आज मिति : २०८२ जेष्ठ ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !

HNN Staff by HNN Staff
August 10, 2020
in Disease
A A
3
के हो त SPECTICT ? कस्ता बिरामीले लाभ लिन सक्छन् !
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा . जीवन पौडेल

१)  SPECTICT स्क्यान के हो ?

– SPECTICT स्क्यान नुकलियर मेडिसिन स्क्यान हो । जसमा रेडियोधर्मी दबाइ प्रयोग गरेर शरीरका विभिन्न अंगहरुको जाँच गरिन्छ जस्तै थाइराइड, मस्तिष्क , मुटु, फोक्सो मिर्गौला आदि । यो गामा क्यामेराको अत्याधुनिक प्रविधि हो।

२) नेपालमा SPECTICT स्क्यानको सुविधा छ?

– नेपालमा पहिलोपटक SPECTICT स्क्यान सुविधा चितवन मेडिकल कलेजले अब चाडै नै सुरु गर्ने तयारीमा छ । अन्य कुनै पनि अस्पतालमा अहिलेसम्म छैन।

३) SPECTICT स्क्यान कसरी गरिन्छ?

– पहिले रेडियोधर्मी दबाइ सानो मात्रामा नशाबाट दिइन्छ । त्यो दबाइ सम्बन्धित अङ्गमा जानको लागि केही समय (१०-२० मिनेट) पर्खनुपर्छ। यस दवाइबाट विकिरण (गामा कण ) निस्किन्छ। जुन अंगको जाँच गर्नुपर्ने हो त्यही अङ्गमा मात्र यो दवाइ जान्छ र त्यसरी निस्केको गामा कणलाई गामा क्यामेराले फोटो खिचेर त्यस अंगको इमेज ( छवि )बनाउँछ। सम्बन्धित अगंको ३६० डिग्रीमा क्यामेरा गुमाएर 3D इमेज बनाइन्छ। आवश्यकता अनुसार त्यो इमेजलाई सिटि स्क्यानको इमेजसित समिश्रण गरेर हाइब्रिड इमेज बनाइन्छ । त्यस इमेजलाई बिरामीको रोगसँग दाँजेर नुकलियर मेडिसिन विशेषज्ञ डाक्टरले रिपोर्ट बनाउँछन्।

४) SPECTICT बाट कस्ता कस्ता बिरामीले लाभ लिन सक्छन्?

– SPECTICT बाट प्राय शरीरका सबै अंगको गहन जाँच सम्भव हुन्छ। बिशेषतः निम्न प्रकारका बिरामीले SPECTICT को लाभ लिन सक्छन् ।

क) थाइराइडका बिरामीहरु

ख) मिर्गौलाका बिरामीहरु

– मिर्गौला सुन्निएका, पत्थरी भएका , संक्रमण भएका, मिर्गौलाका अप्रेसन भएका,प्रत्यारोपण गर्ने (लिने र दिने) दुबै विरामीहरु

ग) मुटुका बिरामीहरु

घ) मस्तिष्कका बिरामीहरू

ङ) क्यान्सरका विरामीहरु:

जस्तै थाइराइड , प्रोस्टेट, स्तन, फोक्सो, हड्डी ईत्यादि।

च) हड्डीमा संक्रमण भएका वा अन्य समस्या भएका विरामीहरु

छ) कलेजो पित्त नली र पित्तथैलीमा समस्या भएका विरामीहरु

ज) आन्द्राबाट रगत बग्ने विरामीहरु

झ) पिसाब थैलीमा समस्या भएका विरामीहरु

ञ) प्यारा थाइराइडका विरामीहरु

५ ) SPECTICT बाट रोगको के उपचारमा फरक पार्छ ?

SPECTICT बाट बिरामीको कुनैपनि अङ्गमा समस्या छ कि   छैन , यदि छ भने त्यस अंगले काम गरेको छ कि छैन भन्ने कुराको विस्तृत जानकारी दिन्छ । नुकलियर मिडिसिनबाट गरिने रोगको उपचारको निम्ति रोग कताकता फैलिएको छ भन्ने जानकारी हुनुपर्छ किनभने त्यसअनुरुप दबाइको मात्रा पर्योग गरिन्छ । दबाइले काम गर्छ कि गर्दैन भन्ने कुरा पनि यस स्क्यानले उपचार गर्नु अगाडी नै जानकारी गराउँछ।

६) SPECTICT स्क्यान गर्नु अगाडि बिरामीले कस्ता तयारी तथा सावधानी अपनाउनुपर्छ?

– गर्भवती महिला र स्तनपान गराउने महिलाले स्क्यान गर्दा नुकलियर मिडिसिन डाक्टरलाई जानकारी गराउनुपर्छ। किनभने स्तनपान गराउने र गर्भवती महिलामा सबै किसिमको स्क्यान र उपचार गर्न मिल्दैन।

– आफूले अन्य कुनै दबाई लिइरहेको भए त्यो जानकारी गराउनुपर्छ।

– आरामदायी र खुल्ला कपडा लगाएर आउनुपर्छ।

-स्क्यान गर्दा गरगहना र धातुका समानहरु जस्तै पेटी निकाल्नुपर्छ।

७) SPECTICT भइसकेपछि कस्ता रोगको नुकलियर मेडिसिनबाट उपचार हुनसक्छ?

– थाइराइड क्यान्सर पूर्णरूपमा निर्मुल गर्न सम्भव हुन्छ। वर्षौसम्म दबाइ खाएर पनि ठीक नभएका Hyperthyroidism ( Graves Disease) बिरामीहरू जहाँ अनियन्त्रित रुममा हर्मोनको वृद्धि भएको छ।

– Toxic Multinodular Goitre को बिना अप्रेसन पूर्ण रुममा निर्मूल गर्न सकिन्छ ( थाइराइडमा गाँठो आएको )

-Toxic Multinodular Goitre ( थुप्रै गिर्खा गिर्खी देखिएको)

८) SPECTICT बाट गरिने स्क्यान र तत्पश्चात थाइराइडमा गरिने नुकलियर मेडिसिन उपचारको कुनै दुष्प्रभाव (side effects) हुन्छ?

SPECTICT मा रोगको निदानको लागि प्रयोग गरिने दबाइको मात्रा यति न्यून हुन्छ कि त्यसको शरीरमा कुनै दुष्प्रभाव हुँदैन । उपचारको लागि प्रयोग गरिने दबाइको मात्रा धेरै भएतापनि त्यसको पनि दुष्प्रभाव शुन्य प्राय नै छ। SPECTICT बाट गरिने scan र त्यसपछिको उपचार दर्दरहित र निकै सुरक्षित छ। त्यसकारण बिरामीले ढुक्क सित लाभ लिन सक्छन्।

९) नेपालमै पहिलो पटक आएको SPECTICTर अन्य कुनै पनि अस्पतालमा नभएको अत्याधुनिक उपकरणबाट जाँच र उपचार गर्दा नेपालका गरिब बिरामीले यसको जाँच र उपचार गर्ने आर्थिक भार बेहोर्न सक्छन त?

नुकलियर मेडिसिनको उपचार जीवनमा एकचोटि मात्र गरिने र रोग पूर्ण रुपमा निर्मूल पार्ने उपचार हो। उदाहरण दिएर भन्नुपर्दा थाइराइड क्यान्सरको उपचार गर्दा एकपटक लिने उपचार हो र क्यान्सर पूर्णरुपमा निर्मुल गर्ने र बिरामीलाई क्यान्सरमुक्त गराउने उपचार हो । तसर्थ अन्य क्यान्सर जसमा पटक-पटक किमो थेरापी दिनुपर्छ। त्यसभन्दा निकै सस्तोमा बिरामी पूर्णरूपमा उपचार पाएर क्यान्सर मुक्त हुन सक्छ ।

– थाइराइडमा गाठागुठी आएका विरामीहरुलाई पनि‌ आजसम्म अप्रेसनबाट उपचार गरिएको भएतापनि अब बिना अप्रेसन र त्यसभन्दा कम आर्थिक भारमा रोग निर्मुल गर्न सकिन्छ। Toxic Nodule जस्ताको लागि यो Treatment of Choice (रोजाइको उपचार ) पनि हो।

– दबाईबाट ठीक नभएका बिरामीको पनि एउटै क्याप्सुलबाट रोग निर्मुल गर्न सकिन्छ, यसमा पनि वर्षौंसम्म दबाइ खाँदाको आर्थिक भार भन्दा हामीले गर्ने उपचारको खर्च कम हुनु आँउछ। तसर्थ नेपालका गरिब बिरामी जो दूरदराजका छन् र पटक पटक फलोअप को लागि अस्पताल आउन कठिन छ, उनिहरुलाई SPECTICT को प्रयोगबाट गरिने जाँच तथा उपचार त झन उपयुक्त हुन्छ किनभने हामीले एकैपटकमा रोग निर्मुल पार्ने उपचार गर्छौ र बिरामी पटक पटक छोटो समयमा अस्पताल धाइराख्नु पर्दैन।

हाल: डा.पौडेल चितवन मेडिकल कलेजमा नुकलियर मेडिसिन विभागीय प्रमुख हुनुहुन्छ।

Tags: Chitwan Medical collegeCorona Virus #Covid19Side effectsSPECTICTToxic Multinodular Goitre
Nisarga hospital Dhangadhi
Previous Post

काठमाडौं उपत्यकामा ४४ सहित सोमबार देशभर ३३८ मा कोरोनाको पुष्टि #Covid19

Next Post

हवाई उडान र लामो दुरीका सवारीसाधन भाद्र १५ गते सम्म बन्द

Related articles

Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

7 days ago
899
हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
902
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
890
Next Post
लकडाउन जेठ ५ सम्म लम्याउने मन्त्री परिषदको निर्णय  #Covid19

हवाई उडान र लामो दुरीका सवारीसाधन भाद्र १५ गते सम्म बन्द

Comments 3

  1. रामचन्द्र बयलकोटी says:
    5 years ago

    बिज्ञान र प्रबिधीको नवीन प्रयोग भित्र्याएकोमा चितवन मेडिकल कलेजलाइ धन्यबाद दिनै पर्छ। आषा छ दुरदराजका गरिब बिरामीहरुले पनि रोगको पहिचान थाहा पाई लामो समय सम्म औषधि खादा पर्ने आर्थिक ब्ययभार कम भै स्वास्थ्य लाभ लिन सफल हुनेछन भन्ने बिस्वास लिएको छु।

    Reply
  2. Pingback: कोरोना कालखण्ड: सरकारको निर्णयको विश्लेषण र आलोचनाका प्रकार • Health News Nepal
  3. Pingback: मृगौला रोगको निदान र उपचारमा न्यूक्लियर मेडिसिन सेवाको भूमिका • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,027)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.