
सिनियर फेमली फिजिसियन
जनचेतना फैलाउने हेतुले हरेक वर्ष नोभेम्बर १४ दिन विश्व डाइबिटिज दिवस मनाउछौ। अहिले मधुमेह वा डाइबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ। त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार तथा रोकथाम गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरु बाट मुक्त हुन सकिन्छ।
रगतमा चिनी वा सुगरको मात्रा समान्य भन्दा बढी हुने अवस्थालाई बुझिन्छ। शरीरमा प्यान्क्रियाजले उत्पादन गर्ने रस, इन्सुलिनको उत्पादनमा कमी भएर वा काममा कमी आएर रगतमा सुगरको मात्रा अत्यधिक हुनुलाई नै बोलीचालीको भाषामा डाइबिटिज वा मधुमेह भन्ने गरिन्छ। नेपालमा विभिन्न अध्ययन अनुसार मधुमेहका बिरामीको ८ देखि १८ प्रतिशत सम्म देखिएको छ र हरेक साल यो बढ्दो क्रममा छ।

मधुमेहका प्रकारहरु :
१) Type 1 Diabetes mellitus
# शरीरमा इन्सुलिनको उत्पादन नै नभएर हुने मधुमेह हो। यो बच्चाको अवस्थाबाट शुरु हुन्छ। उपचारको लागि कृतिम इन्सुलिनको इन्जेक्सन लगाउनु पर्ने हुन्छ।
२) Type 2 Diabetes mellitus
# शरीरमा इन्सुलिनको उत्पादन हुने तर जेनेटिक र मोटोपनाको कारणले काम गर्न नसक्ने अवस्था Type 2 डाइबिटिज हो। यो समान्यतया ३५ वर्ष नाघेका मानिसहरुमा देखिन्छ र कालान्तरमा इन्सुलिनको आवश्यकता कसै कसैलाई परेमा पनि शुरुमा खानपिन, व्यायाम र औषधिले यसलाई नियन्त्रण गर्न सकिन्छ।
३) Gestetational Diabetes
# यो गर्भवती महिलाहरूमा सालबाट निस्केको हर्मोनका कारण इन्सुलिनको काममा कमी भई सुगर बढ्ने अवस्था हो।
४) Other Type
# १ देखि २ प्रतिशत मात्र सुगरका बिरामीहरु अन्य प्रकारका मधुमेह रोगी हुन्छन्।

मधुमेहका कारणहरु:
- नियमित व्यायामको कमी।
- अस्वस्थ खानपान।
- आलस्यता।
- उच्च रक्तचाप।
- उच्च कोलेस्टेरोल।
- मोटोपन।
- गर्भावस्था।
- वंशानुगत।
मधुमेहका लक्षणहरू
- भोक बढी, तिर्खा र पिसाब लाग्नु।
- शरीरको तौल घट्नु।
- आलस्यता महसुस हुनु।
- दृष्टि धमिलो हुनु।
- अनियन्त्रित भएमा शरीरका अंगमा देखिने असरहरू देखिन्छ।
मधुमेह रोगको निदान
- खाली पेटमा सुगर ।(८ घण्टा है कार्बोहाइड्रेट नखाएको अवस्था Fasting 126 mg/ dL भन्दा बढी )
- खाना खाएको २ घण्टा पछिको सुगर ( postprantial) 200 mg/ dL वा बढी )
- जुनसुकै अवस्थाको सुगर ( RBS) 200 mg/ dL वा बढी र लक्षणहरू सहित )
- HbA1c : 6.5 वा बढी

मधुमेह रोगका बिरामीले गर्ने नियमित जाँचहरु
- रगतमा सुगरको मात्रा
- HbA1c
- लिपिड प्रोफाइल ( रगतमा चिल्लो पदार्थ/बोसोको जाँच)
- ECG ( मुटुको धड्कनको जाँच)
- RFT ( मृगौलाको परीक्षण)
- आँखाको परीक्षण
- रक्तचाप परीक्षण
मधुमेह रोगका असरहरू
लामो समय मधुमेहको उपचार नगराई शरीरमा अनियन्त्रित सुगर भएमा निम्न असरहरू देखिन सक्छन्।
- आँखा: आखाँको पर्दाको रोग, जलबिन्दु र मोतिबिन्दु
- मृगौला: मृगौलाको रोग( Diabetic nephropathy), मृगौलाको काममा कमी
- मुटु: मुटुको काममा कमी, हृदयघात
- मस्तिष्क: मस्तिष्कघात ( Stroke)
- रगतका नलीहरुमा हुने रोग
- नशाहरुको रोग
- खुट्टामा घाऊ
- यौन समस्या
मधुमेहको नियन्त्रण
- नियमित व्यायाम कम्तीमा हप्ताको १५० मिनेट मुटुको धड्कन बढ्ने गरी कसरत वा हिड्डुल गर्ने।
- खानपानको व्यवस्थापन ( साग, सब्जी, सलाद र कम गुलियो हुने खालका फलफूल प्रशस्त खाने।)
- औषधि उपचार ( मेटफर्मिन, इन्सुलिन, सल्फोनाइल, युरिया, DPP-4, Inhibitors, GLP -1 Antagonist, SGLT2 Inhibitors, इत्यादि )
- नियमित स्वास्थ्य जाँच तथा स्याहार
- निन्द्रा पुरा पुर्याउने
- नियमित आँखाको जाँच, रक्तचाप, रगत र पिसाबको जाँच गराउने।
मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा – डा भोज राज अधिकारी #diabetes
Dr. Prince Suvas Bhandari ; Urologist and Andrologist in Janakpur, Nepal