आज मिति : २०८२ मंसिर १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

चितवन कोभिडको उच्च जोखिममा #Chitwan

Nam Raj Bhatta by Nam Raj Bhatta
January 17, 2022
in Health
A A
0
Covid-19 update, कोरोना भाइरस अपडेट

Covid-19 update, कोरोना भाइरस अपडेट

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

भरतपुर, ०३ माघ २०७८

चितवनमा कोभिड भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।

सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय सङ्क्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या ८२८ जना पुगेको छ ।

२ गते जिल्लाका चारवटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजोन परीक्षणमा ९० जनाको गरिएकोमा ४० जनामा सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार सङ्क्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जाने थालेको ढकालले बताइन् । उनका अनुसार पुस २६ गते जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११९, २७ गते १६२ जना, २८ गते २४० जना, २९ गते ३२७ जना सक्रिय सङ्क्रमित पुगेका थिए । अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र सङ्क्रमण दर बढ्दै गएको छ ।

पुस ३० गते शुक्रबार ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा सङ्क्रमण देखिएको ढकालले जानकारी दिइन् । ढकालका अनुसार ३६० जनाको परीक्षण गर्दा १३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । माघ १ गते शनिबार जिल्लाका दुई पीसीआर ल्याब (चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल) मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।

जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ८०२ जना होम आइसोलेशनमा रहेका छन् । यहाँ हालसम्म २८ हजार ६८ जना सङ्क्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोना सङ्क्रमितमध्ये ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय सङ्कक्रमतमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।

यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना सङ्क्रमित रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय सङ्क्रमित रहेको उनको भनाइ छ ।

Tags: Bharatpur HospitalCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

कोरोना विरुद्धको बुष्टर खोप दिन शुरु #BoosterDoseCOVID19

Next Post

देशभर एकैदिन ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

3 weeks ago
787
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

9 months ago
877
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
911
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

1 year ago
1k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
811
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

2 years ago
791
Next Post
COVID19 PCR Test Kit

देशभर एकैदिन ६७३४ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,313)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.