वास्थ्यकर्मी माथि विभिन्न स्थान र स्वास्थ्य सस्थामा नै सांघातिक हमाला र हातपात भए तर कसैलाइ पनि कडा कारबाही गरिएको भेटिएन । अन्य अवस्थामा पनि दोषीलाई कडा कारवाही नगरेको कारण चिकित्सक तथा स्वास्थ्यकर्मीले सदा “जेल विथआउट बेल” को आवाज उठाउदै आएका छन् र पनि सरकार अझै कानमा तेल हाली बसेको छ भने यो अध्यादेशले पनि स्वास्थ्यकर्मीको सुरक्षामा कुनै प्रत्याभूति गर्न सकेन ।

यदि यो अध्यादेशमा बिना बर्दीमा कोभिड रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाइ अनायासै हातपात गरे, सांघातिक हमला गर्ने, ज्यान लिने सम्मका हर्कत गर्ने वा स्वास्थ्य सस्था तोडफोड गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने व्यवस्था गरेको भए आज भेरी अस्पतालमा आफ्नो र आफ्नो परिवारको ख्याल नगरी बिरामीको उपचारमा अहोरात्र खटिएका चिकित्सक, नर्स र स्वास्थाकर्मी माथि हमला हुने थिएन । बिराट अस्पतालमा पनि स्वास्थकर्मी सांघातिक हमलामा पर्ने थिएनन् र रौतहटमा प्रहरीबाट नै चिकित्सक अपहरण शैलीमा थुनिनु पर्ने थिएन। यस्ता शृंखलाबद्ध जघन्य घटनाले देशै भरका स्वास्थ्यकर्मीहरुमा तरंग छाएको छ र आदि कारवाही नगरेमा जस्तो सुकै कदम उठाउन स्वास्थाकर्मीहरु एकबद्ध छन् भन्ने संदेश स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ संगठनहरुको बिज्ञप्तीले प्रस्ट पारेको छ ।

केही दिन अघि मात्र महामारी नियन्त्रण गर्न आवश्यक ठानी अध्यादेश त ल्याईयो तर रोकथाम, नियन्त्रण, निदान र उपचारमा खटिने स्वास्थाकर्मिको पेशागत सुरक्षा र मनोबल उच्च पार्ने बिषय खोई सरकार ? यदि स्वास्थ्यकर्मीको पेशागत सुरक्षाको प्रत्याभूतिका गर्न जतिसक्दो छिटो छुटै कानूनी ब्यबस्था नगर्ने, मनोबल उच्च पार्ने उत्प्रेरणाका कार्यक्रम तत्काल नल्याउने र दोषीलाई कडा कारबाही नगर्ने हो भने सम्पूर्ण स्वास्थकर्मी सेवा छोडी आन्दोलनमा उत्रनुको विकल्प हुने छैन ।‌

[लेखक: अधिकारी हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष‌ हुन।]

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Data Ram Adhikari
Nisarga hospital Dhangadhi
Previous Post

तौल घटाउने ८ टिप्सहरु जानी राखौं

Next Post

स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कडा कारबाही गर्नुपर्छ: चिकित्सक संघ धनगढी

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
810
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

6 months ago
904
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

11 months ago
969
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

11 months ago
803
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

12 months ago
788
डा. गोबिन्द केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
Health

‘सरकारले तिन साता भित्र माग पुरा नगरे डा. केसीले दिए सत्याग्रह गर्ने चेतावनी’

1 year ago
776
Next Post
स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कडा कारबाही गर्नुपर्छ: चिकित्सक संघ धनगढी

स्वास्थ्यकर्मीमाथिको आक्रमण गर्नेलाई कडा कारबाही गर्नुपर्छ: चिकित्सक संघ धनगढी

Comments 2

  1. Pingback: सरकारले खोप लगाउन बाँकी रहेकालाई निशुल्क दिइने काठमाडौं, १५ जेठ २०७८ • Health News Nepal
  2. Pingback: वृद्ध भत्ता ४ हजार रुपैयाँ पुर्‍याइयो • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,012)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.