Magnus pharma
आज: २०८२ चैत्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

HNN Staff by HNN Staff
May 28, 2020
in Health
Reading Time: 2 mins read
A A
0
गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु
669
SHARES
3.4k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.अर्जुनहरि रिजाल ,                                       कान्तिपुर डेन्टल कलेज , पेरियोडोन्टिक्स डिपार्टमेन्ट

 

स्याउ खाँदाखाँदै स्याउमै रगत टाँसिएको देखेर कहिले आत्तिनु भएको छ ? वा दाँत माझ्दामाझ्दै रगत आएको अनुभव गर्नुभएको छ ? अथवा बिहान उठेर थुक्दै गर्दा बेसिनमा रगत मिसिएको थुक देख्दा तर्सिनु भएको छ ? अझै भन्नुपर्दा, कहिले-कहिले गिजाबाट आफैँ रगत आएको देखेर दुखित, चिन्तित हुनुभएको छ ? सास गन्हाएर अरु मानिसहरुको सामुन्ने जान हिच्किचाउनु भएको छ? दाँतमा बस्ने फोहोरहरुको कारणले दिल खोलेर हाँस्न पाउनु भएको छैन ?
यी प्रश्नहरु सोध्ने हो भने लगभग सबैजनाको जवाफ एउटै आउला : छ !
हो, हामी सबैजना यी लगायत अन्य धेरै समस्याहरुबाट गुज्रिरहेका हुन्छौ। कतिपय समस्या आफ्नै हेल्चेक्र्याइँको कारणले गर्दा उत्पन्न भएका हुन्छन् भने केहि शरिरमा भएका विभिन्न रोगहरुको कारणले गर्दा भएका हुन्छन्। माथि उल्लेख गरिएका सबै लक्षणहरु गिजासम्बन्धी रोगहरुको कारणले गर्दा देखिएका हुन्।

अहिलेको फास्टफुडको समयमा बिचार गर्ने हो भने सबैमा केहि न केही दाँत तथा गिजा सम्बन्धि समस्याहरु हुन्छन्। तथ्याङ्क हेर्ने हो भने पनि त्यही देखिन्छ। सन् २००४ मा स्वाथ्य मन्त्रालयले गरेको पाथफाइन्डर सर्भेका अनुसार नेपालमा दन्तहर्षा र दन्तेपत्थरको स्कोर (CPI Score 2 gingivitis and calculus) ५-६ वर्षको बच्चाहरुमा ५८%, १२-१३ वर्षकोमा ६२.८% तथा १५-१६ वर्षकोमा ६१% देखिएको थियो। त्यस्तै गरेर पायोरियाको स्कोर (CPI score 4) ३५-३९ वर्षको उमेरमा ४३.८% र ५० वर्ष भन्दा माथिको उमेरमा ३४.३% देखिएको थियो। उक्त सर्भे अनुसार ३५-३९ वर्षको बिचका मानिसहरु गिजासम्बन्धि रोगहरु जस्तै दन्तहर्षा, पायोरिया बाट धेरै नै ग्रसित पाईयो। उमेर बढे सँगसँगै गिजासम्बन्धि समस्याहरु पनि बढ्ने गरेको पाइएको थियो। गिजा सम्बन्धि समस्याहरु धेरै हुनुको कारण – मुखस्वास्थ सम्बन्धि जनचेतनाको अभाव, उपचारको अभाव, नियमित मुख स्वास्थ्य हेरचाहको अभाव, आदि रहेको थियो। उक्त सर्भेपछि नेपालमा आधिकारिक तहबाट कुनै पनि सर्भे भएको पाईन्न। त्यसैले अहिलेको वास्तविक अवस्था कस्तो छ भनेर यसै भन्न सकिने अवस्था छैन।
सबै जसोमा देखिने गिजासम्बन्धि रोगका कारणहरु के- के हुन सक्छन् त ? आज सबैको मनमा रहेको जिज्ञासालाई मेटाऔ।
कारणहरुः

१) हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ। हामिले खाएको खाना दाँतको सतहमा एककिसिमको बलद्वारा टाँसिन्छ। दाँतमा सफा गरेको केहि सेकेन्डमा नै पातलो तह बन्दछ। यस प्रक्रिया २-४ घण्टादेखि सुरु भएर करिब ४ दिन सम्ममा दाँतबाट ननिस्किने दन्तेलेउमा परिवर्तन हुन्छ। यहि दन्तेलेउनै गिजा सम्बन्धिको समस्याको मुल कारण हो। यदि दन्तेलेउ समयमा नै हटाइएन भने करिब दुई हप्ताको अन्तरमा दन्तेपत्थरमा बद्लिन्छ, जुन एकदमै कडा हुन्छ। उक्त पत्थर शरिरको बिभिन्न अङ्गमा हुने पत्थरि जस्तै हुन्छ। उक्त दन्तेपत्थरले अझै धेरै दन्तेलेउ जम्मा गराउन मद्दत गर्दछ। जसले गर्दा गिजाको संक्रमण देखा पर्दछ।
२) गिजासम्बन्धि समस्या गराउने मुख्य कारण भनेको दन्तेलेउ नै हो। दाँतमा दन्तेलेउ जम्मा हुन विभिन्न कुराहरुले सहयोग गरिरहेको हुन्छ। जस्तैः बाङ्गोटिङ्गो भएर नमिलेको दाँत, दात मिलाउन तार बाँध्ने उपचार, बाङ्गो तरिकाले आएको बुद्दि बङ्गारा अनि त्यसलाई निकाल्न गरिने उपचार, कृत्रिम दाँतहरु, किराले खाएको ठाउँमा भरिएका फिलिङ्हरु, आदि।
३) धुवाँरहित र सहितका सुर्तिजन्य पदार्थ, टुथपिकको अनावश्यक प्रयोग।
४) शरिरमा भएका बिभिन्न रोगहरु जस्तैः मधुमेह, रगतसम्बन्धि विभिन्न समस्याहरु, हर्मोनल गडबडि आदि जसले गिजामा नकारात्मक असर पारिरहेको हुन्छ।
५) विभिन्न किसिमका औषधिहरुको सेवनको कारणले गिजाको आकार फेरिन सक्छ।
६) दन्तसेवाको निम्ति कम समय वा कम पटक दन्त-चिकित्सककोमा जानु।

लक्षणहरुः

१) दन्तहर्षा (Gingivitis) मा गिजाको रङ्ग बिस्तारै बद्लिदै रातो हुनु, गिजा चलाउँदा वा ब्रस गर्दा रगत आउनु, पछि पछि संक्रमण बढ्दै जाँदा गिजा नचलाउदा पनि आफैँ रगत आउनु, गिजा क्रमश: सुन्निदै जानु।
२) पायोरिया (Periodontitis): गिजाको संङ्क्रमण फैलिदै जाँदा दाँतलाई सपोर्ट गर्ने भागहरुमा पनि समस्या देखिन्छ, जसका लक्षणहरु निम्न हुन सक्छन्:
-गिजा पहिलेको ठाउँभन्दा तलतिर सर्दै जानु,जसले गर्दा दाँतको लम्बाई बढेको अनुभव हुनु
-दाँत हल्लिनु तथा दाँतहरुको बिचको दुरि बढ्दै जानु
-दाँत र गिजाको बिचबाट पिप आउनु
-मन्द तरिकाले लामो समयसम्म दुखिरहनु
-लामोसमय सम्म सधैँ मुखबाट गन्ध आउनु
-पहिलेको जसरि मुख बन्द गर्दा दाँत नमिल्नु वा चपाउँदा नमिल्नु
-पहिलेदेखि लगाईरहेको कृत्रिम दाँत नमिल्नु
३) छारे रोग, उच्च रक्तचाप जस्ता समस्याहरुको लागि खाईरहेको औषधिको कारणले गर्दा गिजाको आकार क्रमशः बढ्दै जानु।
४) दाँतमा झन्झनाहटको मात्रा बढ्दै जानु।

उपचारः

१) अनुभवि दन्तचिकित्सक वा विषेशज्ञ चिकित्सकसँग परामर्श गराउने, साथसाथै मेसिनको सहायताद्वारा दाँतको सफा गराउने। चिकित्सकको सल्लाह बमोजिम आवश्यक परेको खण्डमा औषधिहरु तथा माउथ-वासको प्रयोग गर्ने। रोगले ग्रस्त भएको गिजा सामान्य अवस्थामा आउनको लागि कम्तिमा पनि १ महिनाको समय लाग्दछ।

२) दाँत सफा गरिसकेपछि दाँतको झन्झनाहटको मात्रा बढ्दै जान सक्दछ, यो सामान्य हो। यसलाई कम गर्नको निम्ति मनतातो पानीमा नुन हालेर कुल्ला गर्न सकिन्छ। साथसाथै धेरै समय सम्म यो समस्या रहेमा डिसेन्सिटाइजिङ पेस्टहरु (Desensitizing paste) प्रयोग गर्न सकिन्छ। डिसेन्सिटाइजिङ पेस्टहरु २/३ महिना भन्दा लामो समयको लागि प्रयोग गर्नु हुँदैन। अझै ठिक नभएमा चिकित्सकसँग सल्लाह लिनुपर्दछ।

३) शरिरमा कुनै पनि किसिमको रोगहरु (मधुमेह, मुटुसम्बन्धि रोग, रगतसम्बन्धि रोग आदि), लामो समयदेखि औषधिको सेवन तथा अन्य कुनै समस्या भएमा दन्तचिकित्सकलाई पुर्ब जानकारी गराउनु पर्दछ। दन्तचिकित्सकको सहयोगमा अन्य चिकित्सकको सल्लाह लिएर मात्रै उपचार अगाडि बढाउनु पर्दछ।

४) गिजासम्बन्धि जटिल समस्या देखिएको छ भने शल्यक्रिया पनि गर्नुपर्ने हुनसक्छ। गिजाको आकार एकदमै बढेको, गिजा तलतिर सरेको, गिजामा पिप जम्मा भएर ठुलो सुन्निएको, आदि अवस्थाहरुमा शल्यक्रिया गर्नुपर्छ। यसको लागि गिजारोग विशेषज्ञ दन्तचिकित्सक सँग परामर्श गर्नुपर्दछ।

बच्ने उपायहरुः

१) दिनको दुईपटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्ने गर्नुपर्दछ। दाँत माझ्नको लागि प्रयोग गरिने बुरुसको अवस्था पनि ख्याल राख्नु पर्दछ। विगत ३/४ महिना देखि एउटै बुरुस प्रयोग गरिरहेको छ भने तुरुन्तै नयाँ बुरुस किनेर प्रयोग गर्नुपर्दछ। साथसाथै फ्लोरिडेटेड पेस्टको प्रयोग गर्नुपर्दछ जसले दाँतलाई मजबुत बनाउने गर्दछ। दाँत माझ्नुको अलावा हरेक पटक खाना खाईसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्तेलेउ जस्तो फोहोर बस्न दिदैन।
२) दाँतको बिच-बिचमा रहेका फोहोरहरु ब्रस गर्दा ननिस्किन सक्छ त्यसैले डेन्टल फ्लस, इन्टरडेन्टल ब्रसको प्रयोग गरेर निकाल्न सकिन्छ।
३) Powered ब्रसहरुको प्रयोग पनि गर्न सकिन्छ।
४) जिब्री वा ब्रसको पछाडिको भागले बिस्तारै नियमित रुपमा जिब्रोको सफा गर्नुपर्दछ।
५) खानेकुराहरुमा पनि विशेष ध्यान दिनुपर्दछ। दाँतमा टाँसिने वा गुलिया खानेकुराहरु एकदमै कम मात्रामा खानुपर्दछ।
६) चिकित्सकको सल्लाहबमोजिम माउथवास तथा डिसेन्सिटाइजिङ पेस्टहरु प्रयोग गर्न सकिन्छ।
७) शरिरमा मधुमेहजस्तो किसिमका रोगहरु छ भने गिजासम्बन्धि समस्याहरु आउन नदिन विशेष ध्यान दिनुपर्दछ।
८) गिजा स्वस्थ राख्नको निम्ति भिटामिन सि युक्त फलफुलहरुको नियमित सेवन गर्नुपर्दछ।
९) कम्तिमा पनि वर्षको दुईपटक (६-६ महिनाको फरक) मा एन. एम. सि. दर्तावाला (NMC Registered) दन्तचिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुको साथसाथै दात सफा गराउनुपर्दछ।

गिजासम्बन्धि रोगहरुबाट बच्ने एकमात्र उपाय भनेको आफ्नो बानीमा परिवर्तन ल्याउनु नै हो। नियमित रुपमा दाँत तथा गिजाको ख्याल गर्ने, नियमित रुपमा चिकित्सकसँग परामर्श लिने र चिकित्सकको सल्लाह बमोजिमको कार्य गरेमा रोगहरुबाट बच्न सकिन्छ। “स्वस्थ दाँत, स्वस्थ मुख नै स्वस्थ शरीरको उद्गम विन्दु हो।”- यस मुल मन्त्रलाइ पुर्ण रुपले पालना गरौँ। स्वस्थ रहौँ, खुसी रहौँ, सुखि रहौँ।

#NMC Rajistered  #Powered #Desensitizing paste #Periodontitis #Gingivitis #CPI Score 2 gingivitis and calculus #CPI score

Tags: Dental Health
SummarizeShare299ScanTweet154

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    659 shares
    Share 264 Tweet 165
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    669 shares
    Share 299 Tweet 154
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल
  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु
  • रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै
  • चिकित्सक संघको निर्वाचन उपत्यका बाहिर बैशाख ४ र ५ मा र भित्र १८ र १९ मा हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.