आज मिति : २०८२ माघ १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

HNN Staff by HNN Staff
May 28, 2020
in Health
A A
0
गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा.अर्जुनहरि रिजाल ,                                       कान्तिपुर डेन्टल कलेज , पेरियोडोन्टिक्स डिपार्टमेन्ट

 

स्याउ खाँदाखाँदै स्याउमै रगत टाँसिएको देखेर कहिले आत्तिनु भएको छ ? वा दाँत माझ्दामाझ्दै रगत आएको अनुभव गर्नुभएको छ ? अथवा बिहान उठेर थुक्दै गर्दा बेसिनमा रगत मिसिएको थुक देख्दा तर्सिनु भएको छ ? अझै भन्नुपर्दा, कहिले-कहिले गिजाबाट आफैँ रगत आएको देखेर दुखित, चिन्तित हुनुभएको छ ? सास गन्हाएर अरु मानिसहरुको सामुन्ने जान हिच्किचाउनु भएको छ? दाँतमा बस्ने फोहोरहरुको कारणले दिल खोलेर हाँस्न पाउनु भएको छैन ?
यी प्रश्नहरु सोध्ने हो भने लगभग सबैजनाको जवाफ एउटै आउला : छ !
हो, हामी सबैजना यी लगायत अन्य धेरै समस्याहरुबाट गुज्रिरहेका हुन्छौ। कतिपय समस्या आफ्नै हेल्चेक्र्याइँको कारणले गर्दा उत्पन्न भएका हुन्छन् भने केहि शरिरमा भएका विभिन्न रोगहरुको कारणले गर्दा भएका हुन्छन्। माथि उल्लेख गरिएका सबै लक्षणहरु गिजासम्बन्धी रोगहरुको कारणले गर्दा देखिएका हुन्।

अहिलेको फास्टफुडको समयमा बिचार गर्ने हो भने सबैमा केहि न केही दाँत तथा गिजा सम्बन्धि समस्याहरु हुन्छन्। तथ्याङ्क हेर्ने हो भने पनि त्यही देखिन्छ। सन् २००४ मा स्वाथ्य मन्त्रालयले गरेको पाथफाइन्डर सर्भेका अनुसार नेपालमा दन्तहर्षा र दन्तेपत्थरको स्कोर (CPI Score 2 gingivitis and calculus) ५-६ वर्षको बच्चाहरुमा ५८%, १२-१३ वर्षकोमा ६२.८% तथा १५-१६ वर्षकोमा ६१% देखिएको थियो। त्यस्तै गरेर पायोरियाको स्कोर (CPI score 4) ३५-३९ वर्षको उमेरमा ४३.८% र ५० वर्ष भन्दा माथिको उमेरमा ३४.३% देखिएको थियो। उक्त सर्भे अनुसार ३५-३९ वर्षको बिचका मानिसहरु गिजासम्बन्धि रोगहरु जस्तै दन्तहर्षा, पायोरिया बाट धेरै नै ग्रसित पाईयो। उमेर बढे सँगसँगै गिजासम्बन्धि समस्याहरु पनि बढ्ने गरेको पाइएको थियो। गिजा सम्बन्धि समस्याहरु धेरै हुनुको कारण – मुखस्वास्थ सम्बन्धि जनचेतनाको अभाव, उपचारको अभाव, नियमित मुख स्वास्थ्य हेरचाहको अभाव, आदि रहेको थियो। उक्त सर्भेपछि नेपालमा आधिकारिक तहबाट कुनै पनि सर्भे भएको पाईन्न। त्यसैले अहिलेको वास्तविक अवस्था कस्तो छ भनेर यसै भन्न सकिने अवस्था छैन।
सबै जसोमा देखिने गिजासम्बन्धि रोगका कारणहरु के- के हुन सक्छन् त ? आज सबैको मनमा रहेको जिज्ञासालाई मेटाऔ।
कारणहरुः

१) हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ। हामिले खाएको खाना दाँतको सतहमा एककिसिमको बलद्वारा टाँसिन्छ। दाँतमा सफा गरेको केहि सेकेन्डमा नै पातलो तह बन्दछ। यस प्रक्रिया २-४ घण्टादेखि सुरु भएर करिब ४ दिन सम्ममा दाँतबाट ननिस्किने दन्तेलेउमा परिवर्तन हुन्छ। यहि दन्तेलेउनै गिजा सम्बन्धिको समस्याको मुल कारण हो। यदि दन्तेलेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा दन्तेपत्थरमा बद्लिन्छ, जुन एकदमै कडा हुन्छ। उक्त पत्थर शरिरको बिभिन्न अङ्गमा हुने पत्थरि जस्तै हुन्छ। उक्त दन्तेपत्थरले अझै धेरै दन्तेलेउ जम्मा गराउन मद्दत गर्दछ। जसले गर्दा गिजाको संक्रमण देखा पर्दछ।
२) गिजासम्बन्धि समस्या गराउने मुख्य कारण भनेको दन्तेलेउ नै हो। दाँतमा दन्तेलेउ जम्मा हुन विभिन्न कुराहरुले सहयोग गरिरहेको हुन्छ। जस्तैः बाङ्गोटिङ्गो भएर नमिलेको दाँत, दात मिलाउन तार बाँध्ने उपचार, बाङ्गो तरिकाले आएको बुद्दि बङ्गारा अनि त्यसलाई निकाल्न गरिने उपचार, कृत्रिम दाँतहरु, किराले खाएको ठाउँमा भरिएका फिलिङ्हरु, आदि।
३) धुवाँरहित र सहितका सुर्तिजन्य पदार्थ, टुथपिकको अनावश्यक प्रयोग।
४) शरिरमा भएका बिभिन्न रोगहरु जस्तैः मधुमेह, रगतसम्बन्धि विभिन्न समस्याहरु, हर्मोनल गडबडि आदि जसले गिजामा नकारात्मक असर पारिरहेको हुन्छ।
५) विभिन्न किसिमका औषधिहरुको सेवनको कारणले गिजाको आकार फेरिन सक्छ।
६) दन्तसेवाको निम्ति कम समय वा कम पटक दन्त-चिकित्सककोमा जानु।

लक्षणहरुः

१) दन्तहर्षा (Gingivitis) मा गिजाको रङ्ग बिस्तारै बद्लिदै रातो हुनु, गिजा चलाउँदा वा ब्रस गर्दा रगत आउनु, पछि पछि संक्रमण बढ्दै जाँदा गिजा नचलाउदा पनि आफैँ रगत आउनु, गिजा क्रमश: सुन्निदै जानु।
२) पायोरिया (Periodontitis): गिजाको संङ्क्रमण फैलिदै जाँदा दाँतलाई सपोर्ट गर्ने भागहरुमा पनि समस्या देखिन्छ, जसका लक्षणहरु निम्न हुन सक्छन्:
-गिजा पहिलेको ठाउँभन्दा तलतिर सर्दै जानु,जसले गर्दा दाँतको लम्बाई बढेको अनुभव हुनु
-दाँत हल्लिनु तथा दाँतहरुको बिचको दुरि बढ्दै जानु
-दाँत र गिजाको बिचबाट पिप आउनु
-मन्द तरिकाले लामो समयसम्म दुखिरहनु
-लामोसमय सम्म सधैँ मुखबाट गन्ध आउनु
-पहिलेको जसरि मुख बन्द गर्दा दाँत नमिल्नु वा चपाउँदा नमिल्नु
-पहिलेदेखि लगाईरहेको कृत्रिम दाँत नमिल्नु
३) छारे रोग, उच्च रक्तचाप जस्ता समस्याहरुको लागि खाईरहेको औषधिको कारणले गर्दा गिजाको आकार क्रमशः बढ्दै जानु।
४) दाँतमा झन्झनाहटको मात्रा बढ्दै जानु।

उपचारः

१) अनुभवि दन्तचिकित्सक वा विषेशज्ञ चिकित्सकसँग परामर्श गराउने, साथसाथै मेसिनको सहायताद्वारा दाँतको सफा गराउने। चिकित्सकको सल्लाह बमोजिम आवश्यक परेको खण्डमा औषधिहरु तथा माउथ-वासको प्रयोग गर्ने। रोगले ग्रस्त भएको गिजा सामान्य अवस्थामा आउनको लागि कम्तिमा पनि १ महिनाको समय लाग्दछ।

२) दाँत सफा गरिसकेपछि दाँतको झन्झनाहटको मात्रा बढ्दै जान सक्दछ, यो सामान्य हो। यसलाई कम गर्नको निम्ति मनतातो पानीमा नुन हालेर कुल्ला गर्न सकिन्छ। साथसाथै धेरै समय सम्म यो समस्या रहेमा डिसेन्सिटाइजिङ पेस्टहरु (Desensitizing paste) प्रयोग गर्न सकिन्छ। डिसेन्सिटाइजिङ पेस्टहरु २/३ महिना भन्दा लामो समयको लागि प्रयोग गर्नु हुँदैन। अझै ठिक नभएमा चिकित्सकसँग सल्लाह लिनुपर्दछ।

३) शरिरमा कुनै पनि किसिमको रोगहरु (मधुमेह, मुटुसम्बन्धि रोग, रगतसम्बन्धि रोग आदि), लामो समयदेखि औषधिको सेवन तथा अन्य कुनै समस्या भएमा दन्तचिकित्सकलाई पुर्ब जानकारी गराउनु पर्दछ। दन्तचिकित्सकको सहयोगमा अन्य चिकित्सकको सल्लाह लिएर मात्रै उपचार अगाडि बढाउनु पर्दछ।

४) गिजासम्बन्धि जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ। गिजाको आकार एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठुलो सुन्निएको, आदि अवस्थाहरुमा शल्यक्रिया गर्नुपर्छ। यसको लागि गिजारोग विशेषज्ञ दन्तचिकित्सक सँग परामर्श गर्नुपर्दछ।

बच्ने उपायहरुः

१) दिनको दुईपटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने गर्नुपर्दछ। दाँत माझ्नको लागि प्रयोग गरिने बुरुसको अवस्था पनि ख्याल राख्नु पर्दछ। विगत ३/४ महिना देखि एउटै बुरुस प्रयोग गरिरहेको छ भने तुरुन्तै नयाँ बुरुस किनेर प्रयोग गर्नुपर्दछ। साथसाथै फ्लोरिडेटेड पेस्टको प्रयोग गर्नुपर्दछ जसले दाँतलाई मजबुत बनाउने गर्दछ। दाँत माझ्नुको अलावा हरेक पटक खाना खाईसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्तेलेउ जस्तो फोहोर बस्न दिदैन।
२) दाँतको बिच-बिचमा रहेका फोहोरहरु ब्रस गर्दा ननिस्किन सक्छ त्यसैले डेन्टल फ्लस, इन्टरडेन्टल ब्रसको प्रयोग गरेर निकाल्न सकिन्छ।
३) Powered ब्रसहरुको प्रयोग पनि गर्न सकिन्छ।
४) जिब्री वा ब्रसको पछाडिको भागले बिस्तारै नियमित रुपमा जिब्रोको सफा गर्नुपर्दछ।
५) खानेकुराहरुमा पनि विशेष ध्यान दिनुपर्दछ। दाँतमा टाँसिने वा गुलिया खानेकुराहरु एकदमै कम मात्रामा खानुपर्दछ।
६) चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गर्न सकिन्छ।
७) शरिरमा मधुमेहजस्तो किसिमका रोगहरु छ भने गिजासम्बन्धि समस्याहरु आउन नदिन विशेष ध्यान दिनुपर्दछ।
८) गिजा स्वस्थ राख्नको निम्ति भिटामिन सि युक्त फलफुलहरुको नियमित सेवन गर्नुपर्दछ।
९) कम्तिमा पनि वर्षको दुईपटक (६-६ महिनाको फरक) मा एन. एम. सि. दर्तावाला (NMC Registered) दन्तचिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुको साथसाथै दात सफा गराउनुपर्दछ।

गिजासम्बन्धि रोगहरुबाट बच्ने एकमात्र उपाय भनेको आफ्नो बानीमा परिवर्तन ल्याउनु नै हो। नियमित रुपमा दाँत तथा गिजाको ख्याल गर्ने, नियमित रुपमा चिकित्सकसँग परामर्श लिने र चिकित्सकको सल्लाह बमोजिमको कार्य गरेमा रोगहरुबाट बच्न सकिन्छ। “स्वस्थ दाँत, स्वस्थ मुख नै स्वस्थ शरीरको उद्गम विन्दु हो।”- यस मुल मन्त्रलाइ पुर्ण रुपले पालना गरौँ। स्वस्थ रहौँ, खुसी रहौँ, सुखि रहौँ।

#NMC Rajistered  #Powered #Desensitizing paste #Periodontitis #Gingivitis #CPI Score 2 gingivitis and calculus #CPI score

Tags: Dental Health
Previous Post

एकैदिन १५६ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या १०४२ पुग्यो #Covid19

Next Post

सरकारले काठमाडौंमा ३ सय बेडको अस्पताल निर्माण गर्ने

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

2 months ago
1.6k
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

10 months ago
1.7k
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
1.7k
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

2 years ago
1.9k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
1.6k
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

2 years ago
1.6k
Next Post
सरकारले काठमाडौंमा ३ सय बेडको अस्पताल निर्माण गर्ने

सरकारले काठमाडौंमा ३ सय बेडको अस्पताल निर्माण गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (131)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,418)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.