आज मिति : २०७९ चैत्र १४
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

मधुमेह र यसका नियन्त्रणका उपायहरु #Diabetes

HNN Staff by HNN Staff
November 14, 2022
in Health, Disease
A A
0
✍️ डा. सतिश निरौला सिनियर फेमली फिजिसियन dr satish niraula senior family physician

✍️ डा. सतिश निरौला सिनियर फेमली फिजिसियन

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
✍️ डा. सतिश निरौलासिनियर फेमली फिजिसियन dr satish niraula senior family physician
✍️ डा. सतिश निरौला
सिनियर फेमली फिजिसियन

जनचेतना फैलाउने हेतुले हरेक वर्ष नोभेम्बर १४ दिन विश्व डाइबिटिज दिवस मनाउछौ। अहिले मधुमेह वा डाइबिटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ। त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार तथा रोकथाम गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरु बाट मुक्त हुन सकिन्छ।

रगतमा चिनी वा सुगरको मात्रा समान्य भन्दा बढी हुने अवस्थालाई बुझिन्छ। शरीरमा प्यान्क्रियाजले उत्पादन गर्ने रस, इन्सुलिनको उत्पादनमा कमी भएर वा काममा कमी आएर रगतमा सुगरको मात्रा अत्यधिक हुनुलाई नै बोलीचालीको भाषामा डाइबिटिज वा मधुमेह भन्ने गरिन्छ। नेपालमा विभिन्न अध्ययन अनुसार मधुमेहका बिरामीको ८ देखि १८ प्रतिशत सम्म देखिएको छ र हरेक साल यो बढ्दो क्रममा छ।

मधुमेह र यसका नियन्त्रणका उपायहरु #diabetes symptoms and control
मधुमेह र यसका नियन्त्रणका उपायहरु #diabetes symptoms and control

मधुमेहका प्रकारहरु :

१) Type 1 Diabetes mellitus
# शरीरमा इन्सुलिनको उत्पादन नै नभएर हुने मधुमेह हो।‌ यो बच्चाको अवस्थाबाट शुरु हुन्छ।‌ उपचारको लागि कृतिम इन्सुलिनको इन्जेक्सन लगाउनु पर्ने हुन्छ।

२) Type 2 Diabetes mellitus
# शरीरमा इन्सुलिनको उत्पादन हुने तर जेनेटिक र मोटोपनाको कारणले काम गर्न नसक्ने अवस्था Type 2 डाइबिटिज हो। यो समान्यतया ३५ वर्ष नाघेका मानिसहरुमा देखिन्छ र कालान्तरमा इन्सुलिनको आवश्यकता कसै कसैलाई परेमा पनि शुरुमा खानपिन, व्यायाम र औषधिले यसलाई नियन्त्रण गर्न सकिन्छ।

३) Gestetational Diabetes
# यो गर्भवती महिलाहरूमा सालबाट निस्केको हर्मोनका कारण इन्सुलिनको काममा कमी भई सुगर बढ्ने अवस्था हो।

४) Other Type
# १ देखि २ प्रतिशत मात्र सुगरका बिरामीहरु अन्य प्रकारका मधुमेह रोगी हुन्छन्।

मधुमेहका बिरामीले कस्तो खाना खाने? #diabetesproper food for diabetes patients
मधुमेहका बिरामीले कस्तो खाना खाने? #diabetes proper food for diabetes patients

मधुमेहका कारणहरु:

  1. नियमित व्यायामको कमी।
  2. अस्वस्थ खानपान।
  3. आलस्यता।
  4. उच्च रक्तचाप।
  5. उच्च कोलेस्टेरोल।
  6. मोटोपन।
  7. गर्भावस्था।
  8. वंशानुगत।

मधुमेहका लक्षणहरू

  1. भोक बढी, तिर्खा र पिसाब लाग्नु।
  2. शरीरको तौल घट्नु।
  3. आलस्यता महसुस हुनु।
  4. दृष्टि धमिलो हुनु।
  5. अनियन्त्रित भएमा शरीरका अंगमा देखिने असरहरू देखिन्छ।

मधुमेह रोगको निदान

  1. खाली पेटमा सुगर ।(८ घण्टा है कार्बोहाइड्रेट नखाएको अवस्था Fasting 126 mg/ dL भन्दा बढी )
  2. खाना खाएको २ घण्टा पछिको सुगर ( postprantial) 200 mg/ dL वा बढी )
  3. जुनसुकै अवस्थाको सुगर ( RBS) 200 mg/ dL वा बढी र लक्षणहरू सहित )
  4. HbA1c : 6.5 वा बढी
सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं) mango and diabetes patient health news nepal
सुगरका बिरामीले आँप खादा हुन्छ कि हुँदैन? (जानी राखौं) mango and diabetes patient health news nepal

मधुमेह रोगका बिरामीले गर्ने नियमित जाँचहरु

  1. रगतमा सुगरको मात्रा
  2. HbA1c
  3. लिपिड प्रोफाइल ( रगतमा चिल्लो पदार्थ/बोसोको जाँच)
  4. ECG ( मुटुको धड्कनको जाँच)
  5. RFT ( मृगौलाको परीक्षण)
  6. आँखाको परीक्षण
  7. रक्तचाप परीक्षण

मधुमेह रोगका असरहरू

लामो समय मधुमेहको उपचार नगराई शरीरमा अनियन्त्रित सुगर भएमा निम्न असरहरू देखिन सक्छन्।

  • आँखा: आखाँको पर्दाको रोग, जलबिन्दु र मोतिबिन्दु
  • मृगौला: मृगौलाको रोग( Diabetic nephropathy), मृगौलाको काममा‌ कमी
  • मुटु: मुटुको काममा कमी, हृदयघात
  • मस्तिष्क: मस्तिष्कघात ( Stroke)
  • रगतका नलीहरुमा हुने रोग
  • नशाहरुको रोग
  • खुट्टामा घाऊ
  • यौन समस्या

मधुमेहको नियन्त्रण

  • नियमित व्यायाम कम्तीमा हप्ताको १५० मिनेट मुटुको धड्कन बढ्ने गरी कसरत वा हिड्डुल गर्ने।
  • खानपानको व्यवस्थापन ( साग, सब्जी, सलाद र कम गुलियो हुने खालका फलफूल प्रशस्त खाने।)
  • औषधि उपचार ( मेटफर्मिन, इन्सुलिन, सल्फोनाइल, युरिया, DPP-4, Inhibitors, GLP -1 Antagonist, SGLT2 Inhibitors, इत्यादि )
  • नियमित स्वास्थ्य जाँच तथा स्याहार
  • निन्द्रा पुरा पुर्याउने
  • नियमित आँखाको जाँच, रक्तचाप, रगत र पिसाबको जाँच गराउने।

मधुमेह सम्बन्धि जान्नैपर्ने १५ कुरा – डा भोज राज अधिकारी #diabetes

Tags: Blood PressureDiabetesDr. Satish Niraula
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सरकारी प्रयोगशालाकर्मी संघको अध्यक्षमा गुप्ता र महासचिवमा शर्मा #Laboratory

Next Post

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण #Alkahospital

Related articles

Rabindra sameer’s ‘corona tantra’ in market
Disease

Rabindra Sameer’s ‘Corona Tantra’ in market

6 days ago
471
Healthy pregnancy tips
Health

गर्भवती महिलाले के खाने के नखाने? जानी राखौं #HealthyPregnancy #Facts

4 weeks ago
471
Nepali khana thaali set
Nutrition

स्वास्थ्य र जीवनशैली दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली #DaalBhatTarkari #NepaliThaali

2 months ago
471
Fruits for healthy winter
Health

🍎🍐🥬 Healthy fruits to eat during winter season #WinterHealth

3 months ago
471
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

5 months ago
471
Dengue fever treatment
Articles

डेङ्गु र आयुर्वेद उपचार #DengueFever #Ayurveda

7 months ago
471
Next Post
अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण #alkahospital

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण #Alkahospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Dadura awareness message Sudurpaschim
Godawari Municipality Kailali Health Offering
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...