आज मिति : २०८२ माघ ११
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

स्कुल अफ डेमोक्रेसी संस्था द्वारा जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर

Nam Raj Bhatta by Nam Raj Bhatta
September 8, 2020
in Health
A A
0
स्कुल अफ डेमोक्रेसी संस्था द्वारा जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

जनकपुर ,२३ भाद्र २०७७

स्कुल अफ डेमोक्रेसी नामक संस्थाले जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कोरोना महामारीमा सर्वसाधारणलाई उपचार गराउन कठिन भइरहेको बेला स्कुल अफ डेमोक्रेसीको कोभिड–१९ क्विक रेस्पोन्स टीमले शनिबार जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

जनकपुरधाम उपमहानगरपालिका–१ मुसहरी टोलमा सञ्चालन गरिएको शिविरमा १४७ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएको स्कुल अफ डेमोक्रेसीका सदस्य राकेश विक्रम साहले जानकारी दिए।

received 893161191092645कोरोना महामारीका कारण सामान्य बिरामीहरूले समेत अस्पतालमा उपचार पाउन कठिनाइको सामना गर्नु परेकोले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको साहले बताए। मुसहरीमा अधिकांश दलित समुदायको बसोबास रहेकोले उनीहरूलाई लक्षित गरेर शिविर सञ्चालन भएको उनको भनाइ छ।

received 365925938132172शिविरमा स्वास्थ्य परीक्षण गराउन आएकाहरूलाई निःशुल्क औषधि, प्याथोलोजि जाँच तथा चिकित्सकीय परामर्श दिइएको स्कुल अफ डेमोक्रेसीका अर्का सदस्य दीपक ठाकुरले जानकारी दिए।

शिविरमा डा. शरद यादव, डा. विपिन यादव, डा. अभिजित साह, डा. सज्जन ठाकुर, डा. मनिषा भारद्वाज, डा. विकासकुमार साह, डा. सन्तोष साह, डा. विजयकुमार साहलगायतका चिकित्सकहरूले स्वास्थ्य परीक्षण गरेका छन्।

received 3378315628928814कोरोना महामारीमा सर्वसाधारणलाई सहयोग गर्न स्कुल अफ डेमोक्रेसीको क्विक रेस्पोन्स टीमले सर्वसाधारणलाई एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै समस्या परेकोबेला निःशुल्क परामर्श, उपचार गराउँदै आइरहेको छ।

स्कुल अफ डेमोक्रेसीलाई कोभिड संकटमा सर्वसाधारणलाई सहयोग गर्न नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले ५० हजार नगद सहयोग गरेका छन्। यसैगरी जनकपुरस्थित लायन्स क्लबले मास्क, सेनिटाइजर, पिपिईलगायतका सुरक्षा सामग्री उपलब्ध गराएको छ।

आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानद्वारा रक्तदान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले सञ्चालन गरेको आपतकालीन निःशुल्क स्वास्थ्य शिविर अभियानले रक्तदान कार्यक्रम गरेको छ।

received 441406676797206रेडक्रस धनुषामा देखिएको रगत अभावलाई मध्यनजर गरी वडाध्यक्ष जानकीराम साहको पहलमा सञ्चालन भएको अभियानले रक्तदान कार्यक्रम गरेको हो। कोरोना महामारीबीच आवश्यक्ता परेको बिरामीलाई रगत अभाव हुननदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष साहले बताए।

कार्यक्रममा महिला तथा पुरुष गरी ५० भन्दा बढी स्थानीयले रक्तदान गरेको उनले बताए।

Tags: Corona Virus #Covid19Dental HealthDr.Sajjan thakurHealth camp In janakpurdham
Previous Post

नेपालमा थप ९७९ जनामा कोरोनाको पुष्टि, कल संख्या ४७ हजार २३६ #Covid19

Next Post

कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वस्थ्यमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु बारे

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

2 months ago
1.6k
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

10 months ago
1.7k
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
1.7k
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

2 years ago
1.9k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
1.6k
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

2 years ago
1.6k
Next Post
Helping Children Prosper and Be happy

कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वस्थ्यमा पारेको प्रभाव र न्यूनीकरणका उपायहरु बारे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,417)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...