Magnus pharma
आज: २०८२ चैत्र ८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड-१९ विश्व महामारीमा ल्याबको दायित्व तथा महत्त्व

HNN Staff by HNN Staff
April 3, 2020
in Disease
Reading Time: 7 mins read
A A
1
Dr Shankar Kafle, Consultant Pathologist

Dr Shankar Kafle, Consultant Pathologist

598
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा शंकर काफ्ले, कन्सल्टेन्ट प्यथोलोजिस्ट्, राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (NPHL), टेकु

कुनै पनि रोग लागेको भन्नलाई निदान (diagnosis) हुनुपर्ने हुन्छ। त्यसको लागि शुरुमा बिमारीसँग सोधपुछ साथ–साथै शरीरिक चेक जाच गरिन्छ। त्यसबाट कुनै रोगको शङ्का गर्न सक्ने अवस्था भेटिन सक्छ( clinical diagnosis)। थप रेडियोलजिकल निदानको मद्धत नि महत्तोपूर्ण हुन्छ। अब शङ्का लागेको रोगको निस्चित (confirm) गर्न या शङ्का गर्न नसकिएको अवस्थामा भने ल्याब् (प्रयोगशाला)को सहयोग लिनुपर्ने हुन्छ। त्यसैले ल्याब रोगको उपचारमा मेरुडन्डको रुपमा रहेको हुन्छ।

हाल विश्व महामारीको रूपमा फैलिएको कोविड्–१९ले सबैको ध्यान ल्याब तर्फ खिचिरएको छ। क्लिनीशियनले सिधै (ल्याबको सहयोग बिना) औषधी दिएर सन्चो गराईरहको रोग पनि प्राय हाल कोभिड –१९ जस्तो रूपमा कुनै बेला मान्छेलाई दु:ख दिइरहेका रोग थिए, जसलाई ल्याबले त्यसको नालिबेली पत्ता लगाएर , उसको कमजोर पक्ष पत्ता लगाई औषधीले दबाउन या मार्न सक्ने अवस्थामा पुगेका हुन् ।

मलेरिया (औलो), प्लेग, हैजा, कुष्ठरोग, दादुरा, क्षयरोग, हात्तिपाइले रोग आदि बारे हामी जानकार नै छौ। कति रोग त ल्याबको सहयोग लिएर रोग लाग्नु अगाडी नै या शुरुको अवस्थामा नै रोक्नलाई भ्याक्सिन समेत प्रयोग गरिरहेका छौ।coronavirus vial

कोविड्-१९ एउटा विसाडु (Virus) ले गराउने रोग हो, जुन विसाडुलाई कोरोना भाइरस भनिन्छ। यो कोरोना विसाडु १८ बर्ष अगाडी नै माहामारीको रुपमा देखापरिसकेको भएता पनि समय, मौसम र माटो अनुकुल आफुलाई परिवर्तन गर्दै लान सक्ने हुँदा हाल पहिले भन्दा केहि फरक रुपमा यो परिवर्तन हुन सफल भयो र पु:न मान्छेलाई असर गर्न सक्ने भएर फैलन पुग्यो।

यस्तो अवस्थामा पुगेको भन्नेबारे तब पत्ता लाग्यो जब चीनको वुहान प्रान्तमा मान्छेहरु रुघा-खोकी जस्तो रोग लागेर र सास फेर्न गाह्रो भएर उपचार गर्दा-गर्दै पनि मर्न थाले। हो, रुघा-खोकी हामी सबैलाई मौसमको परिवर्तन संग संगै लाग्न सक्छ, तर प्राय आफै सन्चो भएर जान्छ, यो पनि त्यही सुस्म बिसाडुको काम हो, जसलाई भाइरस भनिन्छ, त्यतिबेला यो भाइरसले हाम्रो शरीरमा बढी असर पुराउन सक्दैन। यि कमजोर भाइरस पनि बेला-बेला आफुमा परिवर्तन गराई नयाँ स्वरूप बदल्न सक्छन् र मानिसलाई असर गर्न सक्छन् ।

हो, चीनमा पनि शुरुमा यस्तै भएछ कि भनेर ती बिमारीको चेक गर्न ल्याबको सहयोग लिइयो र २००२मा माहामारीको रुप लिएको कोरोना भाइरस फेरी केहि रुप परिवर्तन गरेर नयाँ तरिकाले असर गरेको भेटियो। तेसैले यसको नाम पनि हाल “कोविड्-१९” राखिएको छ, जस्को अर्थ नयाँ कोरोना भाइरस, जुन २०१९मा फैलिएको भन्ने हुन्छ (covid-19: corona virus disease 2019)।

यसरी एक पटक निदान भैसकेका कतिपय रोगको पनि ल्याबले निग्रानी राखिरहनुपर्ने हुन्छ भने, कती त रोग लागेको भन्नलाई ल्याबले पु:न निस्चित (confirm)  गर्नु पर्ने हुन्छ। यति महत्तोपूर्ण ल्याब हाल नेपालमा कुन अवस्थामा छन् र अहिले किन NPHL (राष्ट्रिय जनस्वास्थ प्रयोगशाला, टेकु) ले मात्र टेस्ट गरिरहेको छ भनेर धेरैको जिज्ञासा रहेको पाइयो। 

यसबारे भन्नुपर्दा, नेपालमा ल्याबको बेबस्थापान गर्न नेपाल सरकारले “स्वास्थ प्रयोगशाला स्थापना तथा सन्चालन मापडन्ड समबन्दी निर्देशिका २०७३”लागु गरेको छ। यो अनुसार ल्याबलाई उसले दिने सेवा, मानव समसाधन र भौतिक पूर्वधारको अधारमा “A” देखी “E” सम्म बर्गिकराणा गरिएको छ। टेकुमा अवस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (NPHL) नेपाल सरकारको केन्द्रिय प्रयोगशाला हो जुन देशको अन्य ल्याबको प्रेषण (referral)  ल्याबको रुपमा नि कार्य सम्पादन गर्दै आएको छ।

National Public Health Laboratory Teku Kathmandu
National Public Health Laboratory Teku Kathmandu

देशभरिका ल्याबको licensing र monitoring को जिम्मा NPHL ले पाएको छ। यस्को अलवा, देशको जन स्वास्थ सँग समबन्धित समस्याको, जस्तै हालको कोविड्–१९, गत बर्षको dengue,  सबै ल्याबको काम गर्ने जिम्मा नि यसैको हो। सन्छेपमा भन्नुपर्दा देशको मुख्य ल्याबको रुपमा NPHL को जिम्वेवारी रहेको छ, जुन स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत रही कार्य सम्पादन गर्दछ। NPHL  बाट स्वीकृत पाएका निजी ल्याब मद्धे  A  लेभेलका ९ वोटा मात्र रहेका छन भने B लेभेलका ४५ वोटा छन। यी दुई लेभेलका ल्याबमा मोलिकुलर लेभेलको टेस्टहरु गरिन्छ।

यस्ता ल्याबहरु हाम्रो देशमा नीउन देखिन्छ भने यी मद्धे प्राय उपत्यका भित्र नै छन्। अझ भन्नुपर्दा A लेभेलका ल्याब सबै २००भन्दा बढी बेढ चलाउने अस्पातलमा तथा विषशज्ञ सेवा दिने ५० बेढ भन्दा माथिका सबै अस्पातलमा हुनुपर्ने हो। त्यस्तै गरी B लेभेलका ल्याब सबै ५० देखी माथि २०० सम्मका बेढ भएका अस्पतालमा हुनुपर्ने हुन्छ। तर, हाल त्यो भईराखेको देखिएको छैन। यस्तो अवस्थामा कोविड् -१९ को टेस्ट गर्न सक्ने ल्याब खोज्दा जिम्मा दिन सकिने ल्याब भेटाउन गाह्रो परेको  र सो को बेबस्ता गर्न नसक्दा सम्म सबै काम आफ्नै काधमा NPHL लिन बाध्य हुनुपरेको बुझ्नुपर्छ ।

कोविड् -१९ रोग गराउने नयाँ भाइरस हो जस्को टेस्ट बिश्वासनिय “kit” टेस्टमा आइसकेको छैन। यस्को टेस्ट “PCR” बिधीबाट गर्नुपर्ने हुन्छ। सबैले बुझ्ने भाषामा भन्दा PCR भनेको भाइरसलाई धेरै गुणा बड्ने (multiply) अवस्था बनाएर त्यसको रुप्-रङ पहिचन गर्नु हो। यस्को लागि नयाँ उपकारण र त्यो बारे जान्ने बिज्ञको आवसेकता पर्छ।

corona awareness
corona awareness

NPHL मा भने पहिले नै देखी PCR machine र manpower थियो। तेसैले कोरोना virus को महामारी शुरु हुने बित्तिकै जे जसरि हुन्छ हतारमा तेस्को लागि आवस्सेक केमिकल मगाएर टेस्ट गर्न थलिएको थियो। यसो गर्नु यस्को जिम्मेबारी तथा कर्तब्य थियो। यो कामको जिम्बेबारी अरु ल्याबले बहन गर्न सक्ने/नसक्केबारे A र B लेभेलका ल्याब सँग नि छलफल गरी यसको लागि तयारी थाल्न समेत अनुरोध गरिएको जानकारीमा आएको थियो।

स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले समबन्दित क्षेत्रका बिज्ञ र आफ्नो मातहतका कार्यालय प्रमुख सहित छलफलको बेला #टेस्ट के कसरी गर्ने, #कस्तो client लाई समेटने, #चाहना अनुसार सबैलाई टेस्ट गर्न दिदा कस्तो फाइदा हुन्छ, #आर्थिक र म्यानेजमेन्टमा कस्तो असर गर्छ, #बिदेशमा Phase १ देखी ४ सम्मकाले के कसरी टेस्ट गराएका छन्, भन्ने सबै कुरा पक्कै उठिसकेको हुनुपर्छ, र त्यसै बेला देखि निर्देशित कार्य (टेस्ट) NPHL ले गर्दै आइराखेको छ । टेस्ट खर्चलाई हाल सम्म नेपाल सरकारले नि:शुल्क गराएको छ।

(NPHL को गतिबिधी र थप जानकारी लिन www.NPHL.gov.np हेर्नुहोला) । विश्वका विकसित राष्ट्रले नि खुट्टा कमाइरहेको virus बिरुद्ध लड्नलाई ल्याब तर्फको काम NPHL र समग्र कामको लागी स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले काध थापिरहको अवस्थामा नेपाली जनाताको लागि गरिएको यो कार्य सह्रानीय मान्नुपर्छ नै।

किन आयो त यो अवस्था भन्ने अर्को प्रश्न उठ्न सक्छ। माथी उल्लेखित ल्याबको स्थापना समबन्धी निर्देशिका पूर्ण रुपमा लागु भैरखेको छैन। यो प्रस्ट हुन्छ कि नेपालमा २०० भन्दा बडी बेढका अस्पाताल र A लेभलको ल्याबको सङ्ख्या कुनै तालमेल देखिदैन। अझ विषेशज्ञ सहितको सेवा दिने ५० बेढका अस्पताल नेपालमा धेरै छन्। यो अवस्था आउनुमा अस्पतालको स्तर उन्नती गर्दा ल्याबको स्तर उन्नतिमा ध्यान नदिनु हो। अर्को कुरा, गुडस्तर सेवामा ख्याल नगर्ने र ल्याबलाई अस्पतालले प्रथमिकतामा नराख्नु।

ल्याब टेस्टको लागि सजिलै बिदेश पठाउन पाउने र सो काम गर्ने ल्याब पनि नेपालमा हुनाले आधुनिक र खर्चिलो सेवा सन्चलन गर्न नखोजेको पनि हुन सक्छ। यसरी धेरै कारण हुन सक्छन् जस्ले गर्द विश्वले ३५ बर्ष देखी प्रयोग गर्दै आएको PCR सेवा अझै हाम्रो लागि नौलो रहेको छ। सरकारी तर्फ बाट समेत आफ्नो केन्द्रिय प्रयोगशालामा मात्र सिमित राखिएको अवस्था छ। यो बेला Facebook जस्ता समाजिक सन्जलमा देखियका पोस्टहरुले बल्ल सरकारलाई ल्याब सन्चालनमा प्रथमिकता दिन घच्घचाइरहेछन्।

ति मध्येको एउटा पोस्ट यहाँ लेख्न बन्छनीय पाए “बिगत ३० बर्षमा ६० अर्ब भन्दा बढीको गाडी किन्ने सरकार, पञ्चायत कालमा खुलेको एक मात्र टेकु ल्याबमा निर्भर रहन बाद्धे छ”।यो कुनै सरकार बिरोधी बोली नभएर जनाताको ल्याब प्रतिको जनचेतना बृद्दी भएको मैले महसुस गरेको छु। अहिलेको कोविड् -१९ को विश्व महामारीले अझै कस्तो रुप लिने हो र नेपाललाई के कस्तो असर गर्ला भन्ने कुरा डर लाग्दो रुपमै देखिएको छ। हामी सग अरु देशमा जस्तो ल्याबको सुबिधा समेत नभएको अवस्थामा यस्को पहिचन गर्न र नियन्त्रण गर्नमा हामी चुक्छौ कि भन्ने डर छ।

जे जस्तो हाम्रो स्थिती भएपनि हामी यो सग लड्नै पर्ने हुँदा जति सक्दो चाडओ सक्दो तयारी थाल्नु पर्ने हुन्छ। काठमाडौं भन्दा बहिर पनि कम्तिमा एक प्रदेसमा एक कोविड्-१९ को टेस्ट गर्न सक्ने ल्याबलाई जिम्वेवारी दिउ। प्रतिस्ठान्, मेडिकल कलेज या A लेभलका ल्याबलाई यो कार्य सन्चालन गर्न त्यति समय लाग्ने छैन। हाल नेपाल सरकारले चिनबाट मगाएका समग्रीसहित केहि स्थानमा सन्चलन गर्न लगेको कोविड्-१९ टेस्ट स्रहनिय छ। सरकारले कोविड्-१९ रोकथामको लागि गरेका कदममा हामी जनताले साथ दिनु जरुरी छ। “लकडाउन” सन्क्रमण नफैलियोस् भन्ने हेतुले गरिएको हो भन्ने बुझ्नु जरुरी छ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19NPHL
SummarizeShare247ScanTweet146

Related articles

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

by Nam Raj Bhatta
February 12, 2026
0

धनकुटा, २९ माघ २०८२ धनकुटाको दुर्गम क्षेत्रकी करिब ४० वर्षीया गर्भवती महिलामा नियमित गर्भ जाँच (अल्ट्रासाउन्ड) का क्रममा डाउन सिन्ड्रोमको शंका गरिएको एक महत्वपूर्ण घटना उच्चस्तरीय अस्पतालमा पुष्टि...

Hypertension awareness by Dr Satish Niraula

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

by HNN Staff
May 12, 2025
0

✍️ डा. सतिश निरौला छोरोल्पा अस्पताल दोलखा , निमित्त निर्देशक जनरल प्र्याक्टिशनर र इमर्जेन्सी फिजिसियन डायबेटिज तथा इन्डोक्राइन एसोसिएसनको आजीवन सदस्य हाइपरटेन्सन वा उच्च रक्तचाप एक यस्तो अवस्था...

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

by Nam Raj Bhatta
April 26, 2024
0

काठमाडौँ, १४ बैशाख २०८१ सरकारले यही वैशाख १६ गते देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र...

World Alzheimer Day Illustration HealthNewsNepal

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

by HNN Staff
September 21, 2023
0

काठमाडौं, ४ असोज २०८० आज विश्व अल्जाइमर्स दिवस २०२३, "अल्जाइमर रोगको जोखिम कम गर्न आजैबाट पहल गरौं र रोग लागि सकेको अवस्थामा पनि लक्षणहरुलाई न्यूनीकरण गर्न सम्भव भएकोले...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu
  • महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त मनोनीत
  • काठमाडौं महानगरपालिकाले २० हजार विद्यार्थीको आँखा जाँच गराउँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.