आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोभिड-१९ विश्व महामारीमा ल्याबको दायित्व तथा महत्त्व

HNN Staff by HNN Staff
April 3, 2020
in Disease
A A
1
Dr Shankar Kafle, Consultant Pathologist

Dr Shankar Kafle, Consultant Pathologist

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा शंकर काफ्ले, कन्सल्टेन्ट प्यथोलोजिस्ट्, राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (NPHL), टेकु

कुनै पनि रोग लागेको भन्नलाई निदान (diagnosis) हुनुपर्ने हुन्छ। त्यसको लागि शुरुमा बिमारीसँग सोधपुछ साथ–साथै शरीरिक चेक जाच गरिन्छ। त्यसबाट कुनै रोगको शङ्का गर्न सक्ने अवस्था भेटिन सक्छ( clinical diagnosis)। थप रेडियोलजिकल निदानको मद्धत नि महत्तोपूर्ण हुन्छ। अब शङ्का लागेको रोगको निस्चित (confirm) गर्न या शङ्का गर्न नसकिएको अवस्थामा भने ल्याब् (प्रयोगशाला)को सहयोग लिनुपर्ने हुन्छ। त्यसैले ल्याब रोगको उपचारमा मेरुडन्डको रुपमा रहेको हुन्छ।

हाल विश्व महामारीको रूपमा फैलिएको कोविड्–१९ले सबैको ध्यान ल्याब तर्फ खिचिरएको छ। क्लिनीशियनले सिधै (ल्याबको सहयोग बिना) औषधी दिएर सन्चो गराईरहको रोग पनि प्राय हाल कोभिड –१९ जस्तो रूपमा कुनै बेला मान्छेलाई दु:ख दिइरहेका रोग थिए, जसलाई ल्याबले त्यसको नालिबेली पत्ता लगाएर , उसको कमजोर पक्ष पत्ता लगाई औषधीले दबाउन या मार्न सक्ने अवस्थामा पुगेका हुन् ।

मलेरिया (औलो), प्लेग, हैजा, कुष्ठरोग, दादुरा, क्षयरोग, हात्तिपाइले रोग आदि बारे हामी जानकार नै छौ। कति रोग त ल्याबको सहयोग लिएर रोग लाग्नु अगाडी नै या शुरुको अवस्थामा नै रोक्नलाई भ्याक्सिन समेत प्रयोग गरिरहेका छौ।coronavirus vial

कोविड्-१९ एउटा विसाडु (Virus) ले गराउने रोग हो, जुन विसाडुलाई कोरोना भाइरस भनिन्छ। यो कोरोना विसाडु १८ बर्ष अगाडी नै माहामारीको रुपमा देखापरिसकेको भएता पनि समय, मौसम र माटो अनुकुल आफुलाई परिवर्तन गर्दै लान सक्ने हुँदा हाल पहिले भन्दा केहि फरक रुपमा यो परिवर्तन हुन सफल भयो र पु:न मान्छेलाई असर गर्न सक्ने भएर फैलन पुग्यो।

यस्तो अवस्थामा पुगेको भन्नेबारे तब पत्ता लाग्यो जब चीनको वुहान प्रान्तमा मान्छेहरु रुघा-खोकी जस्तो रोग लागेर र सास फेर्न गाह्रो भएर उपचार गर्दा-गर्दै पनि मर्न थाले। हो, रुघा-खोकी हामी सबैलाई मौसमको परिवर्तन संग संगै लाग्न सक्छ, तर प्राय आफै सन्चो भएर जान्छ, यो पनि त्यही सुस्म बिसाडुको काम हो, जसलाई भाइरस भनिन्छ, त्यतिबेला यो भाइरसले हाम्रो शरीरमा बढी असर पुराउन सक्दैन। यि कमजोर भाइरस पनि बेला-बेला आफुमा परिवर्तन गराई नयाँ स्वरूप बदल्न सक्छन् र मानिसलाई असर गर्न सक्छन् ।

हो, चीनमा पनि शुरुमा यस्तै भएछ कि भनेर ती बिमारीको चेक गर्न ल्याबको सहयोग लिइयो र २००२मा माहामारीको रुप लिएको कोरोना भाइरस फेरी केहि रुप परिवर्तन गरेर नयाँ तरिकाले असर गरेको भेटियो। तेसैले यसको नाम पनि हाल “कोविड्-१९” राखिएको छ, जस्को अर्थ नयाँ कोरोना भाइरस, जुन २०१९मा फैलिएको भन्ने हुन्छ (covid-19: corona virus disease 2019)।

यसरी एक पटक निदान भैसकेका कतिपय रोगको पनि ल्याबले निग्रानी राखिरहनुपर्ने हुन्छ भने, कती त रोग लागेको भन्नलाई ल्याबले पु:न निस्चित (confirm)  गर्नु पर्ने हुन्छ। यति महत्तोपूर्ण ल्याब हाल नेपालमा कुन अवस्थामा छन् र अहिले किन NPHL (राष्ट्रिय जनस्वास्थ प्रयोगशाला, टेकु) ले मात्र टेस्ट गरिरहेको छ भनेर धेरैको जिज्ञासा रहेको पाइयो। 

यसबारे भन्नुपर्दा, नेपालमा ल्याबको बेबस्थापान गर्न नेपाल सरकारले “स्वास्थ प्रयोगशाला स्थापना तथा सन्चालन मापडन्ड समबन्दी निर्देशिका २०७३”लागु गरेको छ। यो अनुसार ल्याबलाई उसले दिने सेवा, मानव समसाधन र भौतिक पूर्वधारको अधारमा “A” देखी “E” सम्म बर्गिकराणा गरिएको छ। टेकुमा अवस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (NPHL) नेपाल सरकारको केन्द्रिय प्रयोगशाला हो जुन देशको अन्य ल्याबको प्रेषण (referral)  ल्याबको रुपमा नि कार्य सम्पादन गर्दै आएको छ।

National Public Health Laboratory Teku Kathmandu
National Public Health Laboratory Teku Kathmandu

देशभरिका ल्याबको licensing र monitoring को जिम्मा NPHL ले पाएको छ। यस्को अलवा, देशको जन स्वास्थ सँग समबन्धित समस्याको, जस्तै हालको कोविड्–१९, गत बर्षको dengue,  सबै ल्याबको काम गर्ने जिम्मा नि यसैको हो। सन्छेपमा भन्नुपर्दा देशको मुख्य ल्याबको रुपमा NPHL को जिम्वेवारी रहेको छ, जुन स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत रही कार्य सम्पादन गर्दछ। NPHL  बाट स्वीकृत पाएका निजी ल्याब मद्धे  A  लेभेलका ९ वोटा मात्र रहेका छन भने B लेभेलका ४५ वोटा छन। यी दुई लेभेलका ल्याबमा मोलिकुलर लेभेलको टेस्टहरु गरिन्छ।

यस्ता ल्याबहरु हाम्रो देशमा नीउन देखिन्छ भने यी मद्धे प्राय उपत्यका भित्र नै छन्। अझ भन्नुपर्दा A लेभेलका ल्याब सबै २००भन्दा बढी बेढ चलाउने अस्पातलमा तथा विषशज्ञ सेवा दिने ५० बेढ भन्दा माथिका सबै अस्पातलमा हुनुपर्ने हो। त्यस्तै गरी B लेभेलका ल्याब सबै ५० देखी माथि २०० सम्मका बेढ भएका अस्पतालमा हुनुपर्ने हुन्छ। तर, हाल त्यो भईराखेको देखिएको छैन। यस्तो अवस्थामा कोविड् -१९ को टेस्ट गर्न सक्ने ल्याब खोज्दा जिम्मा दिन सकिने ल्याब भेटाउन गाह्रो परेको  र सो को बेबस्ता गर्न नसक्दा सम्म सबै काम आफ्नै काधमा NPHL लिन बाध्य हुनुपरेको बुझ्नुपर्छ ।

कोविड् -१९ रोग गराउने नयाँ भाइरस हो जस्को टेस्ट बिश्वासनिय “kit” टेस्टमा आइसकेको छैन। यस्को टेस्ट “PCR” बिधीबाट गर्नुपर्ने हुन्छ। सबैले बुझ्ने भाषामा भन्दा PCR भनेको भाइरसलाई धेरै गुणा बड्ने (multiply) अवस्था बनाएर त्यसको रुप्-रङ पहिचन गर्नु हो। यस्को लागि नयाँ उपकारण र त्यो बारे जान्ने बिज्ञको आवसेकता पर्छ।

corona awareness
corona awareness

NPHL मा भने पहिले नै देखी PCR machine र manpower थियो। तेसैले कोरोना virus को महामारी शुरु हुने बित्तिकै जे जसरि हुन्छ हतारमा तेस्को लागि आवस्सेक केमिकल मगाएर टेस्ट गर्न थलिएको थियो। यसो गर्नु यस्को जिम्मेबारी तथा कर्तब्य थियो। यो कामको जिम्बेबारी अरु ल्याबले बहन गर्न सक्ने/नसक्केबारे A र B लेभेलका ल्याब सँग नि छलफल गरी यसको लागि तयारी थाल्न समेत अनुरोध गरिएको जानकारीमा आएको थियो।

स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले समबन्दित क्षेत्रका बिज्ञ र आफ्नो मातहतका कार्यालय प्रमुख सहित छलफलको बेला #टेस्ट के कसरी गर्ने, #कस्तो client लाई समेटने, #चाहना अनुसार सबैलाई टेस्ट गर्न दिदा कस्तो फाइदा हुन्छ, #आर्थिक र म्यानेजमेन्टमा कस्तो असर गर्छ, #बिदेशमा Phase १ देखी ४ सम्मकाले के कसरी टेस्ट गराएका छन्, भन्ने सबै कुरा पक्कै उठिसकेको हुनुपर्छ, र त्यसै बेला देखि निर्देशित कार्य (टेस्ट) NPHL ले गर्दै आइराखेको छ । टेस्ट खर्चलाई हाल सम्म नेपाल सरकारले नि:शुल्क गराएको छ।

(NPHL को गतिबिधी र थप जानकारी लिन www.NPHL.gov.np हेर्नुहोला) । विश्वका विकसित राष्ट्रले नि खुट्टा कमाइरहेको virus बिरुद्ध लड्नलाई ल्याब तर्फको काम NPHL र समग्र कामको लागी स्वास्थ्य तथा जनसन्ख्या मन्त्रालयले काध थापिरहको अवस्थामा नेपाली जनाताको लागि गरिएको यो कार्य सह्रानीय मान्नुपर्छ नै।

किन आयो त यो अवस्था भन्ने अर्को प्रश्न उठ्न सक्छ। माथी उल्लेखित ल्याबको स्थापना समबन्धी निर्देशिका पूर्ण रुपमा लागु भैरखेको छैन। यो प्रस्ट हुन्छ कि नेपालमा २०० भन्दा बडी बेढका अस्पाताल र A लेभलको ल्याबको सङ्ख्या कुनै तालमेल देखिदैन। अझ विषेशज्ञ सहितको सेवा दिने ५० बेढका अस्पताल नेपालमा धेरै छन्। यो अवस्था आउनुमा अस्पतालको स्तर उन्नती गर्दा ल्याबको स्तर उन्नतिमा ध्यान नदिनु हो। अर्को कुरा, गुडस्तर सेवामा ख्याल नगर्ने र ल्याबलाई अस्पतालले प्रथमिकतामा नराख्नु।

ल्याब टेस्टको लागि सजिलै बिदेश पठाउन पाउने र सो काम गर्ने ल्याब पनि नेपालमा हुनाले आधुनिक र खर्चिलो सेवा सन्चलन गर्न नखोजेको पनि हुन सक्छ। यसरी धेरै कारण हुन सक्छन् जस्ले गर्द विश्वले ३५ बर्ष देखी प्रयोग गर्दै आएको PCR सेवा अझै हाम्रो लागि नौलो रहेको छ। सरकारी तर्फ बाट समेत आफ्नो केन्द्रिय प्रयोगशालामा मात्र सिमित राखिएको अवस्था छ। यो बेला Facebook जस्ता समाजिक सन्जलमा देखियका पोस्टहरुले बल्ल सरकारलाई ल्याब सन्चालनमा प्रथमिकता दिन घच्घचाइरहेछन्।

ति मध्येको एउटा पोस्ट यहाँ लेख्न बन्छनीय पाए “बिगत ३० बर्षमा ६० अर्ब भन्दा बढीको गाडी किन्ने सरकार, पञ्चायत कालमा खुलेको एक मात्र टेकु ल्याबमा निर्भर रहन बाद्धे छ”।यो कुनै सरकार बिरोधी बोली नभएर जनाताको ल्याब प्रतिको जनचेतना बृद्दी भएको मैले महसुस गरेको छु। अहिलेको कोविड् -१९ को विश्व महामारीले अझै कस्तो रुप लिने हो र नेपाललाई के कस्तो असर गर्ला भन्ने कुरा डर लाग्दो रुपमै देखिएको छ। हामी सग अरु देशमा जस्तो ल्याबको सुबिधा समेत नभएको अवस्थामा यस्को पहिचन गर्न र नियन्त्रण गर्नमा हामी चुक्छौ कि भन्ने डर छ।

जे जस्तो हाम्रो स्थिती भएपनि हामी यो सग लड्नै पर्ने हुँदा जति सक्दो चाडओ सक्दो तयारी थाल्नु पर्ने हुन्छ। काठमाडौं भन्दा बहिर पनि कम्तिमा एक प्रदेसमा एक कोविड्-१९ को टेस्ट गर्न सक्ने ल्याबलाई जिम्वेवारी दिउ। प्रतिस्ठान्, मेडिकल कलेज या A लेभलका ल्याबलाई यो कार्य सन्चालन गर्न त्यति समय लाग्ने छैन। हाल नेपाल सरकारले चिनबाट मगाएका समग्रीसहित केहि स्थानमा सन्चलन गर्न लगेको कोविड्-१९ टेस्ट स्रहनिय छ। सरकारले कोविड्-१९ रोकथामको लागि गरेका कदममा हामी जनताले साथ दिनु जरुरी छ। “लकडाउन” सन्क्रमण नफैलियोस् भन्ने हेतुले गरिएको हो भन्ने बुझ्नु जरुरी छ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19NPHL
Nisarga hospital Dhangadhi
Previous Post

७२ दिनमा  करिब १ हजार १ सय ८४ जनाको परीक्षण

Next Post

कोरोनाका बिरामी हेर्नेको लागि थप २५ लाखको बीमा गर्दै भरतपुर अस्पताल

Related articles

Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

2 days ago
855
हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने
Disease

हत्तीपाइले रोगविरुद्धको औषधि बैशाख १६ देखि खुवाइने

1 year ago
800
World Alzheimer Day Illustration HealthNewsNepal
Disease

अल्जाइमर्स भनेको के हो ? कस्ता मानिसलाई यो रोग लाग्ने लाग्दछ ? #alzheimers

2 years ago
902
यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ
Disease

यी ८ कुरा, जसलाई ध्यान दिए मधुमेहबाट बच्न सकिन्छ

2 years ago
3k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 years ago
792
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

2 years ago
887
Next Post

कोरोनाका बिरामी हेर्नेको लागि थप २५ लाखको बीमा गर्दै भरतपुर अस्पताल

Comments 1

  1. Pingback: EWARS रिपोर्टिंग साइट बिस्तार गर्दै सुदुरपश्चिम प्रदेश • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...