आज मिति : २०८२ पुष ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

एडेनो भाइरस‌ संक्रमण र यो सँग सम्बन्धित ब्रोङकियोलाइटिस अब्लिटरेन्स सम्बन्धि जानकारी

Nam Raj Bhatta by Nam Raj Bhatta
July 27, 2022
in Disease, Health
A A
0
एडेनो भाइरस‌ संक्रमण र यो सँग सम्बन्धित ब्रोङकियोलाइटिस अब्लिटरेन्स सम्बन्धि जानकारी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ११ साउन २०७९

एडेनो भाइरस संक्रमण एक किसिमको भाइरस हो। जसले बालबालिकाको श्वासप्रश्वास तथा पेट सम्बन्धी समस्या गराउँछ। यस भाइरसका धेरै प्रजाति (सेरो‌टाइप) छन्। यस सम्बन्धी केहीले स्वासप्रस्वास समस्या गराउँछ, केहीले पेट सम्बन्धी समस्या गराउँछ ।‌

धेरै जसो बच्चामा समान्य रुघाखोकी जस्तो ज्वरो गराउने भएपनि केही बच्चामा लामो ज्वरो र श्वासप्रश्वास सम्बन्धि जटिलता गराउन सक्ने भएकाले अभिभावकले यस भाइरसले गराउने समस्याहरु बारे जानकारी राख्न उपयुक्त देखिन्छ।

* एडेनो भाइरस संक्रमणका‌ लक्षणहरू

१) श्वास प्रश्वास सम्बन्धि 

– ज्वरो, रुघाखोकी र आँखा पाक्ने समान्य लक्षणहरू हुन। ज्वरो समान्य भाइरस भन्दा लामो र धेरै हुन्छ।‌

२) श्वास प्रश्वास सम्बन्धि जटिलताहरू

– केही बच्चामा स्वास छिटो छिटो हुने, घ्यारघ्यार हुने ( ब्रोन्कियोलाइटिस) कडा निमोनिया, मुटुमा‌ असर गर्ने (मायोकाडाइटिस) हुन सक्छ।

केही प्रतिशत बच्चामा लामो समयसम्म (दुई हप्ता भन्दा लामो) श्वास फेर्न गाह्रो हुने, घ्यारघ्यार भइरहने समस्या हुन सक्छ। जसलाई पोष्ट इन्फेकसियस ब्रोङकियोलाइटिस अब्लिटरेन्स भनिन्छ।‌

यो समस्या बच्चाको स्वासनलीमा भाइरसले गर्ने असरको कारण हुन्छ र समयमा उपचार नगरेमा बच्चामा‌ फोक्सोको दीर्घ रोग पनि हुन सक्छ।

३)बच्चामा आखाँ पाक्न सक्ने समस्या
४) झाडापखाला र पिसाबमा रगत जाने समस्या

Adeno virus
Adeno virus

 

* कस्ता बच्चामा एडेनो भाइरस संक्रमण हुँदा जटिलता हुन्छ?

– लामोसमयसम्मका मुटु र फोक्सोका बिरामी
– रगतको क्यान्सर भएका बच्चा तथा बोनम्यारो ट्रान्सप्लान्ट गरेका बच्चा

एडेनो भाइरस संक्रमण सर्ने तरिका

– श्वासप्रश्वासको माध्यमबाट
– दुषित खानेपानीको माध्यमबाट

* एडेनो भाइरस संक्रमण भएको कसरी थाहा पाउने?

– एडेनो भाइरस संक्रमण सम्बन्धि लक्षण भएका बिरामीको थ्रोट स्वाब निकाली पिसिआर गरेर यो संक्रमण भए नभएको थाहा पाउन सकिन्छ।

एडेनो भाइरस संक्रमणको उपचार

– ज्वरोको उपचार ( प्यारासिटामोल)
– प्रशस्त मात्रामा झोल पदार्थ खाने
– नजिकैको चिकित्सकको परामर्श लिने
– एन्टिभाइरल औषधिको प्रयोग
– धेरै सिकिस्त विरामीमा सिडोफोभिर भन्ने औषधि प्रयोग गर्न सकिने भएपनि समान्य अवस्थामा एन्टिभाइरल औषधि प्रयोग गर्न पर्दैन।
– जटिलता भएको विरामीमा विभिन्न औषधि तथा उपचार विधि गर्नुपर्ने हुन्छ र विशेषज्ञ चिकित्सक सँघ परामर्श लिन उचित हुन्छ।

एडेनो भाइरसको रोकथाम गर्ने तरिका

– समय-समयमा साबुनपानीले हात धुने।
– मास्कको प्रयोग गर्ने ।

[ कान्ति बाल अस्पतालमा कार्यरत पेडियाट्रिक पल्मोनोलोजीष्ट  डा. जगत जीवन घिमिरे सँग हेल्थ न्यूज नेपालका सम्बाददाता नमराज भट्टले गरेको कुराकानीको आधारमा ]

Tags: Adeno virusCorona Virus #Covid19Dr. Jagat jeeven GhimireKanti Bal hospital
Previous Post

डा. शर्मिला पराजुली ढकाल स्पेनको राजदुत पदमा नियुक्त

Next Post

भाइरल ज्वरोको कारण पूर्वमा एक साताका लागि विद्यालय बन्द

Related articles

Breast Cancer Awareness
Health

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

2 months ago
1.6k
Hypertension awareness by Dr Satish Niraula
Articles

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

8 months ago
1.7k
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

10 months ago
1.7k
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

1 year ago
1.7k
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

2 years ago
1.9k
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

2 years ago
1.6k
Next Post
भाइरल ज्वरोको कारण पूर्वमा एक साताका लागि विद्यालय बन्द

भाइरल ज्वरोको कारण पूर्वमा एक साताका लागि विद्यालय बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,399)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...