कोरोना सम्बन्धि डा.बरालको सचेतनामूलक कविता

नेपालमा एक किसिमको सन्त्रास उत्पन्न भइराखेको बेला मानिसलाई चाहिने सिटामोल लगायत अन्य औषधिको माग बढी रहिरहेको छ। खानेकुरा सहित अन्य आवश्यक कुरा संचित गरिराखेका छ्न ।चीनबाट सुरु भएको कोरोना भाइरसकै कारण हजारौंको ज्यान गएको छ भने लाखौं संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसक्दा नेपालमा भने उच्च सतर्कता अपनाएको छ। कोरोना भाइरसलाई देखाएर माक्स , सेनेटाइजर लगाएतका बस्तुहरु बजारमा पाउन छोडेका छ्न। मुस्किलले पाएपनी दोब्बर ,तेब्बर गुणाले महङ्गोमा बेचिरहेका छ्न।

कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन विभिन्न चिकित्सकहरुले सुझाब दिएका छन् । यस भाइरसबारे इन्टरनल मेडिसिनका विज्ञ डा.रामकृष्ण बरालले अफ्नो मनमा लागेको कविता यसरी लेखेका छ्न।


कोरोना

Dr RK Baral
Dr RK Baral

मुहान थियो वुहानमा तिम्रो
फैलियौ संसार भर
रु. ५ को मास्क १०० भन्छन
लाग्न पो थाल्यो डर

सबै जना बिशेषज्ञ यस्का
छैन कसैको केहि तयारी
भ्रम मात्र बाड्छन सब जना
के गर्नु हो हरी हरी

हुलमुलमा नजाउ
जमघट नगर भन्छ सरकार
स्कुल अफिस बिदा भए
लाग्नु पर्ला आ आफ्नो घर
साबुन पानीले हात धोऔ
मुख छोपी हाच्छिउ
रुघा खोकी लागे घरमै बसौ
तन्दुरुस्थ पारौ जिउ

हात नमिलाउ अन्कमाल नगरौ
नमस्कार गरौ जोडौ दुई हात
सरकार जनता सब जना मिली
दिउ कोरोना लाई मात
सरकार जनता सब जना मिली
दिउ कोरोना लाई मात ।


✍️ डा. रामकृष्ण बराल

Next Post
ADVERTISEMENT