Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोना संक्रमितका अनुभव र सुझाव #CovidExperience

HNN Staff by HNN Staff
May 14, 2021
in News
Reading Time: 2 mins read
A A
1
Corona Experience Ramesh Bhatta Yeti Health

Corona Experience Ramesh Bhatta Yeti Health

758
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

आज कोरोना भाइरसको संक्रमणबाट जितिएको दिन, मन त कपास जस्तै हलुङ्गो हुदोरहेछ, खुशि त कति-कति। सायद सबै संक्रमितहरुलाई यस्तै हुन्छ होला कोरोनाको संक्रमणवाट मुक्ति पाउँदा।

गत वर्षको संक्रमणबाट त हामी सवै जोगिन सफल भएका थियौं, त्यसैले यो वर्ष पनि संक्रमण नहोस भनेर निकै सजक थियौं। सकेसम्म भिडभाडमा, भेला- जमघाटमा गएको पनि थिएन। बाटोमा, आफिसमा माक्सको पनि उपयुक्त प्रयोग गरेकै थिए। यति गर्दा-गर्दै पनि दुर्भाग्यवस यसपटक परिवारका सबैजना कोरोना भाइरसबाट संक्रमित भईयो।

पूरै परिवार संक्रमित हुँदाको अवस्थामा हुने संक्रमणको पीडा त हुँदैछ, त्योभन्दा पनि झन मानसिक पीडा र त्रास पनि हुदो रहेछ। संक्रमणका लक्षणहरु पनि व्यक्ति पिच्छे फरक- फरक देखा परे, रुघा, खोकि, जिउ थाक्ने र जिउ दुख्ने बाहेक अन्य लक्षणहरु प्राय सबैलाई अलग-अलग नै थिए । कसैको शरीरमा एलर्जी देखा पर्यो, कसैको आखाको गेडि दुख्ने, कसैलाई सुख्खा खोकी, ज्वरो, टाउको अनि जिउ बेस्सरी दुख्ने, असाध्यै थकान तथा कमजोरी महशुस हुने इत्यादि।

सबैभन्दा गाह्रो त तव अनुभव भयो, जब परिवारको कान्छो सदस्य, १८ महिने सानो बाबुले पनि यि समस्याहरू भोग्नुपर्यो। मनमनै सोच्थ्ये ठूलो मानिसले त आफ्ना पिडा पोख्न सक्छन र त्यहि अनुसारको विकल्प र समाधानको उपाय खोज्न सक्छन। यस्तो सानो बच्चाको भोगाइ र समस्या कसरी बुझ्ने, शरीरमा कति पिडा हुदैछ कसरी थाहा पाउने। यो अनउत्तरित प्रश्नले सधैं व्यक्तिगत पिडा झन-झन थपिरहन्थ्यो।

संक्रमणको केहि दिन पश्चात,  श्रीमतिलाई असहज हुदै गयो, निरन्तर ज्वरो,  सुख्खा खोकि,  असहय शरिरको दुखाइ र शरिरमा देखिएको अक्सिजनको कमिले तुरुन्त अस्पताल जानुपर्ने अवस्था  देखियो। जान-त जाने तर कहाँ जाने। सरकारी तथा प्राइभेट अस्पतालमा आफुले चिनेका साथि-भाईलाई सहयोगको लागि गुहारे, तर कतैबाट पनि सहज उत्तर पाइएन। अन्तमा एकजना डाक्टरको सहयोगले ह्याम्स अस्पतालमा जाँच गर्न लगियो। मनमनै सोचे, म काठमाण्डौमा बस्ने व्यक्तिलाई त स्वास्थ सेवाको पहुुँच यस्तो छ भने दुर-दराजका विरामीले त झन् के-कस्तो सेवा पाउलान् र कति सहजता संग पाउलान्, यो त सोचनिय नै छ।

संक्रमणका क्रममा घरमा वस्दा यु-ट्युबमा हास्यव्यङ्ग्य भिडियो हेर्ने, पारिवारिक गफ,  वच्चाहरूसंग खेल्ने साथै शुभ-चिन्तकहरुसंग फोनमा कुरा गरेर साथै, मन शान्त गर्ने क्रियाकलापहरु गरेर लगभग दुई हप्ता जति समय घरमै विताईयो। परिवारमा सबैजना संक्रमित भएकोले, आफूलाई स्वाद अनुकुलको खाना पकाउने काम पनि आफैले गरे। खानामा सकेसम्म विभिन्न मसला जस्तै; दालचिनी, तेजपत्ता, जिरा, धनिया,  मरिच,  टिमुर,  ज्वानो, अधुवा, लसुनको प्रयोग नियमित रुपमा गरे। यस्ता मसलाहरुको प्रयोग गेडा-गुडीको झोल, दाल वा अन्य झोल बनाउने क्रममा प्रयोग गरे। सकेसम्म दिनमा ६-७ पटक कागति चिया, गुर्जो पानि, जडिबुटी युक्त चिया र तातो पानी नियमित रुपमा खायौं र बिहान- वेलुका बाफ पनि लियौं। यसको साथै बिहान शारीरिक व्यायाम, अनुलोम-विलोम लगायत अन्य श्वासप्रस्वास सम्वन्धि योग अभ्यास पनि निरन्तर गर्यौं।

केहि दिनको अनुशासित जिवनशैली तथा दृढ आत्मविश्वासका कारण क्रमिक रुपमा सबैमा सुधार  आयो र लगभग १० दिनपछि प्राय धेरै लक्षणहरु हराएर गए। तर सुख्खा खोकि, शारीरिक थकान, झुम्म हुने लक्षणहरु हालसम्म पनि यथावत नै छन्। बेलैमा अपनाएको सतर्कता र शुभचिन्तकहरुको सलाह र सहयोगले संक्रमणबाट चाडै मुक्त्त हुन सहज भयो।

हाल आफ्नै वरपर र आफुले चिनेका थुप्रै व्याक्तिहरु यो संक्रमणबाट प्रभावित भइरहदा, आफुले भोगेका असरहरु र अपनाएका सर्तकता र विधिहरु प्रस्तुत गर्दा, अरुलाई केहि सहजता हुनसक्छ भन्ने कुरालाई विचार गर्दै, केहि बुँदाहरु प्रकाश पारेको छु।

  • आफुमा संक्रमण भएका लक्षणहरु देखिए वा महसुश गरे (मुख्यगरि सुख्खा खोकि, रुघा-खोकि ज्वरो, जिउ बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, पखाला लागने, छालामा एलर्जी आउने, घांँटी दुख्ने, स्वाद गन्ध हराउने इत्यादी) परिवारको अन्य सदस्यहरुबाट अलगिएर बस्ने र घरमा बस्दा माक्सको प्रयोग संग गर्ने।
  • तुरुन्त नजिकको ल्यावमा गएर, स्वाव दिने र आफू संक्रमित भए-नभएको पत्ता लगाउने। साथै परिवारका अन्य सदस्यहरुको पनि परिक्षण गर्ने।
  • ल्याब टिस्ट पोजेटिभ आएमा शरीरमा देखिएका लक्षण र तिनको गम्भीरताका आधारमा सर्तकता अपनाउने।
  • घरमा बस्दा, कोठामा प्रसस्त हावा ओहोर-दोहोर हुने गरि झयाल-ढोका खुला राख्ने।
  • ज्वरो आएको अवस्थामा कम गर्न सिटामोल खाने साथै खोकि कम गर्न डाक्टरको सल्लाह अनुसार औषधि प्रयोग गर्ने। घरायसी समाधानको लागि बेलुका सुत्न अघि दुधमा थोरै बेसार र ल्वाङ्ग पकाएर रवादा पनि सुख्खा खोकि कम भएको महसुस गरे।
  • पल्स-अक्सिमिटरले बेला-बेलामा शरीरमा भएको अक्सिजनको मात्रा जाँच गर्ने। अक्सिजनको मात्रा ९४ भन्दा कम भए तत्कालको वयवस्थापनको लागि “प्रोनिङ्ग पोजिसन” अर्थात घोप्टो परेर सुत्ने विधि अपनाउने साथै स्वास्थ्यकर्मिको परामर्श पनि लिने।
  • प्रसस्त मात्रामा तातोपानी, गेडागुडीको रस, जडिबुटि युक्त चिया, गुर्जो पानी, कगति पानी, तुलसी पनी, अमलाको रस इत्यादी जस्ता तातो झोलयुक्त खानेकुरा दिनभरि प्रसस्त मात्रामा पिउने।
  • दैनिक पकाउने खानामा मरिच, ज्वानो, दालचिनी, तेजपत्ता, अदुवा, लसुन, जिरा धनियाँको नियमित प्रयोग गर्ने।
  • पुदिना, हरियो धनियाँ, टिमुर, कागति युक्त चटनीको प्रयोग गर्ने।
  • दिनमा १-२ पटक वाफ लिने ।
  • धुम्रपान-मध्यपानबाट टाढा रहने।
  • घरमा बस्दा आफ्नो दिन-चर्या तनाव मुक्त राख्ने, मन खुशि हुने, हाँस्ने माहोल श्रृजना गर्ने, रमाइला भिडियोहरू हेर्ने, राम्रा तथा सकारात्मक कुराहरु हेर्ने, पढने साथै सुन्ने। नचाहिने, तनाव श्रृजना गर्ने, मन बहकाउने समाचार नहेर्ने, नपढ्ने र नसुन्ने। सामाजिक संजालका अर्थहिन पोष्टहरु नहेर्ने र सकिन्छ भने सामाजिक संजालबाट टांढा रहने।

यति सामान्य कुराहरु अनुसरण गर्दा, कोरोना संक्रमणलाई जित्न निकै सजिलो हुँदो रहेछ।

कोरोना संक्रमणले सिकाएको पाठः

कोरोना संक्रमणले हामिसबैलाई धेरै कुराहरु सिकाएको छ, जसमध्ये मैले अनुभव गरेका कुराहरु यहाँ रखेको छु;

  • जनस्वास्थ्यमुखि स्वास्थ्य प्रणालिको विकास गरी समाजमा प्रतिकारात्मक, प्रबर्द्धनात्मक, उपचारात्मक र पूर्नस्थापनात्मक सबै पक्षहरू बलियो बनाउनु पर्ने। यस्तो क्रियाकलापले अस्पतालमा हुने विरामीको भार स्वतहनै कम गराउँछ।
  • जनताको स्वास्थ्य मजबुत पार्न साथै स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउन एलोपेथिक उपचार पद्धतिको विस्तार गर्ने, अस्पताल निर्माण गर्ने मात्र नभएर आर्युवेद लगाएत अन्य वैकल्पीक उपचार विधिहरुको पनि समान्तर रुपमा विकास गर्नु पर्ने र महत्व दिनु पर्ने हुन्छ।
  • नेपालमा रहेका स्वास्थ्यका विभिन्न विद्याका विज्ञहरुको अवस्था के कस्तो छ, यो सम्बन्धि जानकारी स्वास्थ्य मन्त्रालयले विभिन्न काउन्सीलको सहयोगमा तयार गरेर बेला-बेलामा सार्वजनिक गर्ने।
  • हाम्रा सार्वजनिक संरचनाहरु (जस्तै धेरैजसो स्कुल, कलेज, अफिसहरु, अस्पताल इत्यादी) निकै  कम्जोर र मापदण्ड नपुग्ने भएकाले त्यसले संक्रमणको जोखिम झन बढाएको छ। यस्ता भएका संरचनाहरूको स्थानिय निकायले अनुगमन गरी सुधार गर्ने साथै नया संरचनाको निर्माण गर्दा मापदण्डको कडा रुपमा पालना गरेरमात्र निर्माण गर्ने र त्यसको क्षमता कति हो भन्ने कुराको पनि यकिन गर्ने र सो जानकारी नागरिक बडापत्रमा उल्लेख गर्ने।
  • यस्तो महामारीको बेलामा राज्यले जनतालाई दिने जानकारी एकद्वार प्रणालिबाट, र तथ्यमा आधारित जानकारी मात्र प्रवाह गर्ने । जथाभावि समाजमा भ्रम फैलाउने जानकारी दिनेलाई कडा कारवाही गर्ने।
  • टेलिहेल्थ र टेलिमेडिसिनको माध्यमबाट स्वास्थ्यका प्रतिकारात्मक, प्रबर्द्धनात्मक, उपचारात्मक र पूर्नस्थापनात्मक सेवाहरु देशका विभिन्न तह-तप्कामा विस्तार गरी स्वास्थ्य सेवा प्रतिको पहुच बढाउने।
  • टोल-टोलमा रहेका खालि तथा सार्वजनिक ठाउँहरुमा प्रसस्त रुख-विरुवा रोप्ने साथै फोहरको उचित व्यवस्थापन सहित बगैंचा, पार्क निर्माण गर्ने र तिनको भरपुर प्रयोग गर्ने। आफ्ना स्थानिय स्तरका प्राकृतिक सम्पदा, खोला-नालाको संरक्षण गर्ने र प्रकृतिसंग नजिक हुने।
  • आफ्नो स्वास्थ्यको अवस्था के कस्तो छ भन्ने बारेमा थाहा पाउन बेला-बेलामा जाच गर्न र सकारात्मक जिवनशैलि सम्वन्धि परार्मश लिन वडा स्तरमा स्वास्थ्य प्रवर्दधानामक केन्द्रहरु स्थापना गर्ने ।
  • अन्तमा: हामी मानवजाति संसारमा रहेका सवै प्राणि भन्दा चेतनशिल भनि कहलिएकाले, आफूभित्र रहेको चेतनालाई उजागर गर्ने प्रयास गरौ, आफ्नो लागि सबैभन्दा राम्रो डाक्टर आफै नै हो भन्ने कुरामा विश्वास गरौ, साथै आफ्नो शाररिक, मानसिक स्वास्थ्यलाई मजबुत बनाउन आफ्नो स्वास्थ्यको बारेमा स्वयंमले नै चिन्तन गर्ने वानीको सुरुवात गरौ।
Tags: #Corona positiveCorona Virus #Covid19
SummarizeShare404ScanTweet148

Related articles

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

by Nam Raj Bhatta
October 1, 2026
0

स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्साहन भत्तासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएसम्म करार सम्झौता नवीकरण नगर्ने अडान लिएका स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरूलाई निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सम्झौताका...

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

कलेजो रोग प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ। म्याक्स...

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजको Staff Development Plan अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धि तथा आपत्कालीन अवस्थामा जीवनरक्षा सम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले Basic Life Support (BLS)...

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

by Nam Raj Bhatta
September 27, 2026
0

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना महिना सेप्टेम्बर २०२६ को अवसरमा “𝐎𝐮𝐫 𝐒𝐭𝐨𝐫𝐢𝐞𝐬. 𝐎𝐮𝐫 𝐌𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭” विषयक 𝐏𝐀𝐍𝐄𝐋 𝐃𝐈𝐒𝐂𝐔𝐒𝐒𝐈𝐎𝐍आयोजना गरिएको छ। कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट प्रा. डा. राजीव कुमार...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित
  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.