जन्मजात अपाङ्गता समस्या हुनुलाई सामान्यता अटिजम (Autism, or autism spectrum disorder ASD) भनिन्छ । अटिजम लागेको छ या छैन भनेर गर्भमै निक्र्यौल गर्न सकिदैन । बच्चा जब दुई वर्ष हुन्छ त्यसपछि बच्चाले कुनै प्रतिक्रिया नजनाएपछि मात्र अटिजम समस्या हो कि भनेर अनुमान लगाउन सकिन्छ ।
हाल नेपालमा अटिजम भएका मानिस कति छन् भनेर भन्न सक्ने अवस्था छैन । सरकार या अन्य कुनै पनि संघसस्थाले अटिजम बारे अध्ययन अनुसन्धान गरेका छैनन् । नेपालमा यति संख्यामा अटिजमका बिरामी छन् भनेर भन्न सक्ने अवस्था पनि छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार कुल जनसंख्याको एक प्रतिशतमा अटिजमको समस्या रहेको पाइन्छ । यहि आँकडालाई आधार मान्य हो भने पनि नेपालमा दुईलाख ५० हजार देखि तीन लाखसम्म अटिजम भएका बालबालिकाहरु रहेका छन् ।
अटिजम छोरी मानिसलाई भन्दा छोरा मानिसलाई बढी हुन्छ । अटिजम कहिल्यै निको हुँदैन । अटिजम भएका बालबालिकाका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु हो ।
कसरी गरिन्छ अटिजमको उपचार ?
अटिजमका लागि औषधि उपचार नभए पनि उनीहरुमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी गर्ने गरिन्छ । अटिजम भएका बालबालिकालाई विहाविएर एण्ड कम्युनिकेशन थेरापी (Behavior and Communication Therapy) र अकुपेशन थेरापी (Occupation Therapy) को माध्यामबाट मात्र उपचार गर्न सकिन्छ । उनीहरुलाई खेलको माध्यमबाट धेरै कुरा सिकाउनुपर्ने हुन्छ ।
अटिजम भएका बालबालिकाहरुमा समाजिकीकरण र व्यवहारमा समस्या हुने गरेको छ । त्यहि अनुसार उनीहरुलाई उपचार गर्नुपर्छ
अटिजमका लक्षणहरुः
- अटिजम भएका बालबालिकाहरूले बालबालिकाहरू सामान्य बालबालिका सरह गतिविधि देखाउन सक्दैनन् ।
- बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास हुदैन ।
- छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिँडेको वा अटिजम लक्षण भएको अवस्थामा पनि यस्तै हो भन्ने गर्दछन ।
- अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा कठिनाइ आउने गर्छ । साथी भाइसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, एकोहोरो हुने,साथीभाइ बनाउने मिलेर खेल्ने गर्दैनन् ।
- अटिजम भएका बालबालिकाहरुले साथीभाइलाई धकेल्ने तथा कुटपिट गर्ने गर्दछन् । एउटै खेलौनासँग धेरैबेरसम्म खेलिरहने वा खेलौनालाई खेलौना अनुसार नखेल्ने गर्दछन् ।
- आफूलाई चोटपटक लागेको थाहा नपाउने, पढाइ लेखाइमा ध्यान केन्द्रित नहुने, बोलेर आफ्ना कुराहरु व्यक्त गर्न नसक्ने, मनमा लागेको कुरा भन्न नसक्ने, साथी भाइसँग दोहोरो सञ्चार गर्न नसक्ने खालका लक्षण हुन्छ ।