Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? जोखिमलाई कसरी न्यूनीकरण गर्ने ? – डा. रवीन्द्र पाण्डे

HNN Staff by HNN Staff
July 13, 2020
in Health
Reading Time: 1 min read
A A
0
यसकारण काठमाडौं उपत्याकामा जोखिम बढ्यो – डा. रवीन्द्र पाण्डे #Covid19
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा . रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ, शोधकर्ता

नेपालमा बिगत १० दिन यता संक्रमितको संख्या घटिरहेको छ | के कोरोना संक्रमणबाट नेपाल मुक्त हुँदै गएको हो त ? के कारणले संक्रमितको संख्या घट्दै गएको हो ?

१. विश्वका अन्य मुलुकमा कोरोना संक्रमणले आक्रान्त गर्ने समयमा नेपालमा अत्यन्तै न्यून संख्यामा कोरोना संक्रमित थिए । लामो लकडाउनको कारण समुदायमा फाट्टफुट्ट भएको संक्रमण अन्य व्यक्तिमा सर्न पाएन । यो समयमा संक्रमण भएका सुरुका व्यक्तिमा कोभिड १९ को सामान्य लक्षण देखिएको थियो भने आम नागरिकमा त्रासको स्तर उच्च थियो ।

२. जब भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गयो, भारतमा रहनुभएका लाखौँ नेपाली असुरक्षित तरिकाले नेपाल आउनुभयो । त्यो समयमा हरेक नाकाबाट दैनिक १०-१५ हजारभन्दा धेरै व्यक्ति नेपाल आउँदा उहाँहरुलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने, PCR परीक्षण गर्ने, संक्रमितलाई गम्भीर भएर उपचार गर्ने तथा आफ्नो थातथलोमा सुरक्षित रुपमा पठाउन अप्ठ्यारो स्थिति उत्पन्न भयो । जसको कारण क्वारेन्टाइनमा रहेका स्वस्थ व्यक्तिमा संक्रमण सर्ने, क्वारेन्टाइनमा मृत्यु हुने, आत्महत्या गर्ने तथा महिला हिंसाका केहि घटना बाहिर आए । त्यो समय नेपालीको लागि निकै पीडादायी समय रह्यो । यहि समयमा नै नेपालमा कोरोना संक्रमण निकै फैलियो । नेपालका ७७ जिल्लामै कोरोना संक्रमण पुग्यो ।

३. ७७ जिल्लामै कोरोना संक्रमण फैलिएको अवस्थामा समुदायमा कोभिड १९ को डढेलो लाग्छ कि भन्ने ठूलो चिन्ता, डर तथा अन्यौलता निकै बढ्यो । खास गरि सुदूरपश्चिम तथा सिमावर्ती जिल्लाहरुमा कोरोना संक्रमण ब्यापक रुपमा फैलिन्छ कि डर थियो, त्यो हुन पाएन । भारतबाट जुन समयमा नेपाल आउनेको चाँप बढी थियो, त्यो समयमा संक्रमित व्यक्ति अहिलेसम्म पुरै निको भएको अवस्था छ ।

४. भारतमा लकडाउन खुलेपछि त्यहाँ रहनुभएका नेपालीको नेपाल आउने क्रम अप्रत्याशित रुपमा निकै घट्यो । सीमाबाट भित्र पस्न कठिन भएको, असुरक्षित क्वारेन्टाइन भएको तथा भारतमा रोजगारीको अवसर प्राप्त भएको हुँदा नेपाल आउने संख्या घट्दै गयो ।

५. भारतबाट नेपाल आएका ९८ % व्यक्ति जनघनत्व कम भएका गाउँका थिए । प्रत्येक गाउँमा कोरोना संक्रमणको अत्यासलाग्दो डर भएको अवस्थामा भारतबाट आएका व्यक्तिलाई स्थानीय क्वारेन्टाइनमा अनिबार्य रहनुपर्ने स्थानीय निकायको मापदण्डको कारण कोरोना संक्रमण समुदायमा फैलिन पाएन । गाउँमा घरहरुले समेत भौतिक दुरी कायम गरेका हुन्छन् । जसले गर्दा संक्रमण बिस्तार हुन पाएन ।

६. आफुले चिनेका संक्रमितहरू निको भएको देखेर तथा मृत्युदर निकै कम भएको सुनेर आम नागरिकमा कोरोना संक्रमणसंग डर कम हुँदै गयो ।

७. संक्रमण बिस्तारको समयमा एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने मात्र हैन एक वडाबाट अर्को वडा जान नपाउने, बाटो छेक्ने, पुल बन्द गराउने, संक्रमित भएको वा विदेशबाट आएको व्यक्तिको क्षेत्रमा नहिड्ने जस्ता गतिबिधि मानवताको हिसाबले विभेदपूर्ण भएपनि कोरोना संक्रमण नियन्त्रणमा सहयोगी बने ।

८. यातायात बन्द रहेको तथा सहरी क्षेत्रमा आउन झन्झटिलो प्रक्रिया भएको हुँदा सहरमा संक्रमण न्यून भयो । सहर आएका व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्नुपर्ने, डेरामा वा कार्यालयमा जानको लागि PCR टेस्टको रिपोर्ट माग्ने तथा वडाको क्वारेन्टाइनमा समेत बस्नुपर्ने जस्ता नियमको कारण धेरै नागरिक अझै सहर आउन पाएका छैनन् । सहर आएका अधिकांशले परीक्षण गरेका छन् ।

९. बिदेशमा अलपत्र परेका नागरिकलाई PCR रिपोर्ट सहित आउनुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्ने तथा परीक्षण हुने आदि प्रक्रियाको कारण संक्रमितहरु स्वस्थ व्यक्तिसंग घुलमिल हुन पाएनन् । यसले गर्दा समुदायमा रोग फैलिन पाएन ।

१०. बिगत १० दिन यता क्वारेन्टाइन केन्द्रहरु खाली हुँदैछन् ।सक्रिय संक्रमितको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या बढ्दै गएको छ । यो संगै परीक्षणको दायरा पनि घट्दै गएको छ ।

११. अहिलेको अवस्था हेर्दा नेपालका गाउँ धेरै सुरक्षित भएका छन् । सामान्यता अब गाउँमा संक्रमण फैलिने अवस्था आउंदैन भन्न सकिन्छ । तसर्थ गाउँघरमा आफ्नो काम गरेर तथा निश्चिन्त भएर बस्ने अवस्था उत्पन्न भएको छ ।

१२. अहिले सबैभन्दा जोखिममा सहरी क्षेत्र तथा बिशेषगरि काठमाडौं उपत्याकामा छ । जनजीवन सामान्य अवस्थामा आउंदै गरेको यो समयमा भीडभाड बढेको छ । आम नागरिकमा डर कम भएको छ । बिभिन्न उपायबाट संक्रमित क्षेत्रका व्यक्तिहरु राजधानी आइरहेको अवस्था छ । सार्वजनिक यातयात चल्दैछ ।यसले गर्दा समुदायमा संक्रमणको जोखिम बढेको छ । जनघनत्व ठूलो भएको सहरी क्षेत्रमा यदि संक्रमण फैलियो भने त्यसलाई नियन्त्रण गर्न असम्भवप्रायः हुन्छ ।

१३. हालसम्म विदेशबाट आएका व्यक्ति तथा क्वारेन्टाइनमा रहेका व्यक्तिको मात्र परीक्षण गरिएको थियो । केहि दिन यता सरकारले समुदायमा परीक्षण सुरु गरेको छ । यदि सहरी क्षेत्रको २ % जनसंख्यालाई मात्र परीक्षण गर्ने हो भने कोरोना संक्रमण बिस्तारको अवस्था थाहा हुन्छ । त्यो २ % परीक्षण गर्दा यदि मापदण्ड सहि नभएमा त्यसले समुदायको प्रतिनिधित्व गर्दैन ।अहिले काठमाडौं उपत्याकाका बैंक, मालपोत कार्यालय, अस्पताल, डिपार्टमेन्टल स्टोर आदिमा सानो संख्यामा परीक्षण सुरु भएको छ | यो मापदण्ड सुधार्नु जरुरी छ । अब समुदायमा परीक्षण गर्दा तरकारी तथा फलफूल बजार, मासु पसल, सुकुम्बासी क्षेत्र, भीडभाड धेरै हुने ठाउँ, व्यक्तिगत दूरी राख्न असम्भव साँघुरा गल्ली, भट्टीपसल, इँटाभट्टा, सफाइ तथा फोहोर व्यवस्थापनसँग सम्बद्ध पेशादेखि भरिया, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत जनचेतना कम भएका तथा असुरक्षित अभ्यास भएका बर्गमा परीक्षण गर्नु अत्यावश्यक छ । यसको साथै सहरका नाकामा होल्डिंग सेन्टर बनाउने तथा भित्र प्रवेश गर्नेलाई परीक्षण गरेर मात्र भित्र्याउने ब्यबस्था गर्नुपर्दछ ।

१४. सार्वजनिक यातायातलाई यदि ब्यबस्थित र सुरक्षित बनाउन सकेनौं भने संक्रमण फैलिने जोखिम निकै बढ्नेछ । त्यस्तै सबैले अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, भौतिक दुरीको कायम गर्ने, हात धुने लगायतका अभ्यासलाई जीवनशैलीको रुपमा अपनाउन जरुरी छ ।

१५. भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको छ | त्यहाँ भएको अध्ययनले जनाए अनुसार अगस्तको तेस्रो हप्तामा भारत कोरोना संक्रमणको उच्चबिन्दुमा पुग्नेछ । त्यसपछि संक्रमितको संख्या घट्दै गएर सेप्टेम्बरको अन्त्यसम्म नियन्त्रणमा आउने बताइएको छ ।भारतमा संक्रमण नियन्त्रणमा नआउने बेलासम्म हामीले सीमामा कडाइ गर्ने / शिल गर्ने तथा लामो दुरीका यातायात, स्कुल, कलेज, फ्लिम हल तथा अन्य भीडभाड हुने ठाउँ बन्द गर्नुपर्दछ ।

दैनिक १० – १५ हजार व्यक्तिको कोरोना परीक्षण गर्ने कामलाई अभियानको रुपमा संचालन गर्ने, संक्रमितलाई आइसोलेसनमा राख्ने तथा स्वस्थ व्यक्तिलाई काम गर्न प्रोत्साहित गरेमा आगामी दिन सुरक्षित र आशालाग्दा हुनेछन ।

Tags: #Dr.Rabindra PandeyCorona Virus #Covid19Self Isolation
SummarizeShare234ScanTweet147

Related articles

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा
  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.